Author Archives: Mero UK News Desk

About Mero UK News Desk

एनअारएनए यूकेकाे अध्यक्ष पदमा योगुकमार फगामी विजयी

लन्डन । गैरअावासीय नेपाली संघ बेलायतकाे सन् २०१७-१९ काे कार्यकारी समितिकाे निर्वाचनमा अध्यक्ष पदमा पूर्व उपाध्यक्ष योगुकमार फगामी १२९८ मत ल्याएर निर्वाचित भएका छन् । अल्डरसटस्थित एम्पाएर हललार्इ निर्वाचन केन्द्र बनाएर हिजाे शनिबार राति गरिएको मतगणनापछि बेलायतमा नेपाली राजनीतिक शैलीकाे चुनावले विसर्जन पाएकाे छ । फगामीकाे प्रतिद्वन्द्वी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत ल्याएका थिए ।

बेलायतकाे अल्डरसट ह्याराे प्लमस्टिड र लेस्टरमा निर्वाचन क्षेत्र बनाएर सम्पन्न गरिएकाे निर्वाचनमा जम्मा ३६७६ मतदाताहरुकाे नामावली दर्ता गरिएका थिए जसमा अल्डरसटमा सबैभन्दा धेरै अर्थात् १७२६ जना मतादाताहरु दर्ता भएका थिए । चारवटा मतदान क्षेत्रहरुमा गरी जम्मा २८८२ मत अर्थात् ७८ प्रतिशत मत खसेकाे थियाे । सर्वत्र बताइएअनुसार बेलायतमा लगभग डेढ लाख नेपालीहरुकाे बसाेबास छ र लगभग सबै नै नेपाल सरकारकाे मान्यताअनुसार गैरअावासीय नेपाली नागरिक हुन् । उक्त डेढ लाख जनसङ्ख्या भएकाे बेलायतमा गैर अावासीय नेपाली संघ बेलायतमा पंजीकृत सदस्यहरुकाे संख्या जम्मा ३६७६ हुनु र त्यसमा पनि मतदान गर्नेहरु जम्मा २८८२ हुनु सम्वद्धहरुले निक्कै दु खपूर्ण भएकाे बताउँछन् । सन् २०१३-१५ काे कार्यकालताका संस्थाकाे सदस्य शुल्क १० पाउण्डबाट घटार्इ ५ पाउण्ड बनाउनु पर्ने भनिएकाे थियाे तर याे पालिदेखि साेही शुल्क २५ पाउण्ड भएकाे थियाे र याे पालि नै नेपालकाे राजनीतिक पार्टीहरुकाे भान दिने गरेर निर्वाचनतर्फ बेलायती नेपालीहरु सकृय भएका थिए भने साेही सन्दर्भमा मूलरुपमा यहाँ अाफू ती राजनैतिक चालमा माेहाेरा नबन्नेमा दृढता ठूलाे परिमाणमा राखिएकाे थियाे ।
यसै पक्षमा धेरैअगाडि सामाजिक संजालहरुमा लेखिएका थिए –

डेढ लाखकाे अाधा ‘पचहत्तर हजार’, त्यसकाे अाधा ‘छत्तीस हजार’ जति, त्यसकाे अाधा ‘अठार हजार’ अनि त्यसकाे पनि अाधा ‘नाै हजार’ र त्यसकाे अाधा भनेकाे ‘चार हजार पाँच सय’ हुँदाे रहेछ । मतलव जम्मा ‘तीन प्रतिशत’ जतिले याे कार्यकारी समितिकाे साधारण सदस्यता लिएका रहेछन् । त्याेपालि सदस्यता शुल्क जम्मा ‘दश पाउण्ड’ थियाे र अहिले त्याे शुल्क ‘पच्चीस पाउण्ड’ भएकाे छ । देखिएअनुसार तीन जना उमेदबारहरु ‘डेढ लाख’ बेलायतबासी नेपालीहरुकाे प्रतिनिधित्व गर्नकाे लागि यही सेप्ट्म्वर ०९ तारिख चुनावमा जाँदैछन् । ‘तीन प्रतिशत टर्नअाउट’ हुने चुनावकाे परिणाम अाफैमा ‘हास्यास्पद’ हाे र ‘अमान्य’ पनि हाे तर यहाँ युवाहरुले भर्खरै देशकै राष्ट्रपति वा प्रभानमन्त्रीकै चुनाव हुन थालेकाे जस्ताे गरी ‘एनअारएनयूके’ सामूहिक ‘लाइभ डिवेट’ गराएका थिए । उमेदबारहरुबाट पनि पक्का नेताजसरी बेलायती नेपाली जनताका हितमा काम गर्ने ‘प्रतिज्ञा ‘गरिएकाे थियाे । कति हाँस्नु ?????!!!!!!-प्रकाश

बेलायतको एक लाख पचास हजार जनसंख्या भएको गैर आबशिय नेपाली संघमा ३६२५ जनाले मात्र सदस्यता लिनु भनेको सस्था प्रति आस्था नहुनु हो| कहिल्यै सस्थामा बसेर काम नगरेका व्यक्तिहरु एकै चोटी ठुलो पद लिनका लागि आएको देखिएको छ यसले सस्था लाई फाइदा भन्दा नोक्सान बढि बनाउछ यसको समाधान कसरि गर्ने| सुन्नमा आएको छ जातिया तथा राजनीतिक पार्टीका उमेदवारलाई सहयोग गर्न अपिल गरिएको छ|
कहिले सम्म यसरी सस्था चलाउने बिचारमा हुनुहुन्छ, हिजोको दिनमा बोरामा सदस्यता बोकिन्थ्यो आज अनलाईन भयो अझै सहज बनाउन तिर लाग्नु पर्ने बेलामा पुरानो जमाना तिर फर्कनु उचित थिएन म एक कार्यकाल सस्थामा बसेर आएको र पटक पटक सदस्यता र चुनाब सम्बन्धि कुरा हरु उठाउदा कुनै ठोस जवाफ पाउन सकिएन आज £25 को साटो £10 मा गराएर हरेक क्षेत्रमा चुनाब गराएको भए सदस्यता संख्या पनि बढ्ने कोष पनि जम्मा हुने थियो हुनेखाने को सस्था त्यतिकै नभनेको रहेछ, क्षेत्रगत हिसाबले कहिल्यै पनि सस्थामा ठाउ दिएन भागबण्डाको हिसाब गरियो त्यसैको परिणाम हो सामुहिक राजिनामा अनि सामुहिक उम्मेद्वारी हामि यस्ता रबैया कहिले सम्म हेरेर बस्ने २०० संख्यामा सल्लाहकार हुनु हुन्छ हजुरहरुको यसमा भूमिका हुदैन हामि जवाफ चाहन्छौ| -राजकुमार

भाेट नहाल्ने अधिकारकाे प्रयाेग गर्ने निर्णय गरीयाे यसपटकलाई । -भीम

NRN का अग्रजहरुलाई यो पनि पढ्न अनुरोध गर्द्छु।
NRN भनेको कुनै राजनीतिक अस्तित्व बोकेको संस्था नहुनु पर्ने हो तर यसको वर्तमान ढाँचा हेर्दा राजनैतिक पार्टी वा क्लब जस्तो देखिन आउछ ।
NRN बास्तबमा बिदेशिएका सबै नेपालीले कालान्तर सम्म नेपालीकै अस्तित्व बोकेर मर्न पाऊन भनेर चालिएको अभियान हो जस्को ध्यय सबैलाई समेटनु हुनु पर्ने हो तर सम्मान ,खादा र भाषण संस्कृतिले यसलाइ नराम्रो संग गाँजेको देखिंछ ।
भाषण भनेको सुचना र संचारको अभाव भएको बेला आफ्नो एजेंडा जनता सामु सुस्पष्ट राख़्ने माध्यम थियो तर अहिलेको २१ औ शताब्दीमा सामाजिक संजाल र अरु माध्यम आइसकेको बेला पनि सामाजिक कार्यक्रमहरूमा खादा ओढेर लम्बेतान भाषण छाटनु र आफ्नो कामको बखान आफै गर्नु जग हँसाई बाहेक क़ेहि पनि होईन।
त्यसैले ,नेपालकै राजनैतिक संस्कारलाई हुबहू कपि गर्नु भन्दा वर्तमान समयको माग र भविष्यको गति हेरेर अघि बढनु पर्छ नत्र भने आऊदो १०/१५ बर्ष पछि अर्कों पुस्ता यो अभियान बाट बाहिरिइ सकेको हुनेछ त्यसैले NRN मा लागेका अभियंताहरूले NRN ले वर्तमान र समसामयिक मुद्दाहरुका साथ साथै भविष्यलाई समेत सम्बोधन गर्नु पर्छ।
बाँकी बहसको बिषय!!! -पवन

हामी लण्डनबासी एनआरएनहरू कति धेरै पदलोलुप भइएछ भने ६ जना उपाध्यक्ष रहेको संस्थामा एउटा उपाध्यक्ष लण्डनबाहिरबाट ग्यारेन्टी गरौँ न त भन्दा पनि कोही तयार भएन । सबै हामीलाई नै चाहिन्छ रे । तर्क भनेको हामी बन्ने भनेर यत्रो सदस्य बनायौँ, यत्रो मिहिनेत गर्यौँ । यत्रो लगानी गर्यौँ । यत्रो धेरैले फेसबुकमा उम्मेदवारी घोषणा गरिसके । अब कहाँ दिन सकिन्छ ? अहिले हामी नै बन्छौं तर अर्को पटक तपाईंहरूलाई ग्यारेन्टी गर्छौँ रे । अचम्म त के भने हामी आफै विधान मिचेर आयौँ । दुई वटा उपाध्यक्ष भनेको थियो विधानले, हामी छ जना बनेर आयौँ । एक सचिब थियो, हामी ३ जना आयौँ । अहिले ६ मध्ये एक उपाध्यक्ष लण्डनबाहिर ग्यारेन्टी गर्न विधानले रोक्छ रे ।
जम्मा ३६ सय सदस्य रहेको एनआरएन युकेमा औचित्यहीन ६ जना उपाध्यक्ष छन् । त्यो हाम्रै पदलोलुपताको परिणाम हो । मैले कम्तिमा यसपालि यस्तो नगरौँ भनेर आबाज उठाएको थिएँ । तर कस्ले सुन्थ्यो र ! आदरणीय Navin Gurung जस्ता अग्रजहरूले यस्तो बेथिति रहिरहे सदस्यता परित्याग गर्ने सार्वजनिक गर्नुभएकै थियो । कसलाई मतलब र !
चार वटा राज्य मिलेर बनेको युकेमा नर्दन आयरल्यान्डले एक उपाध्यक्ष दाबी गर्यो । प्रतिनिधित्व खोज्यो । यो हाम्रो गल्ती महसुस गर्ने र कोर्स करेक्शन गर्ने सुन्दर अवसर थियो । यति धेरै उपाध्यक्ष बनाउनुको थोरै भए पनि औचित्य पुष्टि हुने र लण्डनबाहिरका नेपालीको सम्मान हुने गतिलो अवसर हामीले गुमायौँ ।
नर्दन आयरल्यान्डका एनआरएन सदस्यहरूले सामूहिक रूपमा सदस्यता परित्याग गरे । एउटा गलत म्यासेज गयो विश्वभर । तर हाम्रो 6 वटै उपाध्यक्ष हामीले नै राख्न सफल भयौँ । अब हामीले मिहिनेत गरेर बनाएको सदस्यता फिर्ता गर्नुपर्ने छैन । -नारायण

एनआरएन यूकेको सदस्यता बन्नु होस् भन्दा पहिला घुँडाबाट पसिना झर्यो आज अधिबेसन आउन साढे हप्ता दिन बाँकी हुँदा पंजीकृत सदस्यहरु भन्दा हुन नमानेकाहरु ट्याउ टयाउ गरि भ्यागुता झैँ कराएको देख्दा जे होस् एनआरएन बुझ्ने कोशिस चाँही अब थाले झैँ आभाष भई रहेको छ |
यो पनि एउटा सँस्थागत प्रजातान्त्रिक कसरत हो, समय लिएर दिनलाई आउनु होस् | -ह्यारी

गैरआवासीय नेपाली संघको पहुँच सर्वसाधारण सम्म पुग्न नसक्नुको मुख्य कारण सदस्यता शुल्क महँगो भएको निर्क्योल छ ।
संघलाई सर्वसाधारण सम्म पुराउन एनआरएन यूकेको सदस्यता शुल्क ५ पाउण्डमा आजिवन सदस्य हुनु पर्ने धारणा सहित गैरआवासीय नेपाली संघको भोलि शनिवार हुने निर्वाचनमा आइसीसी सदस्यको उम्मेदवार हुनु भएको छ- चिरन शर्मा । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्ष समेत भइसक्नु भएका शर्मा बेलायत स्थित सबै नेपाली समूदायका बीच सक्रिय व्यक्तित्वका रुपमा परिचित देखिन्छन् । पत्रकारिता तथा एनआरएनमा लामो इतिहास बोकेका चिरन शर्माको सफलताको लागि शुभकामना व्यक्त गर्दै । हाम्रोलाई मात्र होइन् सक्षम र राम्रोलाई रोजौं । सबै उम्मेदवारलाई शुभकामना । -एभरेष्ट

सन् २०१७ १९ काे कार्यकारी समितिकाे लागि ६ जना उपाध्यक्षहरुमा डा. प्रेम बहादुर आले, प्रेम गाहामगर, पुनम गुरुङ, ललितकुमार न्यौपाने, शेरबहादुर सुनार र सुशिला राई निर्वाचित भएका छन् । महासचिवमा राजकुमार त्रिपाठी (१०४० मत) विजयी भए भने उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल ‘गाउंले’, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सह-कोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वाचित भएका छन् । युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड) र कुमार थापा निर्वाचित भएकाछन् । सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर 
रानाभाट, डेबिन्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बू, मनिष खड्का, मुकेश राना र होमनाथ पौडेल निर्वाचित भए । आर्इसीसी सदस्यहरुमा कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुंवर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

2
311

राजदूतबाट अार्इएमअाेमा अाफ्नाे अाेहाेदाकाे प्रमाणपत्र प्रस्तुत

लण्डन । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय सामुन्द्रिक संगठनका स्थायी प्रतिनिधि डा. दुर्गाबहादुर सुवेदीले गत ३१ अगष्ट विहान, संगठनकाे लण्डनस्थित प्रधान कार्यालयमा अायाेजित एक विशेष समाराेहबीच संगठनका महासचिव काइट्याक लिमसमक्ष अापफ्रनाे अाेहाेदाकाे प्रमाणपत्र पेश गरेकाे प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेकाे छ ।

उक्त अवसरमा डा. सुवेदीले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराबाट प्राप्त भएकाे शुभकामना सन्देश व्यक्त गर्दै परराष्ट्र सचिव शंकर दास वैरागीले संगठनका महासचिव लिमलार्इ पठाएका सन्देश प्रस्तुत गरेका थिए । बेलायतस्थित नेपाली दूतावासले जारी गरेकाे प्रेस विज्ञप्तिमा अगाडि भनिएकाे छ ….

International Maritime Organisation (IMO) का महासचिव श्री Lim समक्ष अाफ्नाे अाेहाेदाकाे प्रमाणपत्र पेश गर्नुहुँदै स्थायी प्रतिनिधि डा. सुवेदीले नेपालमा दुर्इ वर्षअधि लाेकतान्त्रिक र समावेशी संविधान जारी भएकाे र साे संविधानका अाधारमा स्थानीय निकायकाे अधिकांश निर्वाचन सम्पन्न भर्इ अागामी मंसिर महिनामा प्रदेश र संघीयस्तरकाे निर्वाचनकाे तयारी भइरहेकाे जानकारी गराउनुभयाे । शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेकाे र मुलुकमा राजनीतिक स्थीरता कायम भइसकेकाे परिप्रेक्ष्यमा नेपाल सरकारकाे मुख्य लक्ष्य अार्थिक विकास रहेकाे उल्लेख गर्नुहुँदै स्थायी पुतिनिधि डा. सुवेदीले अन्तर्राष्ट्रिय सामुन्द्रिक संगठनमा नेपाल सरकारका तर्फबाट अाफूले सक्रिय सहभागिता जनाउने बताउनु भयाे ।

IMO मा नेपाल सन् १९७९ देखि पूर्ण सदस्य रहेकाे छ । संगठनकाे प्रधान कार्यालयमा हिजाे भएकाे उक्त विशेष कार्यक्रममा महासचिव लिमले नेपालकाे शान्ति प्रक्रिया विश्वमै उदाहरणीय भएकाे बताउँदै लाेकतान्त्रिक संविधान जारी भर्इ कार्यान्वयनकाे चरणमा रहेकाे पाउँदा अाफूलार्इ शर्ष लागेकाे र अब नेपालले अार्थिक विकासलार्इ तीव्रता दिनु अावश्यक रहेकाे बताएका थिए । उनले भर्खरै गएकाे वाढी, पहिराे र डुवानका कारण भएकाे धनजनकाे क्षतिमा अाफ्रनाे र संगठनकाे सहानुभूति रहेकाे र यसका लागि हुन सक्ने सहयाेगका लागि अागामी साधारणा सभामा छलफल हुने जानकारी दिँदै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा एवं परराष्ट्र सचिव शंकरदास वैरागीमा शुभकामना व्यक्त गर्दै सफल कार्यकालकाे शुभेच्छा प्रकट गरेका थिए ।

उक्त समाराेहमा राजदूतावासका काउन्सिलर तथा उपनियाेग प्रमुख शरदराज अारण र तृतीय सचिव भूपेन्द्र प्रसाद घिमिरेकाे उपस्थिति रहेकाे थियाे ।

116

बेलायतमा नेपाल प्रेस युनियनकाे पनि शाखा खाेलिँदै

लण्डन । नेपाल प्रेस युनियनले बेलायतमा अाफ्नाे शाखा खाेल्ने भएकाे छ । युनियनका महासचिवकाे बेलायतमा भएकाे भ्रमणकाे अवधिमा यहाँ साे युनियनकाे शाखा खाेल्ने याेजना बनाइएकाे हाे । नेपाल पत्रकार महास‌ंघ बेलायत शाखाकाे पहिलाे अधिवेशनमा उपाध्यक्ष्यमा उमेदबारी दिएर पराजित भएका विपिन निराैलाकाे स‌ंयाेजकत्वमा युनियनकाे प्रथम अधिवेशन गर्न लागिएकाे हाे । अाउँदाे नाेभेम्वरकाे ०१ तारिखकाे दिन युनियनकाे प्रथम अधिवेशन गर्ने र त्यसकाे लागि केन्द्रबाट प्रतिनिधि पठाउनकाे लागि अाग्रह गरिने संयाेजक विपिन निराैलाले लिखित रुपमा बताएका छन् ।

विस‌ं २०४८ सालमा स्थापना भएकाे नेपाल प्रेस युनियन नेपालका प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन हो । ०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरुको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रुपमा अगाडि बढ्ने दृढधारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना भएको हो जसले स्थापनाकालदेखि नै यसले पत्रकारहरुको हकहितमा आवाज उठाउँदै व्यवसायिक तथा पेशागत रुपमा स्थापित हुँदै आएको छ । यसको उत्पत्ति नै ट्रेड युनियनवादको अवधारणा अनुरुप भएको हो । ट्रेड युनियन संसारका सम्पूर्ण श्रमजीवीहरुको संरक्षणको केन्द्र हो । ट्रेड युनियन कुनै औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरहरु मात्र नभई सबैखाले काम गरेर जीविकोपार्जन गर्ने शिक्षक, कर्मचारी, किसान, पत्रकारहरुकोहकहित संरक्षण ट्रेड युनियनवादभित्र अन्तरनिहित छ । नेपालका सञ्चारकर्मीहरुलाई संगठित बनाई श्रमजीवीका पक्षमा वकालत गर्दै आएको नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।

51

बेलायती नेपाली समुदायबीच मौलिक संस्कृतिको प्रदर्शनी

नवौं नेपाली मेलामा बेलायती नेपालीहरुको भव्य सहभागिता
बेलायतको लण्डनस्थित केम्प्टन रेसकोर्श पार्कमा हरेक वर्षजस्तै यो वर्ष पनि उत्तिकै उल्लाशपूर्ण वातावरणमा नवौं नेपाली मेला सम्पन्न भएको छ । बेलायतको सबैभन्दा ठूलो संस्था तमू धीं यूकेले आयोजना गरेको यही आइतबारको सो कार्यक्रममा बेलायतका विभिन्न स्थानहरुबाट नेपालीहरुको सहभागिता रहेको थियो ।

तमू धीं यूकेका वर्तमान अध्यक्ष ज्ञामबहादुर गुरुङको सभापतित्व र बेलायतका लागि नेपाली दूतावासका राजदूत दुर्गाबहादुर सुवेदीको प्रमुख आतीथ्य तथा गैरआवासीय नेपाली संघको केन्द्रीय अध्यक्ष शेष घलेको विशेष आतीथ्यलगायत बेलायतस्थित विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको आतीथ्यमा कार्यक्रमको औपचारिक चरण सम्पन्न भएको थियो ।

नेपालीहरुको आआफ्ना मौलिक संस्कृतिहरुको जगेर्ना गर्ने र सोको प्रदर्शनी गर्ने तथा विविध सांस्कृतिकताको प्रदर्शनी भेषभुषालगायत खानपिनहरुबाट पस्कने मूल ध्येय राखिएको नेपाली मेलाको यो नवौं संस्करणमा व्यापारिकताको ज्यादा प्रदर्शनी खासगरी मौलिक खानपिनको बेचबिखन गरिने स्थानमा देखिएको थियो । नेपालीहरुको भौगोलिक विविधताले ल्याएको विविध सांस्कृतिकताको प्रदर्शनी एक अर्कालाई देखाउने तथा हेर्ने खालको प्रतिस्पर्धा लाग्ने खालले पनि झाँकीहरु देखिएका थिए, जसलाई अवलोकन गर्न आम स्थानीय समुदायहरुबाट दर्शकहरुको सहभागिता नहुनु दुखद लागेको थियो भने, बेलायती आम नेपाली समुदायहरुमा जातजाति तथा क्षेत्रगत रुपले विविधता जनाउने धेरै पक्षहरुको कार्यक्रममा सहभागिता देखिएको थिएन । सहभागी दर्शकहरुले नेपाली संस्कृतिको प्रदर्शनीमा मुख्यगरी नेपालको पश्चिमी क्षेत्रहरु मात्रै र गुरुङ संस्कृतिहरु नै ज्यादा देखिनुमा आफ्नो संस्कृतिको प्रवर्धन गर्न विशेषगरी गुरुङ समुदायहरु मात्रै ज्यादा सम्वेदनशील रहेको आभास भएको थियो ।

लगभग दशौं हजार दर्शकहरु भित्र्याउने लक्ष्य राखिएको भए तापनि आधाभन्दा कम दर्शकहरुको सहभागिता भएको अनुमान गरिएको उक्त कार्यक्रममा कार्यक्रमपूर्व हल्ला फिँजाइएअनुसारका विशिष्ट व्यक्तित्वहरुको त्यत्तिको सहभागिता भएको थिएन । तमू धीं यूकेबाट आयोजित नेपाली मेला, गुर्खा कपपछिको विशाल कार्यक्रम हो र संधैकै जसरी यस कार्यक्रम पनि सफल रहेको छ ।

नेपाली समुदायहरुको बेलायतमा बसोबास भएको दशकौं बितेको छ । यहाँ स्थानीय पारम्परिकतामा खासगरी नयाँ पुस्ताहरु पूर्ण रुपमा घुलिएका छन् तर नेपाली मेलामा स्थानीय समुदायहरुबाट एक परिवार वा आआफ्ना साथीसंगीहरु पनि ल्याउन नसक्नुमा मूलधारसँग नेपालीहरुको घुलमिल अझै नभएको, वा आआफ्नै मौलिक परम्परा वा साँस्कृतिकताको साँघुरो दायराभित्र नै नेपालीहरु हराउने क्रमले निरन्तरता लिएको या बेलायती नेपाली युवापुस्ताहरुको सहभागिता नेपाली मेलामा नगन्य रहेको हो भन्ने छुट्याउनु पर्ने बेला आएको छ । नत्र साँस्कृतिकताको मौलिकताको जगेर्नाको प्रयासमा नयाँ र पुराना पुस्ताहरुबीचको समन्वयमा व्यापक दुरी आउने सम्भावना प्रवल देखिएको छ ।

– प्रकाश के.सी.

136