एनअारएनए यूकेकाे अध्यक्ष पदमा योगुकमार फगामी विजयी

लन्डन । गैरअावासीय नेपाली संघ बेलायतकाे सन् २०१७-१९ काे कार्यकारी समितिकाे निर्वाचनमा अध्यक्ष पदमा पूर्व उपाध्यक्ष योगुकमार फगामी १२९८ मत ल्याएर निर्वाचित भएका छन् । अल्डरसटस्थित एम्पाएर हललार्इ निर्वाचन केन्द्र बनाएर हिजाे शनिबार राति गरिएको मतगणनापछि बेलायतमा नेपाली राजनीतिक शैलीकाे चुनावले विसर्जन पाएकाे छ । फगामीकाे प्रतिद्वन्द्वी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत ल्याएका थिए ।

बेलायतकाे अल्डरसट ह्याराे प्लमस्टिड र लेस्टरमा निर्वाचन क्षेत्र बनाएर सम्पन्न गरिएकाे निर्वाचनमा जम्मा ३६७६ मतदाताहरुकाे नामावली दर्ता गरिएका थिए जसमा अल्डरसटमा सबैभन्दा धेरै अर्थात् १७२६ जना मतादाताहरु दर्ता भएका थिए । चारवटा मतदान क्षेत्रहरुमा गरी जम्मा २८८२ मत अर्थात् ७८ प्रतिशत मत खसेकाे थियाे । सर्वत्र बताइएअनुसार बेलायतमा लगभग डेढ लाख नेपालीहरुकाे बसाेबास छ र लगभग सबै नै नेपाल सरकारकाे मान्यताअनुसार गैरअावासीय नेपाली नागरिक हुन् । उक्त डेढ लाख जनसङ्ख्या भएकाे बेलायतमा गैर अावासीय नेपाली संघ बेलायतमा पंजीकृत सदस्यहरुकाे संख्या जम्मा ३६७६ हुनु र त्यसमा पनि मतदान गर्नेहरु जम्मा २८८२ हुनु सम्वद्धहरुले निक्कै दु खपूर्ण भएकाे बताउँछन् । सन् २०१३-१५ काे कार्यकालताका संस्थाकाे सदस्य शुल्क १० पाउण्डबाट घटार्इ ५ पाउण्ड बनाउनु पर्ने भनिएकाे थियाे तर याे पालिदेखि साेही शुल्क २५ पाउण्ड भएकाे थियाे र याे पालि नै नेपालकाे राजनीतिक पार्टीहरुकाे भान दिने गरेर निर्वाचनतर्फ बेलायती नेपालीहरु सकृय भएका थिए भने साेही सन्दर्भमा मूलरुपमा यहाँ अाफू ती राजनैतिक चालमा माेहाेरा नबन्नेमा दृढता ठूलाे परिमाणमा राखिएकाे थियाे ।
यसै पक्षमा धेरैअगाडि सामाजिक संजालहरुमा लेखिएका थिए –

डेढ लाखकाे अाधा ‘पचहत्तर हजार’, त्यसकाे अाधा ‘छत्तीस हजार’ जति, त्यसकाे अाधा ‘अठार हजार’ अनि त्यसकाे पनि अाधा ‘नाै हजार’ र त्यसकाे अाधा भनेकाे ‘चार हजार पाँच सय’ हुँदाे रहेछ । मतलव जम्मा ‘तीन प्रतिशत’ जतिले याे कार्यकारी समितिकाे साधारण सदस्यता लिएका रहेछन् । त्याेपालि सदस्यता शुल्क जम्मा ‘दश पाउण्ड’ थियाे र अहिले त्याे शुल्क ‘पच्चीस पाउण्ड’ भएकाे छ । देखिएअनुसार तीन जना उमेदबारहरु ‘डेढ लाख’ बेलायतबासी नेपालीहरुकाे प्रतिनिधित्व गर्नकाे लागि यही सेप्ट्म्वर ०९ तारिख चुनावमा जाँदैछन् । ‘तीन प्रतिशत टर्नअाउट’ हुने चुनावकाे परिणाम अाफैमा ‘हास्यास्पद’ हाे र ‘अमान्य’ पनि हाे तर यहाँ युवाहरुले भर्खरै देशकै राष्ट्रपति वा प्रभानमन्त्रीकै चुनाव हुन थालेकाे जस्ताे गरी ‘एनअारएनयूके’ सामूहिक ‘लाइभ डिवेट’ गराएका थिए । उमेदबारहरुबाट पनि पक्का नेताजसरी बेलायती नेपाली जनताका हितमा काम गर्ने ‘प्रतिज्ञा ‘गरिएकाे थियाे । कति हाँस्नु ?????!!!!!!-प्रकाश

बेलायतको एक लाख पचास हजार जनसंख्या भएको गैर आबशिय नेपाली संघमा ३६२५ जनाले मात्र सदस्यता लिनु भनेको सस्था प्रति आस्था नहुनु हो| कहिल्यै सस्थामा बसेर काम नगरेका व्यक्तिहरु एकै चोटी ठुलो पद लिनका लागि आएको देखिएको छ यसले सस्था लाई फाइदा भन्दा नोक्सान बढि बनाउछ यसको समाधान कसरि गर्ने| सुन्नमा आएको छ जातिया तथा राजनीतिक पार्टीका उमेदवारलाई सहयोग गर्न अपिल गरिएको छ|
कहिले सम्म यसरी सस्था चलाउने बिचारमा हुनुहुन्छ, हिजोको दिनमा बोरामा सदस्यता बोकिन्थ्यो आज अनलाईन भयो अझै सहज बनाउन तिर लाग्नु पर्ने बेलामा पुरानो जमाना तिर फर्कनु उचित थिएन म एक कार्यकाल सस्थामा बसेर आएको र पटक पटक सदस्यता र चुनाब सम्बन्धि कुरा हरु उठाउदा कुनै ठोस जवाफ पाउन सकिएन आज £25 को साटो £10 मा गराएर हरेक क्षेत्रमा चुनाब गराएको भए सदस्यता संख्या पनि बढ्ने कोष पनि जम्मा हुने थियो हुनेखाने को सस्था त्यतिकै नभनेको रहेछ, क्षेत्रगत हिसाबले कहिल्यै पनि सस्थामा ठाउ दिएन भागबण्डाको हिसाब गरियो त्यसैको परिणाम हो सामुहिक राजिनामा अनि सामुहिक उम्मेद्वारी हामि यस्ता रबैया कहिले सम्म हेरेर बस्ने २०० संख्यामा सल्लाहकार हुनु हुन्छ हजुरहरुको यसमा भूमिका हुदैन हामि जवाफ चाहन्छौ| -राजकुमार

भाेट नहाल्ने अधिकारकाे प्रयाेग गर्ने निर्णय गरीयाे यसपटकलाई । -भीम

NRN का अग्रजहरुलाई यो पनि पढ्न अनुरोध गर्द्छु।
NRN भनेको कुनै राजनीतिक अस्तित्व बोकेको संस्था नहुनु पर्ने हो तर यसको वर्तमान ढाँचा हेर्दा राजनैतिक पार्टी वा क्लब जस्तो देखिन आउछ ।
NRN बास्तबमा बिदेशिएका सबै नेपालीले कालान्तर सम्म नेपालीकै अस्तित्व बोकेर मर्न पाऊन भनेर चालिएको अभियान हो जस्को ध्यय सबैलाई समेटनु हुनु पर्ने हो तर सम्मान ,खादा र भाषण संस्कृतिले यसलाइ नराम्रो संग गाँजेको देखिंछ ।
भाषण भनेको सुचना र संचारको अभाव भएको बेला आफ्नो एजेंडा जनता सामु सुस्पष्ट राख़्ने माध्यम थियो तर अहिलेको २१ औ शताब्दीमा सामाजिक संजाल र अरु माध्यम आइसकेको बेला पनि सामाजिक कार्यक्रमहरूमा खादा ओढेर लम्बेतान भाषण छाटनु र आफ्नो कामको बखान आफै गर्नु जग हँसाई बाहेक क़ेहि पनि होईन।
त्यसैले ,नेपालकै राजनैतिक संस्कारलाई हुबहू कपि गर्नु भन्दा वर्तमान समयको माग र भविष्यको गति हेरेर अघि बढनु पर्छ नत्र भने आऊदो १०/१५ बर्ष पछि अर्कों पुस्ता यो अभियान बाट बाहिरिइ सकेको हुनेछ त्यसैले NRN मा लागेका अभियंताहरूले NRN ले वर्तमान र समसामयिक मुद्दाहरुका साथ साथै भविष्यलाई समेत सम्बोधन गर्नु पर्छ।
बाँकी बहसको बिषय!!! -पवन

हामी लण्डनबासी एनआरएनहरू कति धेरै पदलोलुप भइएछ भने ६ जना उपाध्यक्ष रहेको संस्थामा एउटा उपाध्यक्ष लण्डनबाहिरबाट ग्यारेन्टी गरौँ न त भन्दा पनि कोही तयार भएन । सबै हामीलाई नै चाहिन्छ रे । तर्क भनेको हामी बन्ने भनेर यत्रो सदस्य बनायौँ, यत्रो मिहिनेत गर्यौँ । यत्रो लगानी गर्यौँ । यत्रो धेरैले फेसबुकमा उम्मेदवारी घोषणा गरिसके । अब कहाँ दिन सकिन्छ ? अहिले हामी नै बन्छौं तर अर्को पटक तपाईंहरूलाई ग्यारेन्टी गर्छौँ रे । अचम्म त के भने हामी आफै विधान मिचेर आयौँ । दुई वटा उपाध्यक्ष भनेको थियो विधानले, हामी छ जना बनेर आयौँ । एक सचिब थियो, हामी ३ जना आयौँ । अहिले ६ मध्ये एक उपाध्यक्ष लण्डनबाहिर ग्यारेन्टी गर्न विधानले रोक्छ रे ।
जम्मा ३६ सय सदस्य रहेको एनआरएन युकेमा औचित्यहीन ६ जना उपाध्यक्ष छन् । त्यो हाम्रै पदलोलुपताको परिणाम हो । मैले कम्तिमा यसपालि यस्तो नगरौँ भनेर आबाज उठाएको थिएँ । तर कस्ले सुन्थ्यो र ! आदरणीय Navin Gurung जस्ता अग्रजहरूले यस्तो बेथिति रहिरहे सदस्यता परित्याग गर्ने सार्वजनिक गर्नुभएकै थियो । कसलाई मतलब र !
चार वटा राज्य मिलेर बनेको युकेमा नर्दन आयरल्यान्डले एक उपाध्यक्ष दाबी गर्यो । प्रतिनिधित्व खोज्यो । यो हाम्रो गल्ती महसुस गर्ने र कोर्स करेक्शन गर्ने सुन्दर अवसर थियो । यति धेरै उपाध्यक्ष बनाउनुको थोरै भए पनि औचित्य पुष्टि हुने र लण्डनबाहिरका नेपालीको सम्मान हुने गतिलो अवसर हामीले गुमायौँ ।
नर्दन आयरल्यान्डका एनआरएन सदस्यहरूले सामूहिक रूपमा सदस्यता परित्याग गरे । एउटा गलत म्यासेज गयो विश्वभर । तर हाम्रो 6 वटै उपाध्यक्ष हामीले नै राख्न सफल भयौँ । अब हामीले मिहिनेत गरेर बनाएको सदस्यता फिर्ता गर्नुपर्ने छैन । -नारायण

एनआरएन यूकेको सदस्यता बन्नु होस् भन्दा पहिला घुँडाबाट पसिना झर्यो आज अधिबेसन आउन साढे हप्ता दिन बाँकी हुँदा पंजीकृत सदस्यहरु भन्दा हुन नमानेकाहरु ट्याउ टयाउ गरि भ्यागुता झैँ कराएको देख्दा जे होस् एनआरएन बुझ्ने कोशिस चाँही अब थाले झैँ आभाष भई रहेको छ |
यो पनि एउटा सँस्थागत प्रजातान्त्रिक कसरत हो, समय लिएर दिनलाई आउनु होस् | -ह्यारी

गैरआवासीय नेपाली संघको पहुँच सर्वसाधारण सम्म पुग्न नसक्नुको मुख्य कारण सदस्यता शुल्क महँगो भएको निर्क्योल छ ।
संघलाई सर्वसाधारण सम्म पुराउन एनआरएन यूकेको सदस्यता शुल्क ५ पाउण्डमा आजिवन सदस्य हुनु पर्ने धारणा सहित गैरआवासीय नेपाली संघको भोलि शनिवार हुने निर्वाचनमा आइसीसी सदस्यको उम्मेदवार हुनु भएको छ- चिरन शर्मा । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्ष समेत भइसक्नु भएका शर्मा बेलायत स्थित सबै नेपाली समूदायका बीच सक्रिय व्यक्तित्वका रुपमा परिचित देखिन्छन् । पत्रकारिता तथा एनआरएनमा लामो इतिहास बोकेका चिरन शर्माको सफलताको लागि शुभकामना व्यक्त गर्दै । हाम्रोलाई मात्र होइन् सक्षम र राम्रोलाई रोजौं । सबै उम्मेदवारलाई शुभकामना । -एभरेष्ट

सन् २०१७ १९ काे कार्यकारी समितिकाे लागि ६ जना उपाध्यक्षहरुमा डा. प्रेम बहादुर आले, प्रेम गाहामगर, पुनम गुरुङ, ललितकुमार न्यौपाने, शेरबहादुर सुनार र सुशिला राई निर्वाचित भएका छन् । महासचिवमा राजकुमार त्रिपाठी (१०४० मत) विजयी भए भने उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल ‘गाउंले’, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सह-कोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वाचित भएका छन् । युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड) र कुमार थापा निर्वाचित भएकाछन् । सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर 
रानाभाट, डेबिन्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बू, मनिष खड्का, मुकेश राना र होमनाथ पौडेल निर्वाचित भए । आर्इसीसी सदस्यहरुमा कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुंवर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

2
311

बेलायती नेपाली समाजमा तीजको धुमधाम सम्पन्न

लण्डन । नेपाली महिलाहरुको महान चाड तीज, बेलायतमा यो वर्ष पनि निक्कै धुमधामका साथ नेपाली महिलाहरुले मनाएका छन् । नेपाली दूतावास, लण्डनको ह्यारो, फेल्थाम, हान्स्लो, केन्ट, फान्बोरोह, प्लम्स्टिड, क्याम्ब्रिज्ड, स्कटल्याण्ड, वेल्स आदिका विभिन्न कम्युनिटि हलहरुलगायत मन्दिरहरुमा निक्कै भव्यताका साथ योपाललि नेपाली महिलाहरुले तीज मनाएका छन् ।

हिन्दूहरुको मात्र पर्व नभनी समस्त नेपाली महिलाहरुको पर्वको रुपमा बेलायतमा भने तीज ख्याती पाउँदै गएको छ । बेलायतबामा नै तीजको गीतको छायांकन गरिएको छ भने यहाँबाट तीजको गीत रचेर नेपालमा पनि छायांकन गराइएको छ । तीजको बेलामा अन्य समुदायका महिलाहरुमा पनि यस चाडप्रति बिस्तारै चासो पलाउँदै गएको नमुनाहरु पनि देखिएको छ ।



-तस्वीर श्रोत फेशबुक

141

डिजेलबाट चल्ने गाडी अहिले किन्ने कि नकिन्ने ?

बेलायतमा भर्खरै सन् २०४० बाट डिजेल र पेट्राेलबाट चल्ने गाडीहरू पूर्ण रूपमा बन्द गरिने भनिएकाे छ । त्यसकाे मतलब अहिलेबाटै पेट्राेल तथा डिजेलबाट चल्ने गाडीहरू किन्न बन्द हुन्छ भन्ने हाेइन, न त तिनिहरूकाे विक्रि नै बन्द हुनेछ र २३ वर्षपछिसम्म चल्ने किसिमले अहिले कसैले गाडीहरू किन्दा पनि किन्दैनन् । वर्ष-वर्षमा गरी बढ्दै जाने राेड ट्याक्सकाे साथै अतिरिक्त रूपमा विकसित हुँदै अाएका नयाँ गाडीहरूमा भएका प्रविधिले गर्दा पनि अाम क्रेताहरू निम्ततम रूपले दश वर्षभित्र गाडीहरू बदल्ने गर्दछन् । त्यसमा पनि पी.सी.पी अन्तर्गत लिइने गाडीहरूले त हरेक तीन वर्षमा, उही किस्तामा नयाँ गाडी फेर्ने माैका दिन्छ । तर ०४०मा डिजेल तथा पेट्राेल गाडीहरूमा पूर्ण राेक लगाइने भए तापनि यही वर्षदेखि बिस्तारै कानूनमा नयाँ परिवर्तनहरू हुँदै छन् र ती नयाँ नीतिहरूले डिजेलबाट चल्ने गाडीहरूका मालिकहरूलार्इ प्रत्यक्ष्य रूपमा असर पार्ने देखिएकाे छ ।

खासगरी डिजेल गाडीहरू पर्यावरणकाे लागि पनि कम प्रदुषित र ‘पावर’ तथा ‘रनिङ-कस्ट’काे मतलवमा पनि उपयुक्त मानिएकाे भए तापनि नयाँ नीतिहरूकाे ज्यादा चाेट यिनै गाडीवाहकहरूलार्इ लगाइने पक्का निर्णय नीतिकारहरूबाट तय गरिएकाे लाग्दछ । सरकारबाट भर्खरै खुलासा गरिएकाे नीतिअनुसार ०४०बाट बेलायतमा निर्माण गरिने तथा अायात गरिने गाडीहरू पूर्ण रूपमा विजुलीबाट चल्ने हुनेछन् । वर्षेनी ‘एयर-पाेलुसन’काे सम्वन्धित कारणबाट बेलायतमा ४०,००० ज्यान गएकाे बताइएकाेले, त्यसैलार्इ जुध्न पनि सरकार अत्यन्तै गम्भीर भर्इ साे निर्णयलार्इ सार्वजनिक गरेकाे हाे । हुन त याे कदम जर्मन र फ्रान्सकाे उस्तै कदमपछि अाएकाे हाे ।

अचानकै सरकार किन खासगरी डिजेल गाडीहरूकाे विपक्षी भयाे त ? दशकाैं अगाडिदेखि सरकारद्वारा नै अाम जनतालार्इ यसकाे विक्रिवितरण तथा प्रयाेग गर्न वास्तवमा पेट्राेलबाट चल्ने गाडीहरूभन्दा डिजेल गाडीले २० प्रतिशतले सी.अाे.टु. इमिशनकाे कम उत्पादन गर्ने र २० प्रतिशत कम इन्धन खपत गरी किफायती हुने तथ्यबाट प्रभावित भएर नै सुझाएकाे हाे । दुषित पर्यावतरणबाट माैसममा हुने परिवर्तनलार्इ जाेगाउने तत्कालीन ती नै उपयुक्त माध्यम मानिएकाे थियाे । डिजेलबाट चल्ने गाडी चालकहरू, थाेरै राेड-ट्याक्स र कम कम्पनी-कार-ट्याक्सका साथै इन्धनमा हुने व्यापक खपतले निक्कै नै खुशी भए र कालान्तरमा डिजेल गाडीहरू बेलायतमा अाम बन्याे । एक तथ्याङ्कअनुसार बेलायतमा अहिले एक कराेडभन्दा ज्यादा डिजेलबाट चल्ने गाडीहरू छन् ।

युराेपीयन कमिशनले बेलायतलार्इ पर्यावरण प्रदुषणकाे सीमा अतिक्रमण गरेकाे भनेर मुद्दा हालेकाेले पनि बेलायत सरकारलार्इ प्रदुषित पर्यावरणसम्भवन्धी याेजनामा गम्भीर हुनुपर्ने वाध्यता अाइलागेकाे छ र त्यसैकाे लागि तीन बिलियन पाउण्डका याेजना अगाडि ल्याएर सरकारले साेही मुद्दालार्इ सम्वाेधन गर्न लागेकाे हाे ।

डिजेल इन्जिनले वातावरणमा ‘नाइट्राेजन-अक्साइड’काे उत्पादन गर्दछ र त्याे नै प्रदुषित पर्यावतरणकाे एक प्रमुख कारण हाे भन्ने अाम रूपमा मानिएकाे छ । त्यसैले डिजेलबाट चल्ने पुराना गाडीहरूमा लाग्ने राेड-ट्याक्समा अतिरिक्त रूपमा वृद्धि गरिनुका साथै नयाँ गाडीहरू अब पेट्राेल गाडीसरह नै उही ट्याक्स-व्याण्ड लगाइने भएकाे छ । तर डिजेलका नयाँ निर्माण गरिएका कारहरूले जम्म ९९ ग्राम प्रति किलाेमीटरकाे दरमा सी.अाे.टु. इमिशन उत्पादन गर्ने भएकाेले त्यस्ता गाडीहरूमा भने अद्यापि कर छुट छ र त्यही परम्पराहरू केही अवधिसम्म कायमै रहने पक्का छ । तर नयाँ गाडीहरू किन्न नसक्ने क्रेयशीलता भएका अाम नागरिकहरू बेलायतमा बाक्लिएका छन् । यस अर्थमा राेड-ट्याक्सकाे हकले डिजेल गाडी किफायती रहेन र निश्चय नै विस्तारै डिजेलकाे भाउ पनि नबढाउलान् भन्न सकिँदैन । डिजेल गाडीकाे प्रयाेगलार्इ बिस्तारै अाम मनमाा ‘अरूचिकर’ बनाउने त्यस्ता प्रशस्तै उपायहरू छन् र ती उपायहरू सतही नहाेलान् भन्न सकिँदैन । थाेत्रा गाडीहरूलार्इ सरकारी अन्त्यमा अर्थात् सन् २०४० तिर केही रकम दिएर या इलेक्ट्रिक कार किन्नमा केही रकम मिनाहा गरेर प्रयाेगकर्ताहरूलार्इ उत्साहित बनाउने याेजना सरकारसँग नभएका पनि हाेइनन् ।

युराे-५ नयाँ प्रावधान हाे, जाे ‘युराेप वाइड इमिशन स्टाण्डर्ड’ नयाँ विकसित मापन हाे । सन् २०११ देखि बन्ने डिजेलका गाडीहरूका निर्माताहरूले यही युराे-५ काे मापनलार्इ अाधार बनाएका छन् । साेही मापन अर्थात् इमिशन सीमा ०.१८ ग्राम प्रति किमीमा उपयुक्त मानिनकाे लागि डिजेल गाडीहरूमा ‘डिजेल पर्टिकुलेट फिल्टर्स (डीपीएफ)’ जडान गरिनु पर्ने हुन्छ, जसले ९९ प्रतिशत मापनकाे निगरानी गर्न सक्दछ । आर.ए.सी. तथा ए.ए.ले जनाएको अनुसार, तर अहिले सन् २०१५ देखिका नयाँ गाडीहरूमा युराे-६ नीतिलार्इ अपनाइएका छन्, जसमा ‘डीपीएफ’ त जडान गरिएकै हुन्छन् नै तर अझ थप रूपमा ती इन्जिनहरूमा त्यस्ताे ‘व्यवस्था’ गरिएकाे हुन्छ, जसले सी.अाे.टु.बाट निस्कने एन.अाे.एक्स.लार्इ हानिकारक नाइट्राेजन र पानीमा परिवर्तन गरिदिन्छ डिजेल इन्जिनकाे लागि र त्यसैले साे अर्थमा ती गाडीहरूले उत्पादन गर्ने एनअाेएक्स ०.०८ ग्राम प्रति किमीभन्दा ज्यादा हुँदैन ।

भर्खरै भएकाे राेड-ट्याक्सकाे परिवर्तनमा जाे सी.अाे.टु. इमिशन लेभल ९९ ग्राम प्रति किमी र त्याेभन्दा कमलार्इ कर मुक्ति दिइएकाे थियाे तर अब अर्थात् गत ०१ अप्रिलबाट भएकाे नयाँ नीतिअनुसार, ४०,००० पाउण्ड पर्ने गाडीहरू नै जीराे इमिशन कार हुन् जुन पूर्ण रूपका इलेक्ट्रिकल कारह हुन् र ती नै सडक कर-मुक्त कार हुन् । १० पाउण्ड कर सी.अाे.टु. अाउटपुट १ देखि ५० ग्राम भएका कारहरू र २००० पाउण्ड कर सी.अाे.टु. अाउटपुट २५५ ग्रामभन्दा ज्यादालार्इ लाग्ने भएकाे छ र साधारणतया ४०,००० भन्दा कम मूल्यका गाडीहरूमा एक रूपले १४० पाउण्ड ट्याक्स लाग्ने भएकाे छ । हाइब्रिड कारहरूलार्इ साे दरमा १० पाउण्डकाे छुट हुने भएकाे छ ।

लण्डनभित्र, सन् २००६मा दर्ता भएका कारहरू ‘युराे-४ एन.अाे.एक्स. स्टाण्डर्ड’मा नपर्ने भएकाेले ती कारवालाहरूले यही अक्टाेबरदेखि ‘टक्सिसिटि-चार्ज’ तथा ‘टी-चार्ज’ तिर्नुपर्ने भएकाे छ । लण्डनकाे समस्त कन्जेस्सन-चार्ज-जाेनमा चाैबिस घण्टाकाे लागि याे १० पाउण्डकाे अतिरिक्त चार्ज हाे । सने २०१९ देखि लण्डनमा नयाँ ‘अल्ट्रा लाे इमिशन जाेन (यूएलर्इजेड)’ हरू बनाइने छन् र ती जाेनहरूमा युराे-६ डिजेल गाडीहरू अनि युराे-४ पेट्राेल गाडीहरूले १२.५० पाउण्ड तिर्नुपर्ने हुन्छ । सन् २०१५ काे सेप्टेबरभन्दा अगाडि बेलायतमा दर्ता भएका डिजेलबाट चल्ने गाडीहरू र सन् २००६ भन्दा अगाडि दर्ता भएका पेट्राेलबाट चल्ने गाडीहरू याे नीतिबाट प्रभावित हुनेछन् । र बेलायतका अन्य शहरहरूमा बिस्तारै साे नीति लागू गरिँदै लगिने बताइएकाे छ ।

लण्डनका कतिपय सडकहरूमा अाउँदाे तीन महिनाभित्र एयर क्वालिटि चार्ज लाग्ने भएकाे छ भने एउटा काउन्सिलले दुर्इ वर्षभन्दा पुरानाे डिजेलका कारहरूमा प्रतिघण्टा २.४५ पाउण्डका दरले एयर क्वालिटि चार्ज शुरू गरिसकेकाे छ । बेलायतका धेरै शहरहरूले सन् २०१९ बाट क्लिन एयर जाेन शुरू गर्ने भएकाे छ जसअन्तर्गत दुर्इ वर्षभन्दा पुराना डिजेलका गाडीहरूलार्इ निम्नतम १० पाउण्द प्रतिदिनकाे दरले चार्ज गर्ने भएकाे छ । माथि नै भनिसकिएकाे छ, कि अर्काे दुर्इ वर्षभित्र बजेटबाट सरकारले अतिरिक्त रूपमा डिजेलकाे भाउ तथा कारमा ट्याक्स बढाउने भएकाे छ र त्यसकाे साथै बेलायतकाे मुख्य ८१ वटा मुख्य सडकहरूमा त्यस्ता पुराना डिजेल गाडीहरूलार्इ गुडाउनदेखि प्रतिवन्ध लगाउने भएकाे छ । वर्मिङ्घाम, लीड्स, नटिङ्घाम, डर्वी र साउथह्याम्टनमा यही वर्षदेखि नै टी चार्ज लगाउने याेजना डिपार्टमेन्ट अफ इन्भाइरनमेन्टकाे रिपाेर्टमा जनाइएकाे छ । त्यस्तै बेलायतकाे व्यस्त तथा ठूलाे एयरपार्ट हिथ्राेले इमिशन चार्ज लगाउने भएकाे छ, जुले मुख्य रूपमा डिजेल गाडीहरूलार्इ प्रभाव पर्ने देखिन्छ ।

बताइएअनुसार, अहिले नै डिजेलका नयाँ गाडीहरूकाे विक्रिवितरणमा धेरै नै कमी अाएकाे छ भने सेकेण्डह्याण्ड कारहरूकाे विक्रि त झन्र नराम्ररी झरेकाे छ । जुन अनुपातमा डिजेलका गाडीका भाउहरू केही पुरानाे हुनासाथ घट्ने गर्थ्याे, त्यसकाे अनुपातमा पत्याउनै नसकिने गरेर भाउ घटेकाे छ । लगभग सात हजार पाउण्डमा बीएमडब्लू थ्री सेरिज ३२० डी एम स्पाेर्ट, २ ली. सन् २०१३मा दर्ता भएकाे जम्मा ७०,००० माइल चलेकाे सेलुन कार पाउन थालिएकाे छ भने यसरी घट्ने क्रम जारी छ ।

Photo Source: google.com

79
NRNA UK

गैरआवासीय नेपाली संघको चुनाव, बेलायतमा नेपाली राजनीति शुरु

सेन्टर लण्डन जाने दुई तले रातो बसमा चढ्दै गरेको बखत, माथिल्लो तलाको पछाडिको सिटमा बस्ने दुई अधवैंशे नेपालीमध्ये एक, फोनमा कसैसँग बोल्दै गरेको स्पष्टै सुनिन्थ्यो — ‘….त्यो पाल्पाली ढाकाको टाई र स्टकोट मेरोलागि, …. अँ…. अँ..तेरो साइजको र तेरो भाउज्यूको लागि ढाकाको पछ्यौरा पठा’ …ए झण्डै भुल्या’ ….त्यो अस्ति नै भन्याथेँ नी ?….खुकुरी, …..हो, तर चाँदीले बेह्रेर माछापुछ्रे हिमालको चिन्ह जडेको चाहिँ पठा’, कर्द पनि भा’को है ? जति परे नी म व्यओर्छु ।…..हुन्छ, हुन्छ ।….’

ढाकाको टोपी नै लगाएर लण्डन कुद्ने बसमा यात्रा गर्दै, पोखरामा आफ्नो काकाको छोरोसँग बोल्दै गरेको, रमाइलो देखिने विनोद गुरुङ थिए । फोन राखेपछि भन्दै थिए — ‘……नेपाली देखिएर बेलायताँ बस्ने मज्जा नै बेग्लै खाले हुँदो र’छ गोराका अगाडि ।….’ अनि यहाँको नागरिकता लिइसकेर यहाँकै रैथाने भइसकेको अवस्थामा देश अनुसारको भेष गर्नुपर्ने होइन र हामीले? भन्ने प्रश्नमा उनी केही गम्भीर भएका थिए — ‘…..हेर्नुस्, याँ केही हाम्रा मान्छेहरुमा त्यो भरम छ । हाम्लाई बेलायतले गोरा बनाउनका लागि हाम्लाई पखालेर, टल्का’र अनि रंग्या’र याँको नागरिकता दिया’ होइनन्, कानूनले हाम्लाई हाम्रो संस्कृति अनि परम्परासितै राख्या’ हुन् र आफ्नो परम्परा अनि संस्कृति मान्छेको आफ्नो अस्तित्व हो । यो काम गर्ने थलो हो, याँको कानून र व्यवस्थाहरुमा रम्दै हाम्लाई आफ्नो अस्तित्वको सम्मान गर्न पाउने अधिकार हुन्छ, बुझ्या’ हो ?..’

नेपालबाट विदेशमा निर्यात हुने बस्तुहरुमा, मुख्यतः हस्तकलाहरु रहेका छन् । तर खासगरी यो दशकमा आएर हस्तकलाका साथै नेपाली संस्कृति अनि रैथानेपन दर्शाउने बस्तुहरु, जातजातिका पारम्परिक भेषभुषाहरु, पारम्परिक जातीय परिचायक समेटेका साँस्कृतिक समानहरु आदि ज्यादा निर्यात भएका छन् र निःसन्देह ती सामानहरुका क्रेताहरुका ठूलो संख्या भनेका, विदेशमा बस्ने नेपाली अर्थात् गैरआवासीय नेपालीहरु हुन् । संसारको कुनै पनि देशमा बस्ने कुनै पनि नेपालीका घरमा गएर हेर्ने हो भने नेपाली झण्डा, नेपाली ढाका टोपी, पछ्यौरा आदि पक्कै नै देख्न सकिने छ । एक तथ्यांकअनुसार, अमेरिकामा नेपाली झण्डाको खपत अन्य हस्तकला तथा गार्मेन्ट भन्दा ज्यादा भएको थियो केहीअघि । यस्तैमा, नेपाली साँस्कृतिकताको प्रवर्धनहेतु अहिले विस्तारै गैरआवासीय योजनाअनुसार हरेक देशमा एउटा नेपाल हाउस खोलिँदै छ, जहाँ सम्पूर्ण रुपमा नेपाल अटाइने छ, तथापि विभिन्न देशहरुमा नेपाली जातजातिका आआफ्ना कम्युनिटिहलहरु पनि थुप्रिँदै छन् । त्यसैले त्यस्ता सामानहरुको खपत निर्यातमा बढोत्तरी पक्कै नै हुनेछ ।

First NRN Conference 2005

यही अक्टोबरमा, काठमाण्डौमा हरेक दुई वर्षमा एकपटक हुने गैरआवासीय नेपालीहरुको भेला हुन गइरहेको छ र त्यसैको पूर्वाद्धमा, विभिन्न संसारका ७५ देशहरुमा राष्ट्रिय समन्वय परिषदको चुनाव हुँदै छ । एकातिर कन्द्रीय कार्य समितिको चुनावको चुनावी चहलपहल बढ्दैछ भने त्यसैको हाराहारीकै चहलपहल, राष्ट्रिय स्तरमा ती ७५ देशहरुमा चल्दै छ । वर्मा गए कर्मसँगै भनेजस्तै गैर राजनीति, गैर जातीय, वर्गीय अनि क्षेत्रीय स्वरुपको संगठन मानिने गैरआवासीय नेपाली संघ अहिले सर्वत्र त्यही अवस्थाले रङ्गिएको चाहिँ छ र त्यही क्रमले राष्ट्रिय स्तरमा आआफ्नो गुट वा प्यानलहरु तयार पार्ने क्रमहरु केन्द्रीय तहबाटै चल्दैछन् र त्यहीअनुरुप राष्ट्रिय स्तरमा चुनावी गति लिइरहेकाछन् ।

सन् २००३ को अगस्ट महिनामा, लण्डनमा एक सानो भेलाले पारित गरेर त्यही सालको अक्टोबरमा गैरआवासीय नेपाली संघको पहिलो अधिवेशन काठमाण्डौमा भएको थियो । ‘एक पटकको नेपाली, सँधैको नेपाली’ भन्ने नाराका साथ शुरु भएको गैरआवासीय नेपाली संघमा अहिले ७५ मुलुकहरुमा बस्ने झण्डै ६० लाख नेपालीमूलका वा नेपालीहरु बसोबास गर्दछन् । निश्चय नै यो उल्लेखनीय संख्या हो । दुई वर्षभन्दा ज्यादा अवधि विदेशमा बिताउनेहरु गैरआवासीय नेपालीहरु हुन् भन्ने परिभाषाले गैरआवासीय नेपालीको परिचयको स्पष्टता व्यक्त्याउन सकेको छैन । नेपाली पासपोर्ट र नागरिकता बोक्ने नेपालीहरु सँधै नै वहालवाला नेपाली नागरिकहरु हुन्, तिनलाई १८२ दिन विदेशमा बस्दैमा गैरआवासीय नेपाली संघभित्रका नेपाली हुनु जरुरी हुँदैन,मान्य सो अर्थमा हुँदैन । तिनको अस्तित्वको रक्षा वा जिम्मा ती देशमा भएका नेपाली दूतावासले लिएका हुन्छन् वा प्रतिनिधित्व गरेका हुन्छन् । विदेशी नागरिकता लिएकाहरु नै वास्तवमा ‘…एक पटकको नेपाली, सँधैको नेपाली’ भन्ने नाराभित्र पर्दछन् । हुन त, आश्विन १, २०७२ गैरआवासीय नेपालीलाई नयाँ संविधानले नागरिकता दिने व्यवस्था गरेको छ, जसबाट बताइएअनुसार माथि उल्लेख गरिएको झण्डै ६० लाख मध्येबाट करीव ४०,००० विदेशी पासपोर्टबाहकहरु मात्रै लाभान्वित हुनेछन् । संविधानमा उल्लेख गरिएको छ… “विदेशी मुलुकको नागरिकता प्राप्त गरेको सार्क बाहेकमा बसोबास गरेको साविकमा वंशजको वा जन्मको आधारमा निज, निजको बाबु, आमा, बाजे, बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ,” । तर यसलाई कार्यान्वयन गर्ने कानून नबनिसकेकोले यो अहिले कागजमा नै सीमित छ । र अहिले राजनीतिक अधिकार नदिएकोमा बेलायतको लिभरपुलमा एक प्राज्ञहरुको टोलीले असन्तोष व्यक्त गरी त्यसलाई सच्याइनको लागि, बेलायतका लागि नेपाली राजदूतमार्फत् नेपाल सरकारलाई आग्रह गरेका छन् ।

सन् २००५ बाट बेलायतमा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदको विधिवत स्थापना भएको थियो । लगभग ३०,००० नेपाली आप्रवासीहरुको जनसंख्या भएको सो बखत नेपालीहरुको ठूलो संस्थाको रुपमा बेलायतमा यती नामक संस्था रहेको थियो । त्यसपछि बेलायतमा नेपालीहरुको स्थायी बसोबास गर्ने क्रम बढ्दै गयो र अहिले अनुमानित रुपमा डेढ लाखभन्दा बढी रहेको बताइएको छ । एक जमानामा सबैको साझाजस्तै बन्दै गएको यती संस्था निक्कै नै साँघुरिएको छ भने जातीय संस्थाहरु एकपछि अर्को बन्दै र विशाल अनि शक्तिशाली हुँदै गएका छन् । तर त्यसैमा सबैको साझा सँस्था बन्न सक्ने अवस्थामा रहेको गैरआवासीय नेपाली संघको बेलायत शाखामा व्यापक रुपमा राजनीति व्याप्त रहेको छ भने पछिल्लो समयमा आएर यसभित्र जातीयताले प्राथमिकता पाएको छ । अहिलेसम्म गैरआवासीय नेपाली संघ, बेलायतमा विशेषगरी मानिएको अवधि भनेको सन् २००९ देखि २०११ को हो । सूर्य गुरुङको नेतृत्वको त्यो कार्य समितिले उल्लेखनीय काम खासै नगरे तापनि समाजमा सो संस्था प्रतिको गरिमालाई उच्च तथा भरपर्दो भने पारेको थियो । त्यसपछि कूल आचार्यको दुई वर्ष अनि एक एक वर्ष गरी योगेन क्षेत्री र महेन्दै कँडेलको अवधिले समाजमा संस्थाप्रति निक्कै नै नकारात्मक प्रभाव पारेको थियो ।

एनआरएनएलाई पैसावालाहरुको संस्था भनिन्छ । सयौं कार्यक्रमहरुको आयोजना गर्नुका साथै नेपालमा परेको आपतविपतदेखि आआफ्ना देशहरुमा बसोबास गर्ने नेपाली समुदायहरुमा पर्ने आपतविपदहरुमा प्रमुख रुपमा आर्थिक सहयोग गर्ने संस्थामा धेरैजसो रुपमा एनआरएनए नै पर्दछ, केही अपवादवाहेक । हुन पनि, नेपालमा आर्थिक विकासमा लगानी भित्र्याउने भनेर मुख्य रुपले लाग्ने यस संस्थाबाट यसरी आशा गरिनु र यसलाई त्यसरी परिभाषित गर्नु अति होइन, सान्दर्भिक नै हो । र त्यही आशयले यस संस्थामा लाग्नेहरुले संस्थाबाट कमाउने होइन, गुमाउने हुन्छ । आफ्नो समयको साथसाथै प्रशस्तै पैसाहरुको लगानी गर्ने यसै संस्थाको बेलायत शाखामा मुख्य रुपमा आचार्य र उनीपछि एकएक वर्षका लागि नेतृत्व लिने क्षेत्री अनि कँडेललाई बेलायतमा पैसा खाएको, पदको दुरुपयोग गरेको जस्तो आरोपहरु सार्वजनिक हलमा सबैको सामुन्ने लगाइयो । आफूले आफ्नो पक्षका लागि आफैले सदस्य शुल्क तिरी सदस्यहरु बटुल्ने तिनलाई पैसा खाएको आरोप लगाइनु हास्यास्पद थियो । त्यतिखेर मेरो यूके डट कमले आफ्नो सम्पादकीयमा ‘…अब, बेलायतमा व्यक्तिले होइन, संस्थाले वा संस्थाको प्रतिनिधिले गैरआवासीय नेपाली संघको बेलायत शाखाको नेतृत्व लिनुपर्दछ, जसको शुरुवात तमूहरुले गर्नुपर्दछ…’ भनी लेखेको थियो । सोही किसिमले नै तदनुरुप सन् २०१५ देखि २०१७ सम्मको लागि तमू धिं यूकेका भूपू अध्यक्ष मूक्षेत्र गुरुङ्गको नेतृत्वमा एक विशाल आकारको गैरआवासीय नेपाली संघ, बेलायतको कार्यकारी समिति तयार भएको थियो, जसले यही सेप्टेम्बर ०९ तारिखदेखि आफ्ना पदाभार सुम्पँदै छ ।
NRNA UK
आगामी कार्य समितिको नेतृत्व गर्नका लागि गत दुई कार्यकालदेखि उपाध्यक्ष भइरहेका वर्तमान उपाध्यक्ष हिराधन राई, एक कार्यकाल उपाध्यक्ष भइसकेका वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य कृष्ण तिमिल्सिना र अर्का वर्तमान उपाध्यक्ष योगकुमार फगामी तथा आफ्नो फेशबुक वालमा उमेदबारी दिने घोषणा गरेका अर्का उपाध्यक्ष डासुराम पाण्डेबीच नेतृत्वको लागि चुनावी चहलपहल शुरु भइसकेका छन् । हिराधन राईलाई योपालि राई तथा लिम्बूहरुको व्यापक सहयोग मिल्ने पक्का छ र उनी किरात राई यायोक्खाका संस्थापक सदस्य हुन् । विगत चार वर्षदेखि लगातार रुपमा गैरआवासीय नेपाली संघ, बेलायतको उपाध्यक्ष बनेका हिराधन राईसँग यस संस्थासँगको व्यापक अनुभव एकातिर छ भने अर्कोतिर एनआरएनए अभियानलगायत रोजिहिरा फाउन्डेशन नामक च्यारिटिमा सक्रिय रुपमा समाज सेवामा लागेका छन् । बेलायतस्थित नेपाली समाजको हितको लागि आफूले वर्तमान कार्यसमितिको लागि सम्झौता गरेको र योपालि पनि गर्न सक्ने तर समाजले उनको योगदानको कदर गर्दै आफूलाई जिताउनेमा आफू विश्वस्त भएको बताउने राईले एक औपचारिक कार्यक्रम गरी अध्यक्ष पदको प्रत्यासीको लागि घोषणा गरिसकेका छन् ।

Hiradhan Rai
Photo credit : Milan Tamu

हिराधन राई, अध्यक्ष (प्रत्यासी)
गैर आवासीय नेपाली संघ यूके, (अधिवेसन), ९ सेप्टेम्वर २०१७

प्रतिवद्धता–पत्र

‘मेरो प्रतिवद्धता विविधतामा एकता एनआरएन यूकेमा मेरो प्रतिवद्धता’

घरदेशबाट परदेशमा आइ विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीको भावना, चाहना र सपनाको प्रतिबिम्बित साझा संस्था हो– गैरआवासीय नेपाली संघ (एनआरएन) । यो एनआरएनले आफ्नो अभियान सञ्चालन गरेको १३ वर्षभन्दा बढी भइसक्यो भने हामी अहिले ७ औं महाधिवेशनको संघारमा छौं । विविध धर्म, संस्कृति, भाषा, पेशा, व्यवसाय, भूगोल र वर्गको अनेकतामा एकता एनआरएनको पहिचान हो ।

मातृभूमिको सेवा गर्ने पवित्र उद्देश्यले नेपालीको हकहितको आवाजलाई संस्थागत गर्दै बुलन्द पार्ने यो महान् अभियानमा संलग्न मेरा आदरणीय अग्रज गुरुहरुको कार्यशैलीबाट धेरै कुरा सिक्ने र पे्ररणा लिने सुनौलो अवसर प्राप्त भयो । त्यस्तै आफू पनि विभिन्न कोणबाट यस यात्रामा अनवरत खटिने मौका पाएकै छु । एनआरएनको यो ओरोह अवरोहमा धेरै कुरा सिक्न पाएं । ती भोगाइ र सुझावलाई एउटा मार्ग निर्देशक मान्दै, एनआरएनलाई सबै नेपालीको साझा र आत्मीय संस्था बनाउनका लागि अब नयां शिराबाट आगाडि बढ्नु पर्छ भन्ने मेरो निष्कर्ष हो । एनआरएनको उद्देश्यलाई प्राथमिकतामा राख्दै अब हुने एनआरएनए यूकेको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै प्रतिवद्धता सार्वजनिक गर्न चाहन्छु । मेरो घोषणा पत्रको मर्म नै हरेक नेपालीबीच एकता हो । हामीमाझ विविधतामा एकता छ, जसलाई म एकताको संकेत भनेर सम्बोधन गर्न चाहन्छु ।

एकता – आफ्नो विदेश यात्रा भनौं वा आफ्नो जीवनको थालनी भनेको गोर्खा पल्टनबाट भएको हो । त्यसैले मेरो जीवन गोर्खा आन्दोलन वा गोर्खासंगको मुद्दाबाट अलग हुनु भनेको मेरो जीवन नै नहुनु सरह ठान्दछु । तसर्थ, गोर्खाको जीत नै मेरो जीत हो । गोर्खाको समस्या समाधान नहुञ्जेल आफू गोखासंग सम्बन्धित कुनै पनि मुद्दामा सहकार्य गरी अगाडि बढ्न तयार छु ।

– नेपाल हाउस यूके निर्माण गर्ने कार्यलाई विशेष प्राथमिकता दिंदै लाप्राक वस्ती निर्माण र एनआरएन हाउस निर्माण अभियानमा विशेष सहयोग गर्नेछु ।

राष्ट्रियता – ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने हाम्रो मूल भावना समेटिएको ‘गैरआवासीय नेपाली नागरिकता’ राजनीतिबाहेक सबै अधिकार पाउने नागरिकता हामीले संविधानबाट प्राप्त गर्न सफल भएका छौं । तर अहिलेको अवस्थामा प्राप्त उपलब्धि कार्यान्वयन गराउनु उत्तिकै चुनौतिपूर्ण छ । उपलब्धिको रक्षा गर्दै बांकी अधिकारका लागि एनआरएनले विशेष भूमिका खेल्नुपर्ने छ । यस अभियानलाई बिशेष रुपमा अगाडी बढाउने योजनाको थालनी गर्नेछु ।

मेरो कार्यकालमा यी कुरा हुनेछ :

– एनआरएनका सदस्यलाई कार्ड बनाइ विभिन्न पसल, रेस्टुरेन्ट तथा अन्य व्यवसायिक छुटका लागि गरिएको अभियानलाई प्राथमिकताको साथ अगाडि बढाउने छु ।

– एनआरएन कोषको व्यवस्था गरी पञ्जीकृत सदस्यलाई सम्भव भएसम्म आपतकालमा सहयोगको व्यवस्था गर्ने ।

– स्वास्थ्य, शिक्षा, ट्राफिक ब्यवस्थापन, कन्स्ट्रक्सन, फुड तथा अन्य थुप्रै विधाका ज्ञाताको सुझाव र सल्लाहअनुसार दूताबाससंग समन्वय गरी नेपालमा विशेष स्किल ट्रान्सफर कार्यक्रम सञ्चालनमा ल्याउने ।

– बेलायतमा रहेका बौद्धिकवर्गलाई एनआरएन यूकेप्रति आकर्षण गर्ने कार्यक्रम ल्याउने छु । उहांहरुको सुझाव सल्लाहले एनआरएनलाई अगाडि बढाउने वातावरण सिर्जना गर्नेछु ।

– बेलायतस्थित सबै संघ संस्थाहरुसंग समन्वय गरेर कार्य गर्ने ब्यवस्थाको रचनात्मक ढांचा तयार गरि सबै संस्थाको अपनत्व एनआरएनमा दिलाउने गरि संस्थाको विकास गर्न विशेष भूमिका खेल्ने छु ।

– बेलायतबासी नेपालीसंग एनआरएनए यूके भन्ने विशेष कार्यक्रमको थालनी गरि एनआरएनए यूकेमा धेरै भन्दा धेरै नेपालीहरुको सहभागिता गराई सबै नेपालीहरुमा मेरो एन आर एन हो भन्ने आत्मीयताको बिकास गर्न विशेष भूमिका खेल्ने छु ।

– एनआरएनए यूकेको सम्पूर्ण गतिविधिलाई जनमानसमा पारदर्शी ढंगले बाहिर ल्याउने छु ।

– नेपाली बालबालिकाको आवश्यकता र रुचीलाई ध्यानमा राखी अभिभावकले आफ्नो बालबालिकाका लागि नेपाली भाषा कक्षा, संगीत र खेलकुदका कार्यक्रम चलाउंदै आउनु भएको छ । यसलाई अझ व्यवस्थित गर्नको लागि एनआरएनए यूकेले विशेष च्यारिटी कार्यक्रम तथा यूके सरकारको स्थानीय सरकारसंग समन्वय गरी आवश्यक रकमको व्यवस्था गर्नुको साथै, नेपाली साना बालबालिकालाई राष्ट्रिय गीतमा भनिएजस्तै एउटै फुलको मालामा गांस्ने प्रयत्न गर्नेछु ।

– युवा भनेको भनेको भोलिको हाम्रो भविष्य निर्धारक हुन् । हरेक युवाको प्रगति र विकाससंग हाम्रो समाज जोडिएको छ । मेरो कार्यकालमा अब नेपाली युवाहरुलाई लक्षित गरि विशेष प्रकारको युवा सशक्तिकरण तथा सिपमुलक अभियानको थालनी गरिनेछ । त्यस्ता अभियान भन्नाले युवाहरुलाई लक्षित तालिम, गोष्ठी तथा सेमिनार आयोजना गरि युवाहरुलाई माथिल्लो तहको काम तथा व्यापारमा प्रत्ष्क्ष फाइदा हुने खालको सरल र अर्थपूर्ण कार्यक्रम रहनेछ ।

– एनआरएन समूदायको नेपालमा लगानी भित्रयाउन तथा सुरक्षित लगानीको ग्यारेन्टी गर्न पहल गर्नेछु ।

– गैरआवासीय नेपाली संघको काठमाण्डौंस्थित एनआरएन भवन, लाप्राक, शंखमुल लगायतका परियोजनालाई मूर्तरुप दिन आवश्य पहल गर्ने छु ।

– भूतपूर्व गोर्खा लगायत गैरआवासीय नेपालीहरुको पूर्णअधिकार सहितको नागरिकताको निरन्तरताको लागि विशेष अभियान सञ्चालन गर्ने छु ।

जीवनी : नेपालको खोटाङ बासपानीका समाजसेवी मणिप्रसाद राईको साईंला छोराको रुपमा मेरो जन्म भएको हो । गाउंकै विद्यालयबाट वि.सं. २०४२ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएं । तत्कालीन परिवेश र परम्पराअनुसार वि.सं. २०४४ (सन् १९८७) सालमा म ब्रिटिश आर्मीमा भर्ना भएं । हङकङमा नै सैन्य तालिम सकें, १८ वर्षसम्म सैनिक सेवाका क्रममा मैले विभिन्न तालिमसंगै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय पदकसमेत प्राप्त गरें ।

ब्रिटिश आर्मीमा सेवारत रहंदा १० वर्ष पिटिआइका रुपमा काम गरें । त्यस अवधिमा अफगानिस्तानमा संयुक्तराष्ट्र संघीय अन्तर्रा्ष्ट्रिय शान्ति सेनाको प्रशिक्षकका रुपमा सेवा गरें । संयुक्त राष्ट्रसंघीय पदक तथा फरक राष्ट्रका सुरक्षाकर्मीसंगको अनुभवलाई अन्य क्षेत्रमा समेत मैले सदुपयोग गरिरहेको छु । १८ वर्ष लामो सैनिक सेवामा रहंदा तेक्वान्दो मुख्य प्रशिक्षकका रुपमा समेत मैले धेरै समय बिताएं । प्रशस्त प्रशिक्षार्थी उत्पादन गरेर मैले जीवनमा अनुशासन र नेतृत्व विकासमा धेरै अध्ययन र अनुभव हासिल गरेको छु ।
अध्ययनलाई जीवनको अभिन्न अंग सम्झी हालै मैले Anglia Ruskin University बाट व्यवस्थापन विषयमा स्नातक उपाधि लिएको छु । यसैगरी सैनिक सेवालाई रोजीरोटीको रुपमा मात्रै होइन, एउटा अवसरको रुपमा लिंदै हङकङ, ब्रुनाई, बेलिज, सियरालियोन, कोसोभो, साइप्रस, जर्मनी, केन्या, अमेरिका, क्यानाडा, फोकल्याण्ड, मेसोडोनिया, इराक, अफगानिस्तान, स्पेन, फ्रान्स, अष्ट्रेलियालगायत दुई दर्जनभन्दा बढि राष्ट्रको भ्रमण गरिसकेको छु ।

जीवनमा धेरै आरोह–अवरोह भोग्दै अगाडी बढ्ने क्रममा मैले सैनिक सेवाबाट अवकाशपश्चात जीवनलाई चार क्षेत्रमा केन्द्रित गरेर अगाडि बढाइरहेको छु ।

१. व्यवसायिक जीवन : व्यवसायिक रुपमा प्राप्त गर्ने सफलता र आत्मविश्वासले मानिसले भावी कार्य दिशा तय गर्दछ । त्यसैलाई मध्यनजर राखेर मैले पनि विभिन्न पेशा व्यवसायमा हात हालें । सैनिक सेवाबाट अवकाशपश्चात बेलायतमै व्यवसाय सुरु गर्दा ब्रिटिशसंग प्रतिस्पर्धा गर्दै नाइट क्लब, बार, रेस्टुरेन्ट व्यवसाय हुंदै ‘इ एन्ड डब्लु’ कम्पनीको प्रवन्ध निर्देशकको रुपमा काम गरें । गोर्खा सेभिङ फाइनान्सको संस्थापक शेयर होल्डर हुं । त्यहींबाट मैले आर्थिक क्षेत्रमा व्यावसायिक जीवन अगाडी बढाएं । व्यक्तिगत प्रगतिसंगै जन्मभूमिप्रति पनि आफ्नो उत्तरदायित्व छ भन्ने कुरालाई महशुस गरेर नेपालमा कृषि, पशुपालन, हाउजिङ्गलगायतका क्षेत्रमा समेत लगानी गरेको छु ।

२. सामाजिक जीवन : समाजसेवी बुवाको पथलाई पछ्याउंदै सुरुदेखि नै म पनि सामाजिक क्षेत्रमा सक्रिय थिएं र अहिले पनि त्यत्तिकै सक्रिय छु । बेलायत तथा जन्मभूमि नेपालमा समेत सेवा पुरयाउने प्रयास जारी छ । स्थानीय ग्रेटर रसमोर कम्युनिटीको संस्थापक खेलकुद प्रबन्धकको रुपमा मेरो संलग्नता थियो । अहिले समाजसेवाको आयामलाई अझ व्यापक बनाउन लागिरहेको छु ।

किरांत राई यायोक्खा बेलायतको संस्थापक सदस्य, खोटाङ समाज यूके, मिशन टु हेल्प नेपाललगायतका संस्थामा सक्रिय रहंदा नेपालमा भूकम्प गएका बेला तत्कालै बेलायतमा नेपाल भूकम्प आपतकालीन अभियानको संयोजक भइ सहयोग रकम तथा सामाग्री संकलन गर्दै नेपाल पठाउने काम गरें ।

झन्डै दश हजार केजी सहयोग सामाग्री कार्गोमार्फत नेपाल पठाउनुका साथै स्थलगत रुपमै रोजिहिरा फाउन्डेशनकी सचिव श्रीमती रोजिना प्रधान राईसमेतको संलग्नतामा सिन्धुपाल्चोकको दुर्गम भेग इचोक क्षेत्रमा पुगी सामाग्रीहरु वितरण गरें । चेञ्ज फर हेल्थ नेपालसंग मिलेर संयुक्त रुपमा स्वास्थ्य सेवा शिविर सञ्चालन, राहत वितरण, एनआरएनए यूके, रोजिहिरा फाउन्डेशन, नेपाल भूकम्प आपतकालीन अभियान यूकेमा रहेर नेतृत्व गरेको क्षण सम्झदा आफूलाई गौरव लाग्छ ।

बुवा मणिप्रसाद राईले बासपानी माध्यामिक विद्यालयलाई निःशुल्क प्रदान गर्नुभएको जग्गामा हाल स्कुल सञ्चालन भएको छ । सर्वसाधारणलाई शिक्षाप्रति अझ आकर्षित गर्न रोजिहिरा फाउन्डेशन स्थापना गरी गरिब असहायहरुको लागि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छु । बालबालिकालाई आवश्यक सहयोग, मुस्कान समाज सेवामार्फत बाढीपीडितलाई सहयोग रकम उपलब्ध गराएको छु ।

‘मिशन टु हेल्प नेपाल’ तथा नर्भिक अस्पतालसंग सहकार्य गरी खोटाङको बाक्सिला क्षेत्रका विभिन्न १५ गाबिसका जनताका स्वास्थ्य जांच एवं उपचारका लागि बृहत स्वास्थ्य शिविरको सञ्चालन कार्यको संयोजन समेत गरेको थिएं । नेपालमा भएको बागमती सरसफाई अभियानमा पनि स्थलगत रुपमै सक्रिय सहभागी भएं ।

नेपाल र ब्रिटेनबीच भएको मैत्रीपूर्ण क्रिकेट खेलको भब्य रुपमा सफल पर्न एनआरएनको तर्फबाट संयोजकको भूमिका निभाएं । खोटाङ सेवा समाज यूकेको पहल र मेरो संलग्नतामा जिल्लामा ७ वटा एम्बुलेन्स पुरयाउन सफल भएका छौं ।

३. गोर्खा अभियान : गोर्खा हुनु आफैंमा गौरवानुभूति छ नै, साथै आफैं गोर्खा हुनुको नाताले पनि गोर्खाको हकहितका लागि सक्रिय रहनु मेरो जिम्मेवारी हो । तसर्थ सन् १९९४ देखि १९९८ सम्म तत्कालीन गेसो अभियानमा सक्रिय भइ गोर्खाको हकहितको लागि लागि रहें । तत्पश्चात सन् २००२ देखि बिजीडब्लुएसको संस्थापक सदस्यको रुपमा सुरुदेखि नै सक्रिय छु । अहिले बेलायतमा गोर्खाको हकहितको लागि भएको सत्याग्रह अभियानमा समेत सक्रिय सहभागिता जनाइरहेकै छु ।

४. एनआरएन अभियान : एनआरएनको स्थापनाकालदेखि सदस्य छु । त्यही बेलादेखि एनआरएन अभियानमा सक्रिय सहभागी बन्दै वर्तमान एनआरएन यूके कार्यसमितिको उपसभापति छु । गोर्खाको जायज मागमा एनआरएनलाई सहभागी गराउने कुरामा मेरो सदैब सक्रिय भूमिका रहयो भन्ने ठान्छु । एकपटकको नेपाली सधैंको नेपाली भन्ने मूल नारालाई आत्मा साथ गर्दै नागरिकताको मुद्दालाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो विशेष भूमिका रहनेछ ।

******************

यस्तै अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका बेलायती नेपाली समाजमा निकै सहयोगी, तथा समाजसेवी वर्तमान आईसीसी सदस्य कृष्ण प्रसाद तिमिल्सिनाले समाजले आफ्नो काम तथा समाज अनि संस्थाप्रतिको लगनलाई ध्यानमा दिएर गैरआवासीय नेपाली संघ, बेलायतको अर्को कार्यकारी चरणको नेतृत्व गर्ने मौका दिनेमा ढुक्क भएको बताउँदछन् । उनले अगस्टमा एक औपचारिक कार्यक्रम गरी आफू सार्वजनिक हुने बताउँदछन् ।

Krishna Timilsina

मेरा आदरणीय जन, प्रियजन, सहकर्मी, शुभेच्छुक :

प्रवास बसाइँको यी १७ बर्षले धेरै सिकायो, धेरै दियो र धेरै भोगियो पनि ! समय बलबान छ । अनेकन आरोह-अबरोह पार गर्दै जिन्दगीको यो घुम्तीमा आई पुगेको छु । थाहा छैन, आगामी बाटो कति सहज छ कि अप्ठ्यारा र पनि कर्तब्यपरायणतामा किन्चित बिचलित न भै यो बाटो तय गर्नु छ ! मलाई लाग्छ – बेलायत बसाईको यस अबधिमा धेरैसंग बाक्लो उठबस गरियो (कतिलाई तितोपिरो पनि बोलियो होला, कतिलाई सहयोग गर्न सकिएन पनि होला तर मैले मेरो आफ्नो बिबेकले भ्याएसम्म कसैको कुभलो चिताईन, यसमा मलाई गर्ब छ ।

परदेशीको मर्म र सम्बृद्धिको लागी बिगत १४ बर्षदेखि हाम्रा अग्रजहरुको सुझबुझपूर्ण सोच र नेतृत्वमा एन आर एन आज यो अवस्थामा छ । हामी सबैले गर्बका साथ भन्न सक्ने भएका छौ म यस गौरबशाली संस्थाको सदस्य हुं भनेर ! भलै गर्न पर्ने थुप्रै कामहरु अझै बांकी छन् । अप्रतक्षरुपमा शुरुवाती दिनदेखि नै यसमा लागिएता पनि जिम्मेवारीको हिसाबले बिगत ९ बर्षदेखि परोक्षरुपमा नेतृत्वदायी भूमिकामा रहें । संधै मेलमिलाप र सहकार्यको लागि मैले कहिल्यै मुल नेतृत्वको दाबी गरिन । संधै मिलाउनकै लागि आफूलाई सहज निकासको प्रमुख पात्र बनाएँ तर अब समय आएछ, धेरै मित्रजन, सहकर्मी, अग्रजहको समेत रायअनुसार म बर्ष २०१७/१९ को लागि NRNA UK को अध्यक्ष पदको दाबेदारी गरेको छु ! मलाई योग्य र उचित सम्झे मतदान गर्नु होला यदि म काबिल रहेनछु भन्ने लागे पनि यस संस्थालाई दीगो र भरपर्दो बनाउन तपाईको सदस्यता अपरिहार्य छ । कृपया सदस्य बन्नको लागि www.nrna.org.np मा गै मान्य हुने फोटो ID, Proof of address र एक प्रति फोटो सहित August 14, 2017 भित्र सदस्यता बनिदिनु हुन सादर अनुरोध गर्दछु !

हार्दिक धन्यबाद सहित,

बिनितः
कृष्ण प्रसाद तिमिल्सिना (NRN UK 2017-2019)
अध्यक्ष पदका प्रत्यासी

******************

Yog Kumar Phagami
(Photo credit: HAB)

फेशबुकको आफ्नो वालमा अध्यक्षको लागि आफ्नो उमेदबारीलाई सार्वजनिक गर्ने वर्तमान उपाध्यक्ष योग कुमार फगामीले केहीपछि औपचारिक रुपमा घोषणा गर्ने बताएका छन् । मगर सँग तथा मोनाबाट प्रशस्तै सहयोग मिल्ने फगामीले तीव्र गतिमा चुनावको प्रचारप्रसार थालिसकेका छन् । फगामीको बारेमा फेशबुकमा ओम बजांगे रोका मगरले लेखेका छन् :

१ : एनआरएन युकेको पूर्ब महासचिव र बर्तमान उपाध्यक्ष,

२ : मगर संघ युकेको पूर्ब महासचिव, वर्तमान बरिष्ठ उपाध्यक्ष,

३ : म्याग्दी प्रवासी समाज यूके (मोना) को पूर्व अध्यक्ष,

४ : बेजिंगस्टोक नेपाली समाजको पूर्ब अध्यक्ष,

५ : Intake 85 को बर्तमान अध्यक्ष र

६ : म्याग्दी बेगखोला समाज यूकेको बर्तमान अध्यक्षलगायत अन्य धेरै संगठनहरुमा पनि उहाँको सहभागिता छ ।

हालसम्म उहाँको अगुवाइ र संयोजकमा थुप्रै राम्रा कामहरू भएका छन् । अहिले सबैकुरा लेखेर साध्य छैन तर आफ्नो समाज र गाउँको लागि गर्नुभएको योगदान नलेखी रहन सक्दैन, जुन यसप्रकार छन् :

१ : म्याग्दी बेगखोला गाबिसमा मोटर बाटो खन्नको लागि उहाँकै संयोजकत्वमा झन्दै १ करोड २० लाख रुपैयाँ रकम संकलन भएको थियो र मोटरको सडक पनि खनी सकिएको ।

२ : उहाँकै अध्यक्षतामा म्याग्दी प्रबासी समाज यूके (MONA) ले म्याग्दी जिल्लालाई ३ वटा एम्बुलेन्स हस्तान्तरण ।
३ : उहाँकै संयोजकत्वमा म्याग्दी प्रबासी समाज यूके (MONA) ले Free WiFi को लागि झण्डै ३० लाख रुपैयाँ संकलन गरेको ।
४ : मगर समाज यूकेको भवन खरिद गर्नको लागि निबर्तमान मगर संघको अध्यक्ष श्री दुत पुनको अध्यक्ष्यतामा भवन खरिदको लागि यौटा संयोजक टिम छुट्टाएको थियो, त्यसभित्र रहेर उहाको पनि उल्लेखनीय भूमिका रहेको ।

उनको फेशबुकमा उनले आफूलाई भोट दिन यसरी आग्रह गरेका छन् ।

यहाँहरु सबैलाई धन्यबाद,

तपाइँहरुको सहयोगले यहाँसम्म उभिएको अवस्था हो र अब एक पटक आआफ्नो ठाउँदेखि के गर्न सक्नुहुन्छ, प्रयास गरिदिनु होला र तपाइँहरुलाई पैचो लगाएको रहेछु भने पैचो तिर्ने समय होला, होइन भने पैचो लगाउनुस्, म अवस्य तिर्ने छु र कम्तीमा पनि प्रचार प्रसारको जरुरी हो र आआफ्नो फेसबुकमा वा साथीलाई यही समाचार दिनु हुन् अनुरोध गर्दछु र यो मेरो अन्तिम प्रयास रहने छ र बिगतमा पनि यहाँहरुले सहयोग नगरेको होइन तर परिस्थितिबस यो मेरो अन्तिम अनुरोध हुने छ र भविस्यमा यूकेको यो माहोलमा मभन्दा सक्षम व्यक्ति हामीले उत्पादन गर्न सक्ने छौं ।

******************

अर्का आफ्नो फेशबुक तथा दैनिक नेपालको अनलाइन एडिसनमार्फत् सार्वजनिक भएका उपाध्यक्ष डासुराम पाण्डेको चर्चा बाहिर खासगरी चुनाव प्रचारप्रसारको लागि सुनिएको छैन ।

Dashu Ram Pandey

‘विगत लामो समयदेखि एनआरएन यूकेको अभियानमा निरन्तर लागिरहेको छु । र, अहिले वर्तमान कार्यसमितिको उपाध्यक्षको रुपमा पनि रहेका कारण मेरो उम्मेदवारी स्वभाविक हो,’ अध्यक्षका उम्मेदवार पाण्डेले दैनिक नेपालसँग भने – ‘मेरा अग्रज, साथीभाई र समाजका अन्य व्यक्तित्वहरुले मलाई जुन खाले सहयोग, सद्भाव र समर्थन जनाउँदै आउनुभएको छ, उहाँहरुकै सल्लाह र सुझाव अनुसार मेलै अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।’ उनले थपे (‘एनआरएन यूकेको नेतृत्व लिँदै कतिपय नमुनायोग्य योजना र कार्यक्रमहरु पूरा गर्ने अठोट पनि लिएको छु । एनआरएन यूकेलाई संसारका अन्य देशको तुलनामा नमुनायोग्य बनाउन सकिन्छ ।’
[Source : http://www.dainiknepal.com/2017/06/247045.html]

******************

पहिलेको जस्तो गरी आफै पैसा हालेर सदस्यता बटुल्ने परिपाटी योपालिदेखि बन्द हुने ठूलो विश्वास राखिएको छ। त्यसको पहिलो कारणचाहिँ सदस्य शुल्क १० पाउण्डबाट बढाएर २५ पाउण्ड बनाइनु हो भने अर्कोचाहिँ अनलाइनपद्धतिबाट सदस्यता वितरण गरिने चलन चलाइनु हो भन्ने मानिएको छ । यद्यपि, गत साल उही १० पाउण्ड शुल्क पनि बढी भयो भनी कार्यसमितिमै सो शुल्क रकम घटाउनका लागि भनिएको थियो तर योपालि, फैशला नबदलिने गरी १० पाउण्डबाट २५ पाउण्ड दर कायम सर्वसहमतिबाट पारित गरिएको बताइएको छ, जसमध्ये १० पाउण्डचाहिँ एनआरएनए भवनको लागि जाने कुरा व्यक्त्याइएको छ । तर पच्चीस पाउण्ड तिरेर बेलायतमा केही देखिएका अनि हामी नै एनआरएनएको अधिकारी हौं भन्नेहरुका लागि खेल खेलिने माध्यम बन्न नचाहनेहरुको समूहहरु तयार हुँदै गरेको पनि जानकारीमा आएका छन् ।

जे र जस्तो कारण तथा योग्यता देखाए पनि योपालि जातीय संस्थाको सहयोगबिना अध्यक्ष पदमा विजय कोही हुन सक्लान् जस्तो देखिएको छैन र यदि जिते पनि तिनलाई अन्यले सजिलै आफ्नो कार्यकारी चरण पार गर्न दिने छैनन् भन्ने घटनाहरुको भुक्तभोगी हुनेहरु सबैले सजिलै अनुमान लगाउन सक्दछन् । गैरआवासीय नेपाली संघ भनेको महासँघ होइन, तर अघोषित रुपमा यस संस्थाले महासंघको अवधारणाको स्वरुप लिँदै गएको बुझिन थालिएको छ । व्यक्तिले नेतृत्व गर्दा समाजमा जातिगत विषमताको अवस्थिति देखिन थालेको थियो तर यो पालिको कार्यसममितिमा त्यस्तो खालका विषमताहरु नदेखिनु वा नसुनिनुमा या त जातिगत आडडेढ लाख नेपाली रहेको यूकेमा संस्थाको नेतृत्वको लागि भोट हाल्नको लागि निम्नतम संख्याको किटानी हुनु जरुरी छ । वर्तमान कार्यसमिति (जसलाई अर्को सफल कार्यकालको रुपमा लिन थालिएको छ) मा साधारण सदस्य संख्या ४,००० रहेको छ । डेढ लाखबाट जम्मा चार हजारले चुन्ने कार्यसमितिले सबैलाई प्रतिनिधित्व गरेको आफैमा अनौठोलाग्दो हुन्छ ।

NRNA UK
(Photo credit: HAB)

एनआरएनको परिचयपत्र बोक्नेहरुले कतिपय पसलहरु, रेष्टुरेन्टहरुमा छुट पाउने क्रमको शुरुवात भइसकेको छ र त्यसलाई अझ प्रभावकारी बनाउने वचनवद्धता प्रत्यासी हिराधन राई राखेको छन् । जबसम्म आम मनमा एनआरएनएको महत्व तथा परिचयले ल्याउने लाभांशको बारेमा सूचित गर्न सकिँदैन, जबसम्म यस संस्थामा लाग्नु भनेको सामाजिक प्रतिष्ठा मात्रै हो भन्ने भान हुन्छ, अनि जबसम्म पैसावालाहरु मात्र होइन, पैसा नहुने तर विद्धता हासिल गर्नेहरुले नेतृत्व दिन खोज्दैनन्, तब संस्थामा सदस्यहरु स्वस्फूर्त रुपमा बढ्ने क्रम आउला भनेर सोँच्न , खासगरी बेलायती परिवेशले दिँदैन । मान्छेहरुलाई खुशी पार्नकै लागि भनेजस्तै गरी पदहरुको सिर्जना गरिनु, कामको भन्दा प्रचारको ज्यादा भोकाहरु संस्थामा भरिँदै जानुले पनि संस्थाप्रति आम मनमा उदासीनता पलाउनु सान्दर्भिक हुन्छ । तथापि हरेक आप्रवासी नेपालीहरु सदस्यता लिएर गैरआवासीय नेपाली संघको साधारण सदस्य नबने तापनि नेपालको कानूनी आधारमा विधिवत गैरआवासीय नेपाली नागरिक हुन्, र हरेक गैरआवासीय नेपालीहरुका मनमा पोखराका विनोद गुरुङ्गको मनमा जस्तै नेपालीपन, आफ्नोपन, आफ्नो अस्तित्वसरह झाङ्गिदो छ ।

– प्रकाश के.सी.

91

सत्ताको उन्मादमा बेलायती गलत राजनैतिक चाल

EEC

हुन त बेलायती परिवेशमा स्वतन्त्रता भन्ने शब्द मात्रैले पनि आम मनमा पीडादायक भाव दिन समर्थ होला । बेलायतले संसारभरिका आफ्नो स्वामित्व तथा अधीनमा रहेका विभिन्न मुलुकहरुलाई स्वतन्त्र गर्दै जानुपरेको वाध्यतालाई कुनै बेलायतीले पनि रमाइलोका साथ नसोँच्लान् तर सन् १९७५ पछि दोस्रोपटक भएको २०१६ को जनमत संग्रहमा देश स्वतन्त्र हुनु वा मुक्त हुनु भनेको कति महत्वपूर्ण रहेछ भन्ने बेलायती जनताका बहुमतले स्पष्ट बुझेको देखिएको छ । ई.ई.सी (युरोपीएन इकोनोमिक कम्युनिटि)बाट मुक्त हुनको लागि सन् १९७५ मा तत्कालीन लेबोर सरकारले पहिलो रेफेरेन्डमा गएको थियो, जहाँ ६४ प्रतिशत बेलायती नागरिकहरुले भोट हालेका थिए । कम्युनिटिमा रहनेको प्रतिशत ६७ थियो भने बाहिरिनेमा ३३ रहेको थियो । सो ई.ई.सी (युरोपीएन इकोनोमिक कम्युनिटि) चौध वर्षपछि युरोपीएन युनियन (ईयू) मा स्थापित भएको थियो ।

Brexit Letter

दोस्रो विश्वयुद्धपछि एकअर्को देशहरुबीच युद्ध नगरी एक आर्थिक संघको रुपमा विस्तारित हुने भनिएको भए तापनि आपसमा तत्काल भइरहेको आपसी युद्धबाट मुक्त हुनुका साथै अन्य मुलुकहरुबाट हुने हमलाबाट बच्नको लागि संगठनको स्थापना भएको थियो । तर कालान्तरमा युनियनको केन्द्रबाट लादिएका सयौं नीति तथा नियममाहरु, सदस्यतामार्फत बुझाउनु पर्ने अरबौं अरब रकमहरु, खुल्ला बोर्डरले गर्दा आप्रवासीहरुबाट मुलुकले व्यहोर्दै भएको समस्याहरुबाट मुक्त हुनको लागि सन् २०१२ को चुनाव जितेर लिवडेमसँगको साझेदारीमा सरकार चलाएका तत्कालीन प्रधानमन्त्री डेबिड क्यामरुनले आफ्नो दोस्रो कार्यकालको लागि भएको सन् २०१५ को चुनावमा आफ्नो पार्टीले चुनाव जिते बेलायतमा दोस्रोपटक युरोपीयन युनियनभित्र रहने वा निस्कने भन्नेमा जनमत संग्रह गर्ने मानिफेस्टोमा जनाएअनुसार २३ जुन, २०१६ मा मुलुक चुनावमा गएको थियो । ७१.८ प्रतिशत मतदाताहरुबाट ५१.९ प्रतिशतले बाहिरिने र ४८.१ प्रतिशतले रहनेमा भोट गरी जनताले, प्रजातान्त्रिक अभ्यासबाट मुलुकलाई औपचारिक रुपमा युरोपीएन युनियनबाट अलग्याउनका लागि सरकारलाई जिम्मा दिएको थियो । ईयू पक्षपाती रहेको तत्कालीन प्रधानमन्त्री क्यामरुनले वाचा गरेजस्तै गरी चुनावमा भएको हारपछि राजीनामा दिएका थिए, र उक्त पदको पूर्ति उनकै क्याविनेटकी गृह मन्त्री रहेकी टेरेसा मेईले गरेकिथिईन् ।

वर्ष दिन बितिसकेको छ । मत संग्रह गर्ने क्रममा डेबिड क्यामरुनसहित लगभग सम्पूर्ण अर्थशास्त्रीहरु, ठूला तथा कहलिएका व्यावसायीहरु, विद्वानहरु, उद्योगपतिहरुलगायत अमेरिकी तत्कालीन राष्ट्रपतिसहित अन्य मुलुकका राजनेताहरुले बेलायतको अर्थतन्त्र ध्वस्त हुन सक्ने विचार व्यक्त गरेका थिए । तिनका अनुसार जनमत संग्रहले अलग हुने परिणाम ल्याए बेलायतको अर्थतन्त्र डामाडोल हुने, घरको मूल्य ह्रास हुने, मुलुक आर्थिक मन्दीमा जाने, बेरोजगारी बढ्ने र सो अवस्थालाई राहत दिनको लागि कोशिस गर्नको लागि आपकालीन बजेट ल्याउने पर्ने धारणा राखेका थिए तर वास्तवमा त्यस्तो भएन । सरकार लगायतकाले सो अवसरमा जनतालाई डराउने काम मात्रै गरेका थिए या अर्थशास्त्रीहरुको पूर्वानुमान सबै फितला थिए । केचाहिँ भयो भने ….. पाउण्डको स्तर डलरसँग १५ प्रतिशतले र युरोसँग १० प्रतिशतले खस्क्यो तर मुलुकको आर्थिक वृद्धिदर सो वर्ष १.८ प्रतिशत रह्यो, जो जर्मनीको पछि थियो । मन्दी २.६ प्रतिशतले वृद्धि भयो भने बेरोजगारी ११ वर्षमा सबैभन्दा कम ४.८ प्रतिशत रह्यो ।

दिन तथा रातहरुमा कुनै परिवर्तन नभएको जस्तै गरी आम बेलायती जनताहरुमाझ बिते । महिनौ बिताएर तलव हातमा पार्नेहरु र प्रतिदिनको आकारमा तलव थाप्नेहरु र तिनलाई बार तथा पवहरुमा उडाउनेहरुका दिनचर्या र आदतमा खासै परिवर्तन आएन । तर स्टक बजारमा भने सयौंको करोडौं पनि डुबे । कतिपय ठूलो मल्टि नेशनल कम्पनीहरुले लण्डनबाट आफ्नो हेडक्वार्टर युरोपतिर सार्ने योजना बनाएको समाचारहरुमा आए । सत्ताधारी कन्जर्भेटिभ पार्टी र विपक्ष लबोर पार्टीमा आन्तरिक राजनीतिहरु सतहीकरण भए । जेरेमी कोर्विनको नेतृत्वमा रहेको लेबोरमा ठूलो हलचलहरु भए । पार्टीभित्र खेमाहरु तयार भए र सँगसँगै जेरेमी कोर्बिनलाई राजीनामा दिनको लागि दबाव दिइन थालियो । जनमत संग्रहमा लेबोर पार्टीका ठूलो संख्या ईयूमा नै रहनेतर्फ भएको तर तिनको सही तथा ओजपूर्ण किसिमले अगुवाइ गर्न नसकेको भन्ने कोर्बिनलाई विशेष दोष दिइएको थियो ।

ईयूको एक बजार नीतिको राम्रो पक्ष एकातिर थियो भने सदस्य राष्ट्रहरुभित्र अर्कोतिर स्वतन्त्र हिँडडुल गर्न पाउने प्रावधान खासगरी बेलायतती परिप्रेक्ष्यमा हानीकारक मानिँदैथियो । बेलायतको वेलफेयर सिस्टमभित्र त्यस्ता अवस्थाहरु थिए, जसलाई सजिलै आफूअनुरुप ढाल्न सकिन्थ्यो र भनिएअनुसार सोही लूपहोलहरुबाट बेलायतमा व्यापक अपचलनहरु गरिएका थिए । साविकको समय तालिकालाई मान्दै र भोग्दै अनि व्यवस्थाअनुसारको अनुवन्धमा बाँधिएर आम जीवन बाँच्ने ठूलो संख्याका जनताहरुले तिर्ने करहरुबाट हाँसिल गरिने सुविधाहरुको युनियनको सोही फ्री मुभमेन्टको नीतिलाई अवलम्वन गरी बेलायतमा सुविधाहरुको अपचलन गर्नेहरु र बेलायतभित्रै लाखौं लाख युरोपेली नागरिकहरुको बसोबासले ठूलो मापनका बेलायती जनताहरुमा भएको असन्तोष नै हुनु पर्दछ, अनगिन्ति गण्यमान्यहरुले देखाएका डरका वावजुद बेलायतको वहुमतले युनियनबाट छुट्टिने निर्णय लियो । साइलेन्ट भोटरहरु नजाँनिँदो किसिमले मुलुकमा असन्तोष रहेको खासगरी तत्कालीन क्यामरुनको सरकारले अडकल लगाउन सकेनन् । जनमत संग्रहपछि मुलुकमा अनुमान गरिएजस्तो आपतकालीनको अवस्था नआए पनि आप्रवासीहरुउपर अचानकै भेदभावका केसहरु दर्जनौं एकपछि अर्को हुँदै घ्दै गए । बेलायतका विभिन्न शहरहरुमा कम्युनिटिमा भाइचारालाई एथावत राख्नको लागि संयुक्त रुपमा जुलुशहरु निकालिए, वक्तव्य तथा प्रेस मन्तव्यहरु दिइए तर पनि एक खाल्डो अनौंठो किसिमले खिँचिएका छन् । मूलधारका समाचारहरुले आफ्नो खबरमा नल्याएका यस्ता दर्जनौं समाचारहरु छन् जसमा खासगरी मुसलमानहरुउपर अनि पोल्याण्डका कम्युनिटिहरुउपर शारीरिक रुपका हमलाहरु पनि गरिएका छन्, त्यसको पछिल्लो समाचार भनेको मुसलमानहरुउपर तेजाव फ्याँकिएका छन् । बेलायतको पछिल्लो चुनावको केहीपछि त फिन्सबरी पार्कमा एक अंग्रेजले मस्तिस्ज्दमा जम्मा भएका भक्तहरुउपर गाडी दौडाएका थिए, जसका एकको मृत्यु हुनुका साथै कैयौं घाइते भएका छन् ।

डेबिड क्यामरुनले आफ्नो दोस्रो चरणको चुनावबाट प्रष्टै बहुमत अर्थात् ३३१ सिट ल्याएका थिए भने सोही चुनावबाट त्यतिखेर स्कटल्याण्ड नेशनल पार्टी(एसएनपी)ले ५९मध्येबाट ५६ सिट ल्याएका थिए र फेरि अर्कोपटक स्वतन्त्र स्कटल्याण्डको लागि जनमत संग्रह गर्नेबारे बारम्बार सो पार्टीकी नेतृ निकोला स्ट्रुजनले समाचारमा भन्दै आएकी थिईन् । स्कटल्याण्डले ईयूसम्वन्धी जनमतमा आफ्नो जनसंख्याको ६२ प्रतिशतबाट ईयूसँग नअलग्गिनेमा मत दिएका थिए, बेलायत ईयूबाट अलग भए तापनि स्कटल्याण्ड सिंगल मार्केटमा ईयूसँग नछुट्टिने बरु बेलायतसँग अलग्गिने आम रुपमा नै एसएनपी सार्वजनिक भइसकेको थियो । सोही बेला नर्दन आयरल्याण्डमा जटिलता थपिँदै थियो । सिन फेइन(रुलिंग कोलिसन पार्टी) नर्दन आयरल्याण्डलाई मुख्यभूमि सिपब्लिक अफ आयरल्याण्डसँग जोड्नको लागि जोड गरिरहेको थियो र छ पनि । लेबोर पार्टीभित्रको आन्तरिक कलहलाई विशेष रुपमा ध्यानमा राखी कन्जर्भेटिभ पार्टी तथा प्रधानमन्त्री टेरेसा मेइले यही ०८ जुनमा हुने गरी अचानकै एक स्न्याप इलेक्सनको घोषणा गरिन् । ब्रेक्जिट(ईयूबाट बेलायत अलग्गिने अवस्था)लाई प्रवल किसिमले स्थापित गर्नको लागि बेलायतसँग एक सशक्त अनि एक ठूलो वहुमतको सरकार चाहिन्छ भन्दै आफू सो चुनाव अत्यावश्यक भएको बताउने प्रधानमन्त्री मेईको सो कदम चारैतिर एक राजनीतिक जुवा अथवा दाउ भएको बताएता पनि सो चलाख चाल भएको पनि उल्लेख गरेका थिए । एक मात्र मुख्य विपक्षमा आफ्नो नेताउपर भइरहेको अविश्वास र ब्रेक्जिटको लागि गर्ने र गरिने मुश्किल पक्षहरुसँग जुध्न सक्ने व्यक्तिमा प्रधानमन्त्री टेरेसा मेई तथा पार्टी कन्जर्भेटिभको विकल्प कतै देखिएको थिएन र पार्टीलाई मजवुत पार्नुका साथै संसदमा वहुमत ल्याउन सो समयजस्तो उपयुक्त समय कहिले नदेखिएको जानकारहरुले पनि समाचार तथा समीक्षाहरुमा बताएका थिए । उक्त चुनावले स्कटल्याण्डमा एसएनपी पार्टीलाई पनि धक्का दिन सकिने गरी त्यहाँ कन्जर्भेटिभहरुको मुभमेन्ट शुरु भइसकेका थिए । तर कन्जर्भेटिभ पार्टी र प्रधानमन्त्री टेरेसा मेईले अपेक्षा गरेजस्तो परिणाम चुनावको नतिजाले ल्याएन । समयको परिवर्तनमा समयले बोक्ने नानाभाँतीका घटनाहरुको रुपले मेईको पोलिटिकल ग्याम्बल, आफैतिर व्याक फायर भयो ।

ब्रेक्जिटसम्वन्धी मुद्दाहरुउपर आधार बनाई हुनसक्ने चुनाव, गत मेको २२ मा आतंककारी आत्मघाती बम ब्लास्ट (जसले २३को ज्यान लिनुका साथै २५०लाई घाइते बनायो) ले मुलुकको आन्तरिक सुरक्षासम्वन्धी मुद्दालाई आधार बनायो । टेरेसा मेई, क्यामरुनको सरकारमा गृहमन्त्री हुँदा पुलिस संख्यामा कटौती गर्नु पर्नेको पक्षपाती रहेकी थिईन्, सो अडानले उनलाई चुनावमा जनतालाई प्रभाव पार्न सकिनन्, त्यसमा थप उर्जा दियो, गत जुन ०३ मा लण्डनमा भएको आतंककारी हमला जसबाट आठको ज्यान जानुको साथै दर्जनौंलाई घाइते बनायो । नपत्याउँदो गरी कहिल्यै हार नमार्ने प्रवृतिका जेरेमी कोर्विनले निक्कै प्रभावशाली क्याम्पेन गरेर मुलुकमा धेरैपछि लेबोर पार्टीको तर्फ एक मुभमेन्ट नै ल्याए । परिमाणतः कन्जर्भेटिभले आफ्नो १३ सिट गुमायो भने लेबोरले थप ३२ सिट हासिल गर्न सफल भयो, त्यसको सम्पूर्ण श्रेय कोर्विनलाई जान्थ्यो । उता एसएनपीले अनुमान गरेजस्तो १९ सिट गुमायो, जहाँ स्थानीय कन्जर्भेटिभले राम्रो स्थिति पायो ।

आर्टिकल पचास जसले युनियनका कुनै सदस्य राष्ट्रले युनियनबाट अलग हुनका लागि गर्नुपर्ने प्रावधानहरुको व्याख्या गर्दछ लाई विधिवत रुपमा यही २९ मार्चमा खोलिसकिएको छ, त्यसको ठीक दुई वर्ष अर्थात् २९ मार्च २०१९ बेलायत स्वतन्त्र हुनेछ । यस दुई वर्षमा पूरा गर्न नै नसकिने किसिमका यस्ता समस्याहरु छन् कि जसको बारेमा कहिल्यै कल्पना नै गरिएका थिएनन् । आयरल्याण्ड युनियनको सदस्य राष्ट्र हो, जोसँग खुल्ला साँध भएको बेलायतको एक राज्य नर्दन आयरल्याण्ड रहेको छ । लण्डन हमलाका एक आतंककारी उतैको नागरिक थिए । बेलायत छिर्न सकिने अहिले सजिलो द्वार भएको छ आयरल्याण्ड । अपार भौगोलिक सीमालाई पक्का गर्न लगभग मुश्किल छ एकातिर भने द डेमोक्रेटिक युनिएनिस्ट पार्टीको १० सिट लिएर सरकारमा साझेदारी गर्न वाध्य भएकी टेरेसा मेईलाई ब्रेक्जिटको लागि संसदमा पहिलेको भन्दा धेरै ज्यादा व्यवधानहरु आइपर्ने पक्का छ भने, बेलायतलाई संयुक्त राख्न पनि निक्कै नै मुश्किल हुने स्पष्टै देखिएको छ । त्यसको माथि आन्तरिक रुपमा समुदायहरुबीच भेदभावले गर्दा उत्पन्न हुने वैमनष्यताले पार्ने खाडल र अव्यवस्थित अवस्थाहरुले धेरै ठूलो समस्या दिनसक्ने अनुमान गर्न सकिन्छ । पाउण्डको स्तर खस्किरहेको छ एकातिर भने युनियनसँग ट्रेड डिल गर्न सक्ने अवस्था नाजुक बन्दै गएको छ ।

सत्ताको उन्मादमा आफ्नै राम्रै वहुमतको अवस्था गुमाउनुका साथै प्रष्ट योजनाको अभावमा ब्रेक्जिटले बेलायतलाई नै निक्कै कमजोर र तरल राष्ट्रको रुपमा धकेल्दै जाँदै गरेको सर्वत्र चर्चा छ ।

-प्रकाश के.सी.

53