www.merouk.com

[निवन्ध] हराएर फेरि हराउँदैं
-डम्बर गुरुङ, 15 वर्षअघि, सन् 1995, December 19 गते । त्यति बेलाको उमेरगत अवस्थालाई विचार गर्दा म आफूलाई युवा भन्न रुचाउँछु । भनिन्छ नि, यो अवस्था भनेको मना खाएर मुरी अर्जाउने उमेर हो । यही उमेरवास्थामा म तत्कालीन शाही नेपाल वायु सेवा निगमको हवाइ जहाजबाट विश्वको एक व्यस्त शहर मध्येको हङ्गकङ्गको Kai Tak अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेको थिएँ, थुप्रै योजनाहरुका साथ एक अघोषित लाहुरे बनेर । त्यसबेला मलाई के कुराको हेक्का थिएन भने म पनि हाम्रो सामाजिक लाहुरे संस्कारलाई निरन्तरता दिँदै छु । मलाई मेरो मष्तिष्कको चेतना, अर्धचेतना र अवचेतना कुनै एक तहले पनि त्यस किसिमको चेतावनिको संकेत दिएन कि ” अब तिमी बिस्तारै आफ्नो गाउँ-ठाउँबाट र सिंगै देशबाट हराउने छौ ।” हुन त मैले आफ्नो जीवनमै पहिलो पटक जहाज चढ्नुअघि र चार घण्टाको काठमाडौं हङ्गकङ्गको हावाइ यात्राभरि ‘एक वर्षपछि नेपाल र्फकने, अधुरो रहेको अध्ययनलाई पूरा गर्ने, परिवारको आर्थिक खाडललाई सके पुरेर सम्म नै बनाइदिने’ जस्ता यावत सोंच तथा योजना एक सफल योजनाकारले झैं नबनाएको होइन, तर विदेशको वास्तविक परिस्थितिको सामना गर्न भने मैले आफूलाई मानसिक रुपमा तयार बनाएको रहेनछु ।

हङ्गकङ्गको Kai Tak विमानस्थलमा जब ओर्लेको मात्र के थिएँ, म तीन छक, तीन दङ्ग परें । त्यहाँको फराकिला सडक अनि त्यसमा द्रूत गतिमा कुदिरहेका अनगिन्ति सवारीका साधनहरु, पुलमाथि पुल, रातलाई दिउँसोझैं बनाइदिने बिजुलीका उज्याला, व्यवस्थित सरसफाइ, आकाशलाई नै छुन्छु भनेझैं ठडिएका अग्ला भवनहरु र त्यसमुनि जमीनभित्र-भित्रै वेग गतिमा कुद्ने भूमिगत रेल आदि । हङ्गकङ्ग जस्तो एउटा सानो टापुले गरेको यो अदभूत विकासलाई देखेर एक पटक मेरो मन अमिलो भई कुँडियो । आफ्नो देशको दूरावास्थालाई सम्झेर । अनि आफैले आफैसँग सोधें, ‘संसार कहाँबाट कहाँ पुगिसकेछ, हामी अझै कहाँ छौं ?’ हुन पनि हो, मना खाएर मुरी आर्जन गर्ने मजस्ता युवाहरु देशको परिस्थिति अनि सामाजिक संस्कारले गर्दा पाखुरामा बल भरिन थालेपछि बिदेशतिर ओइरिन्छ भने देश त जहींको तहीं रहने नै भयो ।

हङ्गकङ्ग अगमनपश्चात् त्यहाँको दैनिक जीवनमा समाहित हुने क्रममा भर्खरै बन्दै गरेको Chek Lap Kok अन्तर्राष्ट्रिय विमानस्थलमा एक साधारण निर्माण कामदारको पङ्क्तिमा म आफूलाई पनि उभ्याएँ । नेपालमा लिई टोपलिएको योग्यता, शीप तथा अनुभवलाई आफैमा बन्धक बनाएर आत्म सन्तुष्टिको श्वास फेर्दै भन्ने गर्थे, ‘वर्ष दिनपछि नेपाल गइन्छ र त्यतै केही गरी बसिन्छ ।’ यस्तै यस्तै । दिन बित्दै महिना पुग्यो, महिना बित्दै एक वर्ष, दुर्इ वर्ष पुग्यो । तर अँहँ, मेरो नेपाल र्फकने दिन आएन । सायद बिदेशतिर भास्सिएपछि अरुलाई पनि यस्तै हुँदो हो । मेरा सोंचहरु, मैले बनाएका योजनाहरु मेरो आफ्नै मष्तिष्कको खाली पानाहरुमा छरपष्ट भई लथालिङ्ग हुन थाले । त्यसपछि पो मैले बल्ल सोंच्न थालेँ ‘विदेशतिर हराउन थालेपछि र त्यसमा पनि पारिवारिक व्यवहारिकतामा बाँधिएर त्यसको वास्तविक परिस्थितिहरुलाई बाध्यतावश आत्मसात गर्नु पर्ने क्रममा ‘यो गर्छु, ऊ गर्छु’ भनेर बनाइएका योजनाहरु केवल योजना मात्र हुने रहेछन् । मैले यस्तै बुझें । बुझ्दै छु र त्यो सानो टापुको 7 मिलियन मान्छेहरुको भीडहरुमा हराउन थालें । निर्माण कामदार भएर मैले थालेको मेरो लाहुरे इतिहास विमानस्थलको निर्माणपश्चात् पनि निर्माण कामदारमै सीमित रहँदै कहिले दैनिक HK$ 300.00 मा त कहिले June/July को 38/40 डिग्रीको तापक्रममा दैनिक HK $ 450.00 मा Bar Bender/ Steel Fixer भई पसिनाले अरु कसैको माटोलाई सिंचित गरिरहें । हङ्गकङ्ग बसाइको अन्ततिर भने मासिक HK $ 10000.00 मा गोर्खा सुरक्षा गार्ड भई दैनिक बाह्रा घण्टा उभिइयो ।

एक वर्षपछि र्फकने योजनाका साथ लाहुरे बनेको यो पन्ध्र वर्षको अन्तरालमा मुस्किलले जम्मा चार पटक नेपाल फर्कियो, त्यो पनि काम विशेषले र छोटो अवधिको लागि अधिकतम् तीन हप्ता । यो चार पटकको फर्काइमा आफ्नो परिवार तथा नजिकको इष्टमित्रहरुलाई भेट्नु सिवाय न त आफ्नो पूर्व सहपाठीहरु वा सहकम्रीहरुसँग न भेट्न सकियो न त सम्पर्कमा नै रहन सकियो । उनीहरुबाट त म आजपर्यन्त हराइरहेकै छु । यी बिडम्वित फर्काइहरुमा मैले मेरो मष्तिष्कमा बनाएर असरल्ल भएका योजनाका फाइलहरुलाई कार्यान्वयन गर्नु त धेरै परको कुरा भयो । त्यति मात्र होइन, त्यही जन्मेर हुर्केका आफ्ना सन्ततिहरुलाई आफ्नो बाउबाजेको पुर्ख्यौली थातथलोसँग परिचित रहन र भाषा, संस्कृति तथा परम्परा हस्तान्तरण गराउन पनि खासै सिन्का भाँच्न सकिएको छैन । साँच्चै, यो थकथकीले बेलाबखत मन बिजाइरहन्छ ।

यसरी देशको लागि, माटोको लागि एक सन्ततिले गर्नु पर्ने कुनै पनि एक कर्तव्य तथा दायित्व पूरा नगरी हङ्गकङ्गको सात मिलियन मान्छेहरुको भीडहरुमा हराउँदा-हराउँदै झन् अब म विगत एक वर्षदेखि भौगोलिक रुपमा धेरै माइल टाढा, अर्कै महादेश, भिन्न हावापानी, भिन्नै सामाजिक संरचना तथा चलन चल्ती भएको देश बेलायतको झन्डै साठी मिलियन मान्छेहरुको भीडहरुमा हराउँदै छु । हङ्गकङ्गमा रहँदा त नेपाल नै फर्कनु पर्ने भई परिआएमा पनि चार घण्टाको हवाइ यात्रा काफी थियो । कहिलेकाँहि रेल तथा बसमा देखिने तथा भेटिने नेपाली अनुहार, तिनको भाषा, काममा हुने आफ्नै नेपाली दाजुभाइहरुसँगको उठबस, बजारतिर भौंतारिँदा कहिलेकाँहि वर्षौंसम्म नभेटिएको साथीभाइहरुसँगको जम्काभेट, नेपालबाट प्रकाशित भई आइपुग्ने कान्तिपुर, हिमाल, नेपाल जस्ता दैनिक, साप्ताहिक तथा पाक्षिक पत्रपत्रिका, नेपाली खाद्य सामंग्रीको उपलब्धता आदिले गर्दा खासै छिनछिनमा आफू कतै हराएको महशुस हुँदैनथ्यो । अझ यसो भनौं Home sick हुँदैनथ्यो । तर यहाँ फरक किसिमको जीवन शैलीले हो वा नयाँ ठाउँको नयाँ अनुभव, नयाँ बसाइमा व्यवस्थित हुन समय लाग्ने भएर हो वा भूबनोटको हिसाबले यो बेलायत धेरै ठूलो अनि टाढा-टाढा छरिएर बसेको नेपाली बस्तीहरुले हो, यहाँ म आफूलाई अलि बढी हराइरहेको महशुस गरिरहेको छु । यहाँ म मात्र नभएर मसँग रहेको मेरो भाषा, धर्म तथा संस्कृति अझ यसो भनौं, पहिचान पनि मसँगै हराउँदै छन् । परिवर्तनशील समयको मागले गर्दा मैले अब यो पनि अनुमान गरेको छु म पछिको मेरो दुर्इ/तीन पुस्ताको सन्ततिहरु म जन्मेको गाउँ-ठाउँ, पुर्ख्यौली थातथलो, देश, मैले बोल्ने गरेको आवाज, मैले गर्ने गरेको संस्कार, रीतिरिवाजबाट पूर्ण रुपमा हराउने छन् । उनीहरुसँग केवल ‘गैरआवासीय नेपाली’ भन्ने कृतिम छाप मात्र रहने छ । यसरी एक ठाउँबाट अर्को ठाउँ हुँदै आफू र आफ्नो पहिचानलाई अरु कसैको माटोमा समर्पण गर्दै हाम्रो सामाजिक लाहुरे संस्कारको जाँतोमा म अनि म जस्तै थुप्रै ‘म’ हरु हराएर फेरि हराउँदै छन् सधैं-सधैंलाई ।

-अल्डरसट, यू.के.

चाकुधारी अपराधीलाई १२०३ वर्षको जेल सजाएँ
लण्डन / लङ्ग बिच, क्यालिफोर्नियाका एकजना ४५ वर्षीय अपराधीलाई सन् २००८मा चोरी, डकैती र क्रमबद्ध रुपमा विशेष गरी महिलाहरुलाई लक्षित गरेर बक्सा काट्ने छुराले घाँटी रेटेर आतंक मचाएको थियो ।  त्यस अपराधीलाई अदालतले ४३३ वर्ष र त्यसमाथि थप एक्काईसवटा आजीवन कारावासको जेल सजाएँ दिएको समाचार प्रकाशमा आएको छ ।  उसलाई बक्सा कटुवा छुरी बोक्ने अपराधी भनेर स्थानीयवासीहरुले चिन्दछन् । जेल सजाएँको कूल अवधि ४३३ वर्ष र एक्काईसवटा आजीवन कारावास मिलाउँदा १२०३ वर्ष रहेको हिसाब समाचारमा प्रकाश गरेका छन् ।

चार्ल्स जुआन प्रोक्टर नाम गरेको अपराधीलाई २२वटा सांघातिक अपराधमा दोषी पाइएको थियो ।  प्रोक्टरलाई ६वटा डकैतीमा मुख्य गरेर महिलाहरुलाई आफ्नो व्यावसायिक काममा एक्लै व्यस्त भएको बेला लक्षित गरी आफ्नो शिकार बनाएको प्रमाणित भएको छ । वकिलहकाअनुसार त्यस अपराधीले महिलाहरुलाई बक्सा काट्ने छुराको टुप्पो घाँटीमा तेर्स्याएर तर्साउँदै लु्ट्ने गर्दथे । दुर्इजना महिलालाई लुट्न खोज्दा प्रतिकारमा ती महिलाहरु अपराधीसँग लडेका थिए र ती दुबैजनालाई छुराले घाटी रेटेर घाइते बनाइएको थियो जसमा एकजना छुराको गहिरो घाउबाट मृत्यु हुँदा-हुँदै बचेकी थिईन् । घाइते भएकी एकजना महिला, साइदा उरियोर्टकाअनुसार त्यस घटनाको सम्झना मात्रले बेला बेलामा आफूलाई झस्को आउने र त्रासित अनुभूति हुने कुरा व्यक्त गरेकी छिन् । ती महिलाको बयानको एउटा अंश हिजो सोमबार डिपुटि डिस्ट्रिक्ट एटोर्नी, क्यारोन रोजले पढेर अदालतमा सुनाएकी थिईन् – “जतिपल्ट म ऐनामा आफ्नो अनुहार हेर्छु, मलाई त्यो भयानक घटनाको सम्झनाले सताउँछ” । अर्की घाइते भएकी महिलाले त्यस घट्नापछि आफूले राम्रो काम गर्न नसकेकी र आफ्नो दिनचर्यामा गहिरो प्रभाव परेको भनेर बताएकीछिन् । लङ्ग बिच सुपरिअर कोर्टका न्यायधीश फेरारीले अपराधीलाई सजाएँ सुनाउँदा, “तिमी एकजना ह्रिंस्रक र खतारनाक मान्छे हौ, तिम्रो अपराधमा पीडितहरुलाई तिमीले चरम नीचताको पाराकाष्ठ दर्शायौ र ती महिलाहरुलाई तिमी जुन व्यावहार गर्‍यौ त्यो बिलकुलै क्षमायोग्य छैन । तिमीलाई लङ्ग बिच र हवाइयान गार्डेनको कुनै बाटोमा हिँड्ने अधिकार छैन, वास्तवमा तिमीलाई यो देशको कुनै पनि बाटोमा हिँड्ने अधिकार छैन” भनेर सजाएँ सुनाएका थिए । श्रोत – नेट, सुमल, मेस ।

किक बक्सिङ हान्ने ड्रागनको अवशेष भेटियो
लण्डन । खृष्टियन् धर्मावलम्बीहरुका किंवदन्तीअनुसार उहिले एउटा ड्रागनले (चीनियाँहरुले पुज्ने एक प्रकारको प्राणी जसले मुखबाट आगो वर्षाउने सिंहको जस्तो दाह्रा भएको मुख, ठूला-ठूला आँखाहरु, लामो लामो जुँगा र लाम्चो सर्पाकारको शरीर) हालको रोमानिया राज्यमा सेन्ट जर्जको पालामा त्यहाँका जनताहरुलाई आतंक फैलाएको उल्लेख गरेको छ । यो किंवदन्ती सेन्ट जर्जसँग गाँसिएको छ ।

हालै वैज्ञनिकहरुले रोमानियामा उहिले उल्लेख गरेजस्तै प्राणीको अवशेष प्रमाणस्वरुप प्राप्त भएको समाचार प्रकाशमा आएको छ ।  प्राप्त कंकाललाई अनुसन्धान गरेर वैज्ञनिकहरुले आज भन्दा ८ करोड वर्षपहिले रोमानीया र वरिपरिका क्षेत्रमा त्यस जीवले आतंक फैलाएको निर्क्यौल गरेका छन् । त्यो जीव खतरनाक मांसाहारी डायनोसर प्र्रजातिको थियो भन्ने वैज्ञनिकहरुको मत छ । २ मीटरभन्दा (७ फिट) अग्लो यस प्राणीलाई रोमानियावासीहरुले बलौर वान्डोक अर्थात् मोटो ड्रागन नामाकरण गरेका छन् । यो डायनोसारको खुट्टामा दुइटा तेज धारिलो कैंची जस्तो पञ्जाहरु अवशेषमा भेटिएका छन् । आफ्नो शिकारलाई यही धारिलो पञ्जाको प्रहारले चिरफार गरेर मार्ने यस प्राणीमा शक्ति थियो भनेर वैज्ञानिकहरुले जनाएका छन् । यो प्राणी तीव्र गतिमा दौड्न सक्ने थिएन, तर, खुट्टाहरु छोटो भए तापनि अत्यन्तै शक्तिशाली थिए । शरीर भारी भएकोले शिकारलाई लात्तीले प्रहार गरेर धारिलो छूराजस्तो पञ्जाले हुरुक्कै पार्थ्यो ।

जुरासिक पार्क फिल्मको स्टार डायनोसार जस्तै यस प्राणीको वजन बढी भएकोले हिँड्दा जमीन कम्पन हुने थियो । आफ्नो वजनभन्दा ठूलो प्राणीलाई मार्नसक्ने क्षमता यस डायनोसारमा थियो भन्ने कुरा वैज्ञानिकहरुले अनुसन्धानबाट अडकल गरेका छन् । कोलम्बिया युनिभर्सिटीका अनुसन्धानकर्ता स्टेफेन् ब्रुसेटले, “यसको शारीरिक बनोट भारी भएको कारणले गर्दा यस प्राणीले अन्य जन्तुहरुभन्दा भिन्न तरिकाले आक्रमण गर्दथ्यो ।

सम्भाव्यतः यसले दगुरेर आक्रमण गर्नुको सट्टा किक बक्सरले जस्तै लात्तीले हानेर शिकार गर्ने गर्दथ्यो” भनेर उद्घृत गरेका छन् । पहिले बाढी आएर समथल भएको भूभाग, मध्य रोमानियाको सेबेस नामक शहरमा अहिले भेट्टाएको बलौर नामक डायनोसारको शरीरका आंशिक भागहरु प्राप्त भएको समाचारमा प्रकाश पारेका छन् । श्रोत – नेट, सुमल, मेस ।

क्रिकेट श्रृखलाबाट पाकिस्तानी खेलाडी निस्कासित
लन्डन । इङ्गल्यान्डमा जारी क्रिकेट श्रृखलाका बाँकी खेलका लागि म्याच फिक्सिङको आरोप लागेका पाकिस्तानी खेलाडी सलमान बट, मोहमद आमेर र मोहमद आसिफलाई टोलीबाट निकालिएको छ । म्याच फिक्सिङ विवादको केन्द्रमा रहेका तीनै खेलाडी इङ्गल्यान्डको भ्रमण टोलीबाट निकालिएको टीम म्यानेजर यावर सइदले बताएका छन् । तर उनले ती खेलाडीलाई निलम्बन नगरिएको बताए ।

तीनै जना पाकिस्तानी खेलाडी अहिले लन्डनमा रहेका छन् । उनीले बेलायतस्थित पाकिस्तानी उच्चायुक्तलाई भेट्ने कार्यक्रम रहेको छ । सो वैठकमा पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्षमा इजाज बट पनि संलग्न हुने अपेक्षा गरिएको छ । सइदले २०-२० टोलीमा १३ खेलाडी मात्रै रहने एक दिवसीयमा टोलीमा भने तीन खेलाडीले प्रतिस्थापन हुने बताए। -मेस

आयल निगम पूर्व महाप्रबन्धकले २ करोड भ्रष्टाचार
काठमान्डौं । नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक मदनराज शर्माले करिब २ करोड रुपैयाँ बराबर भ्रष्टाचार गरेको विशेष अदालत, काठमाडौंले फैसला सुनाएको छ। आजको उक्त फैसलामा १ वर्ष कैद र २ करोड २ लाख ४१ हजार ८४ रुपैयाँ र १६ पैसा बराबरको सम्पत्ति जफतसमेत हुने उल्लेख छ।

विशेष अदालतले सुनाएको फैसलामा भनिएको छ – ‘प्रतिवादीको आय र सम्पत्तिको हिसाव किताव गर्दा प्रतिवादी मदनराज शर्मा, निजकी पत्नी रुपा ढुङ्गेल र छोरी प्रिति ढुङ्गेल (भण्डारी) समेतका नाममा चलअचल गरी रु.३,१६,७९,१९३।२३ बराबरको सम्पत्ति रहेको उल्लेख गर्दै, त्यसमध्ये रु.१,१४,३८,१०९।३३ बराबरको सम्पत्ति वैध स्रोत खुलेको र रु.२,०२,४१,०८४।१६ बराबरको वैध स्रोत नखुलेको सम्पत्ति रहे भएको देखिन आयो।’

फैसलाले भनेको छ – ‘सो ठहरेकाले निज प्रतिवादी मदनराज शर्मालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (२) बमोजिम कैद वर्ष १ (एक) र विगोबमोजिम जरिवाना भई बिगो दुई करोड दुई लाख एकचालीस हजार चौरासी रुपैयाँ र सोह्र पैसा बराबरको सम्पत्ति जफतसमेत हुन्छ।’

फैसला गर्ने इजलासका अध्यक्ष गौरीबहादुर कार्की थिए भने सदस्यमा ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे थिए। -मेस, काठमान्डौं

राजनीतिक गतिरोध नेताहरूका निम्ति घातक
काठमान्डौं । नेपालमा अहिलेको अवस्था लामो समयसम्म रहेमा त्यसले दलहरूप्रति जनविश्वास घटाउने र त्यो नेताहरूका निम्ति घातक हुनसक्ने भएकाले शीघ्र समस्या समाधान गर्न आफ्नो पार्टी गम्भीर रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएकाछन। संसदीय पत्रकार समाजका पदाधिकारीहरूसँग आज बिहान आफ्नै निवासमा भएको भेटमा उनले नेपाली काँग्रेसले उम्मेदवारी फिर्ता नलिनु र नेकपा (एमाले) तटस्थ बस्नु नै अहिलेको प्रमुख बाधा भएको बताए। दलहरूबीच राष्ट्रिय सहमति भएमा आफ्नो उम्मेदवारी फिर्ता हुने उनले बताए।

दाहालले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि आफ्नो पार्टीले जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्। ‘भदौ २० सम्ममा अहिलेको प्रक्रियाबाट वा सहमतिमा गएर सरकार गठनको प्रयास गर्ने तथा त्यस्तो स्थिति नभएमा पार्टीको चालू केन्द्रीय समितिको बैठकले राजनीतिक गतिरोध अन्त्यका लागि आवश्यक निर्णय गर्नेछ।’ अध्यक्ष दाहालले बताए।

संविधानसभाको निर्वाचनपछि मुलुकलाई गणतन्त्रमा लैजाने सर्तमा आफूहरूले बहुमतीय प्रणाली रोजेको जानकारी दिँदै अध्यक्ष दाहालले पाँचपटकसम्म निर्वाचनमा जाने मनस्थितिमा आफूहरू पहिलेदेखि नै नरहेको प्रस्ट गरे। उनले सहमतिका लागि नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाललाई लिखितरूपमा सहयोग गर्ने प्रतिबद्धता निर्वाचनअगावै आफ्नो पार्टीले गरेको स्मरण गराए। प्रधानमन्त्रीका लागि एकीकृत नेकपा (माओवादी) मरिहत्ते गरिरहेको भनी फैलाइएको हल्ला निराधार भएको उनले बताए। -मेस, काठमान्डौं

संघीय लिम्बुवान राज्यपरिषद हङकङको गोलमेच
हङकङ । संघीयता, स्वायत्तता, समावेशी अभियान दीगो शान्ति, समृद्धि, अरुण – सप्तकोशी पूर्व लिम्बुवान १ भन्ने मूल नाराको साथ मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङले “नौं जिल्ला सहितको स्वायत्त लिम्बुवानस ऐक्यवद्धताको आव्हान” शीर्षकमा वृहत गोलमेच सम्मेलन कार्यक्रम सम्पन्न गरको छ । २२ अगष्ट आइतवारको दिन याउमातेइ कम्युनिटि हलमा सम्पन्न उक्त कार्यक्रममा परिषदको प्रवास कार्य समितिका अध्यक्ष नबराज काम्बाङ्गको सभापतित्वमा भएको थियो भने परिषदका उपाध्यक्ष विष्णु इङ्नामले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । सो कार्यक्रमको सञ्चालन परिषद हङकङका सचिब श्याम इङ्नामले गरेका थिए । अतिथिहरु जनजाति महासंघ हङकङका अध्यक्ष एम. बी. थापा र किरात राई यायोख्खा हङकङका अध्यक्ष किशन राईबाट अरुण – सप्तकोशी नदी पूर्वको नौवटा जिल्लाहरु भएको लिम्बुवानप्रति ऐक्यवद्धतासहित समर्थन जनाएका थिए । जनजाति महांसंघका भू.पू. अध्यक्ष तथा सनराइज साप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङले नौं जिल्ला सहितको लिम्बुवानको लागि लिम्बुवानवादी दलहरुले रणनीतिक तयारी गर्नु अब जरुरी भएको बताए । त्यस्तै किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष कृष्ण लावतीले भने -नेपाल चुम्लुङ र हङकङ चुम्लुङको मुख्य अवधारणा नै ऐतिहासिकताको आधारमा आत्मानिर्णय अधिकार सहितको नौं जिल्ला भएको लिम्बुवान हो र सो नैं कायम हुनुपर्दछ । उनले अगाडि, त्यसको लागि चुम्लुङ लिम्बुवान जनजागरणको लागि सहयोग गर्न सधै तत्पर रहने कुरा बताए ।

त्यस्तै लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष जे.बी.ओख्राबुले नेपालको समसामयिक राजनीति बारेमा बोले । नौं जिल्ला सहितको लिम्बुवानको लागि एकात्मकवादीहरुवाट केही चुनौती रहेको कुरा बताए । संघीय लिम्बुवान राज्य परिषद हङकङका वरिष्ठ सल्लाहकार प्रदीप कन्दङवाले नौं जिल्ला सहितको लिम्बुवान भएमा मात्र लिम्बुवान पूर्ण रुपले समृद्ध हुने र ऐतिहासिक लिम्बुवानको सम्मान हुने कुरा व्यक्त गरे । त्यस्तै लिम्बू बुद्धिजिवी टंक चोङवाङले ऐतिहासिक नौं जिल्ला सहितको लिम्बुवानको लागि ऐतिहासिक प्रमाणहरुको लिखित वूँदाहरु कार्यपत्रको रुपमा पेश गरेका थिए । त्यस्तै संघीय लिम्बुवान राज्य परिषदको भात्रृ संगठन संघीय लिम्बुवान भू.पू. गोर्खा सैनिक तथा प्रहरी परिषद हङकङ अध्यक्ष मन प्रसाद आङ्देम्वेले नौं जिल्ला सहितको लिम्बुवान प्राप्तिको लागि एकीकृत आन्दोलन गर्नु पर्ने र समयको क्रमसँगै लिम्बुवान स्वायत्त राज्यको पनि अब पालो आएको हो भने ।

कार्यक्रमको अन्त्यमा सभापति नवराज काम्बाङ्गले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नौं जिल्ला समेटिएको आत्मनिर्णय अधिकार सहितको लिम्बुवान स्वयत्त राज्य भएमा मात्र ऐतिहासिक लिम्बुवान हुने, ऐतिहासिक भूमिको सम्मान हुने र झापा, मोरङ्ग र सुनसरी लिम्बुवानको लागि औद्योगिक केन्द्र र आर्थिक केन्द्र हुने भएकोले सो भूभाग लिम्बुवानको अभिन्न अंग हो र त्यसलाई जसरी भए पनि लिम्बुवानमा नैं पार्नु पर्दछ भने । कुनै पार्टी वा संगठनले ऐतिहासिक लिम्बुवानको भूगोललाई टुक्रयाएर वा अपुरो लिम्बुवानलाई स्वीकार गरेमा भोलि लिम्बुवानको नयाँ इतिहासमा सो समूह वा पार्टी कालो धब्वाको रुपमा हुने, ऐतिहासिक लिम्बुवानको कलङ्क हुने कुरा व्यक्त गरे । अरुण -सप्तकोशी नदी पूर्वको नौं वटा जिल्ला सहितको लिम्बुवानको लागि त्यहाँ वसोवास गरेका र थातथलो खुलेका आदिवासीहरुको इलाका स्वायत्तताको ब्यवस्था गरिने र लिम्बुवान सवैको साझा लिम्बुवानको रुपमा बिकास गरिनेछ, उनले अगाडि भने । सो नौं जिल्ला सहितको स्वायत्त लिम्बुवान राज्यको लागि मिशन जेएमएस “झापा, मोरङ्ग, सुनसरी” र मिशन डीएस “धनकुटा र संखुवासभा”लाई दीर्घकालीन रणनीतिको रुपमा विकास गर्न अहिलेदेखि नै सकृय रुपमा र ससक्त रुपमा लाग्नु पर्ने कुरा बताए । नौं जिल्ला सहितको लिम्बुवानको लागि सवै अतिथिहरुबाट ऐक्यबद्धता जाहेर गरेकोमा धन्यवाद टक्रयाउँदै कार्यक्रम सम्पन्न भएको थियो ।

- श्याम इङ्नाम । हङकङ

चौंथो रिडिङ कप सम्पन्न
रिडिङ । हिजो आइतबार, रिडिङस्थित प्रस्पेक्ट पार्कमा एक विशाल भेलाबीच चौंथो रिडिङ कप सम्पन्न भएको छ । भेटेरान ६, मेन ३२ अनि अण्डर सिक्स्टिन १० गरी जम्मा ४८वटा टिमहरुले भाग लिएको सो कपमा दर्शकहरु लगभग चार हजार उपस्थित भएका थिए । सरसफाइ र सुरक्षाको हिसावमा उत्कृष्ट देखिएको सो कार्यक्रममा शौचालयको अनुपलब्धता निक्कै नै खट्केको सबैले महशुस गरेका थिए । बेलुका नेपालीहरुबीचमा केही झगडा भए पनि सुरक्षादलहरुले त्यसलाई लम्बिन नदिई थामथुम पारेका थिए ।

सन् २००१ सालमा गठन भएको यस रिडिङ कपले स्थानीय मूलधारका व्यावसायिक क्लवहरुमा आफ्ना उत्कृष्ठ खेलाडीहरुलाई प्रवेश गराउन सजिलो बन्ने काम गर्दै आएको छ र अहिलेसम्म केही खेलाडीहरुलाई तिनमा प्रवेश गराइसकेको छ ।

प्रेम गुरुङको परिकल्पनामा बनेको यस रिडिङ कपले चार वर्षदेखि निरन्तरता दिँदै आएको छ, जसको अध्यक्षता महेश गुरुङले गरेका छन् । हिजो भएको सो कपमा सशुल्क बसको व्यवस्था पनि गरिएको थियो । प्रतियोगितामा भेटेरानतर्फ फर्स्ट सेकेण्ड जीआर, मेनतर्फ ब्रिग्रेड ब्वाइज र अण्डर सिक्स्टिनतर्फ गोर्खाली भान्जा टिमले विजय हासिल गरेका छन् ।

रिडिङ कपको औपचारिक कार्यक्रममा राजदूत डा. सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्य रहेको थियो भने, रिडिङ मेयर गुल खानको विशेष आतिथ्य र एनआरएन यूके अध्यक्ष सूर्य गुरुङ, तमू धिं यूकेका अध्यक्ष सुवास गुरुङ आदि अतिथिहरु रहेका थिए । कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना विभिन्न वक्ताहरुले बोल्ने क्रममा गरेका थिए ।-याम, मेरो सम्वाददाता, तस्वीर सहित

वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।

‘वीरताको चिनो’को प्रदर्शन हुँदै
लण्डन । वर्ल्ड वाइड मुभी मेकर्स  प़ालिको प्रस्तुति दोस्रो चलचित्र  बीरताको चिनो, यही आउँदो सेप्टेम्बर ५ बाट यूकेको विविन्न शहरमा  प्रदर्शन् हुन लाग्दै छ । यसअघि यो चलचित्र भर्खर मात्र अस्ट्रेलियामा पनि प्रदर्शन भयो, शंकर घिमिरेको निर्माण र निर्देशनमा बनेको यो चलचित्र नेपालमा तिहारमा ‘अल नेपाल’ एकसाथ प्रदर्शनमा आउने छ ।  जिन्दगी नै मोज-मस्तीमा बिताउनु पर्छ, रमाइलो गर्नु पर्छ, एकबार को जुनीमा जे मन लाग्यो त्यही  गर्नु पर्छ, आफ्नो लागि सोच्ने हो, देशकालागि को सोच्छ ? भन्ने युवाहरु, पछि गएर कुनै एउटा  कारणले कसरी आफ्नो देशको लागि ज्यान दिन्छन् ? वास्तवमा हामी सम्पूर्ण नेपालीहरु वीरको सन्तान, बीरताको चिनो हो भन्ने कुरालाई यो चलचित्र मा देखाउन खोजिएको छ ।

सुरेश अधिकारीको संगीत रहेको बीरताको चिनोका गीतहरु एकदमै राम्रो छ । बिराज भट्, रीचा घिमिरे, सुमन सिंह, कल्याण घिमिरे, रन्जना सापकोटा, सुशील पोखरेल, रामकृष्ण बजगाई, बिष्णु सापकोटा, किशोर भण्डारी, धुर्ब दत्त र साथमा नव प्रस्तुतिमा बेलायतमा रहँदै आएका स्थानीय कलाकार सन्तोष विश्वकर्माको अभिनय रहेको एस चलचित्रको शो-मा चर्चित नायिका रिचा घिमिरे पनि हुनेछिन् र साथमा उनका श्रीमान अर्थात् यस चलचित्रका निर्माता र निर्देशक शंकर घिमिरे पनि संगै हुने छन् । नायिका रिचा घिमिरे यसपालिको तीज आफ्नो बिवाह पछिको पहिलो तीज बीरताको चिनोको शोसंगै यूकेबासी नेपाली दिदी वहिनीहरुसंग मनाउने भएकी छिन् ।  यूकेका लगभग थुप्रै शहरहरुमा बीरता को चिनो प्रदर्श्न हुने छ, यस चलचित्रमा श्याम सुवेदी, श्याम कार्कीको पनि लगानी  रहेको छ ।-नेस, लण्डन

बलात्कारीको कुकुर खेदाइ गरेर पक्डाउ
लण्डन । बेलायती ३ जना महिला पर्यटकहरुलाई ग्रीकको होलिडे आइल्याण्डमा बलात्कार गरेको बलात्कारीलाई ऊ लुकेर बसेको पहाडी क्षेत्रीय जंगलबाट ६ दिनसम्म खोजी गरेर गिरफ्तार गरेको समाचार प्रकाशमा आएको छ । ३८ वर्षीय बलात्कारी डिमिट्रिज असपायटीसले ४ जना महिलाहरु, १७ वर्षदेखि ४७ वर्षसम्मकालाई बलात्कार गरेर कर्फ्युको घना जंगलमा, जुन ठाउँको उसलाई बढी ज्ञान थियो त्यस ठाउँमा भागेर लुकेको थियो । ४ जना मध्ये तीनजना बेलायती महिला पर्यटकहरु थिए । त्यस बलात्कारीलाई बि्रटिश र ग्रीक प्रहरीहरुको संयुक्त दस्ताले चारैतिरबाट भाग्ने ठाउँहरु नाकाबन्दी गरेर खाना, पिउन र उसित कसैलाई भेट्नबाट वंचित गरेर खेद्दै खोजेका थिए र अन्तमा उसलाई गिरफ्तार गरिएको थियो ।  कर्फ्युको प्रहरी प्रमुख यीओटीश थियोकारीसले जनाए अनुसार “एउटा जंगली कुकुर जसलाई त्यस ठाउँको बारेमा बढी ज्ञान थियो, त्यसलाई गिरफ्तार गर्न हाम सफल भयौं” भनेर जनाएका छन् । वनमान्छे भनेर चिनिने त्यो व्यक्ति आफ्नो बाबाआमा, भाइबहिनीसँग पशु बस्ने खोर जस्तो ठाउँमा बस्दै आएको थियो ।  त्यस परिवारको स्थाइ बस्ने ठेगाना थिएन र एकदमै गरिबीमा जीवन निर्वाह गर्दै आएका थिए । जंगलमा उसलाई देखेपछि प्रहरीले यातना दिने डरले त्यस व्यक्तिको आमाले मिडियामार्फत उसलाई पक्डाउ गरेको थियो । गिरफ्तार भएपछि त्यस व्यक्तिले पहिले घर गएर नुहाउने अनुमति मागेको थियो ।  ६ दिनसम्म जंगलमा भोकै बसेर केही नखाएकोले उसले प्रहरी हिरासतमा जानुभन्दा पहिले घर जाने अनुमति मागेको थियो ।  मिडियामार्फत उसले बेलायती महिलाहरुलाई बलात्कार तथा तिनीहरुलाई चोट पुर्याएकोमा माफी मागेको छ । अदालतमा उपस्थित भएर, “म र मेरा परिवार पशुसरी जीवन बिताउँदै आएका छौं । मेरो अतीतले गर्दा मैले कतै जागीर पाउन सकिनँ र समाजले मलाई बहिष्कार गरेको छ, हाम्रो बस्ने कुनै ठेगान छैन र जीविकाको लागि केही गर्न सक्ने स्थिति छैन । मलाई थाहा छ कुनै महिलाले मलाई स्वीकार गर्दैनन् त्यसकारण मैले आफ्नो यौन चाहाना पूरा गर्नलाई बलात्कार र डकैती गर्ने तरिका अपनाएको हुँ” भनेर न्यायधीशलाई बयान दिएको छ । अर्को महिनामा त्यस व्यक्तिको सुनवाइ हुँदैछ । श्रोत – नेट, सुमल, मेस ।