बाढी पीडितका लागि अार्थिक सहयाेग जुटाउन दूतावास अग्रसर

189

लण्डन । बेलायतका लागि नेपाली दूतावासमा हिजाे एक अाकस्मिक बैठक बसी नेपालमा बाढी तथा पहिराेबाट भएकाे जनधनकाे क्षतिमा अार्थिक सहयाेग जुटाउनका लागि बेलायतस्थित नेपाली संघसंस्थाहरुका साथमा दूतावास तत्पर भएकाे छ ।
नेपालमा हालै गएकाे वाढीपहिराे र डुबानका कारण प्राकृतिक विपत्तिमा परेका पीडित परिवारजनहरुलार्इ राहत उपलब्ध गराउने सम्वन्धमा भएकाे साे छलफललार्इ राजदूत डा दुर्गाबहादुर सुवेदीले अायाेजना गरेका थिए । साेही बैठकमा डा सुवेदीले संयुक्त अधिराज्यमा नेपालीहरुद्वारा सञ्चालित संघ संस्था र समाजहरुद्वारा पीडित परिवारजनहरुलार्इ उपलब्ध भइरहेकाे स्वतस्फूर्त र स्वैक्षिक सहयाेगका लागि धन्यवाद व्यक्त गर्दै विभिन्न संघ संस्था र समाजद्वारा संगठित रुपमा यथाशीघ्र थप सहयाेग उपलब्ध गराउने सम्वन्धमा भएकाे छ ।
यसै सम्वन्धमा दूतावासले प्रेस विज्ञप्ति प्रकाशित गरी अगाडि भनेकाे छ…..

प्राकृतिक विपत्तिकाे यस घडीमा नेपाल सरकारबाट भइरहेकाे राहत खाेज र उद्धार कार्यहरुका सम्वन्धमा प्रकाश पारिएकाे उक्त वैठकमा नेपाल सरकारकाे मिति २०७४४३१काे सूचना र मिति २०७४५२काे प्रेस विज्ञप्तिवमाेजिम श्री प्रधानमन्त्री दैबी प्रकाेप उद्धार काेषमा संलग्न सूची वमाेजिमका वैंकहरुमा सीधै रकम जम्मा गर्न सकिने तथा वस्तुगत सहयाेगसमेत उपलब्ध गराउन सकिने व्यहाेरा जानकारी गराइयाे ।

यसरी वाढिपीडित परिवारहरुलार्इ बेलायतका विभिन्न संघसंस्था र समाजहरुबाट प्राप्त हुने सहायता सम्वन्धमा अावश्यक समन्वय गर्ने कार्यका लागि दूतावासका उपनियाेग प्रमुख शरदराज अारनलार्इ संयाेजक ताेकिएकाे जानकारी साेही बैठकमा गराइएकाे थियाे ।

Top
000webhost logo