Day: २० श्रावण, २०७७

मंगलबार-१२१५-जना-नेपाल-आए,-५६-जना-विदेशिए

मंगलबार १२१५ जना नेपाल आए, ५६ जना विदेशिए

२० साउन, काठमाडौं । त्रिभुवन विमानस्थलमा मंगलबार १२ अन्तराष्ट्रिय उडान-अवतरण सम्पन्न भए । मंगलबार कुल १२१५ जना यात्रु काठमाडौं अवतरण गरे । ५६ जना यात्रु भने विदेश उडेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मंगलबार हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट १५३ जना नेपालीलाई स्वदेश फर्काएको छ । सोही कम्पनीको जहाजले दोहाबाट १५३ जनालाई काठमाडौं ल्याएको छ । …

मंगलबार १२१५ जना नेपाल आए, ५६ जना विदेशिए Read More »

स्याङ्जामा-लापरवाही-:-थुनावालाई-परीक्षण-नगरी-छोड्दा-स्थानीयमा-संक्रमण

स्याङ्जामा लापरवाही : थुनावालाई परीक्षण नगरी छोड्दा स्थानीयमा संक्रमण

२० साउन, पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा साउन ४ गते तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान बढाउँदै थियो । यहीबीचमा केही प्रहरीमा रुघाखोकी जस्तो लक्षण देखिए । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा साउन ६ गते ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भयो । प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि …

स्याङ्जामा लापरवाही : थुनावालाई परीक्षण नगरी छोड्दा स्थानीयमा संक्रमण Read More »

प्रत्येक-प्रदेशमा-तत्काल-१-लाख-पीसीआर-टेस्ट-गर्न-देउवाको-सुझाव

प्रत्येक प्रदेशमा तत्काल १ लाख पीसीआर टेस्ट गर्न देउवाको सुझाव

२० साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्न सरकारलाई आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्रीले बोलाएको विज्ञसँगको छलफलमा प्रतिपक्षी दलका नेताको रुपमा सहभागी देउवाले सरकारलाई ७ बुँदे सुझाव दिँदै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्ने बन्दोबस्त मिलाउन सुझाव …

प्रत्येक प्रदेशमा तत्काल १ लाख पीसीआर टेस्ट गर्न देउवाको सुझाव Read More »

ठेक्का-लागेको-झोलुंगे-पुल-समयमा-नबन्दा-तुइनबाट-खसिन्-फूलमाया

ठेक्का लागेको झोलुंगे पुल समयमा नबन्दा तुइनबाट खसिन् फूलमाया

२० साउन, पोखरा । २०७२ सालको असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्रमा देशलाई तुइनमुक्त बनाउने घोषणा गरे । सरकारको योजनाअनुसार लमजुङको दोर्दी गाउँपालिका कीर्तिपुरवेशी र सरानचोकवेशीका दुईवटा तुइन हटाएर झोलुंगे पुल हालियो । ३ वर्षअघि कीर्तिपुरवेशी र सरानचोकवेशीको तुइन हटाउँदा माझखर्क गाउँ र कर्पीवेशी जोड्न भने तुइन बनिरहेको थियो। दोर्दी–७ को माझखर्कबेसीमा जलकन्या देवीको …

ठेक्का लागेको झोलुंगे पुल समयमा नबन्दा तुइनबाट खसिन् फूलमाया Read More »

बलात्कारको-आरोपमा-वडाध्यक्ष-पक्राउ

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

२० साउन, गोरखा । चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ । ‘बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ,’ एसपी सुरेन्द्र बहादुर गुरुङले भने, …

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ Read More »

आज-गाईजात्रा-पर्व-मनाइँदै,-काठमाडौं-उपत्यकामा-सार्वजनिक-विदा

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

२० साउन, काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर सुरु हुँदैछ । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका …

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा Read More »

जेलबाट-भाग्यो-लागु-औषध-अपराधी-बिरालो

जेलबाट भाग्यो लागु औषध अपराधी बिरालो

काठमाडौं । लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा जेलमा रहेको एउटा बिरालोले जेलब्रेक गरेर भागेको छ । श्रीलंकाको एक मुख्य जेलमा थुनिएको उक्त बिरालो सोमबार भागेको हो । सो बिरालो लागु औषध र मोबाइल फोनका सिमकार्ड तस्करीको प्रयास गर्दागर्दै पक्राउ परेको थियो । सुरक्षा अधिकारीहरुले श्रीलंकाको वेलिकाडा जेलमा गत शनिवार सो बिरालोलाई सिमकार्ड,  » पुरा समाचार …

जेलबाट भाग्यो लागु औषध अपराधी बिरालो Read More »

एप्पलविरुद्ध-चिनियाँ-कम्पनीले-हाल्यो-मुद्दा,-डेढ-खर्ब-क्षतिपूर्ति-माग

एप्पलविरुद्ध चिनियाँ कम्पनीले हाल्यो मुद्दा, डेढ खर्ब क्षतिपूर्ति माग

काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी शांघाइ झिझेन इन्टेलिजेन्ट नेटवर्क टेक्नोलोजीले विश्वकै सबैभन्दा ठूलो कम्पनी एप्पलविरुद्ध झण्डै डेढ अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ । एप्पलले आफ्ना पेटेन्ट अधिकार चोरी गरेको आरोप लगाउँदै चिनियाँ कम्पनीले एप्पलविरुद्ध मुद्दा हालेको हो । सिआओ आई नामले समेत चिनिने उक्त चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले एप्पलद्वारा आफ्ना …

एप्पलविरुद्ध चिनियाँ कम्पनीले हाल्यो मुद्दा, डेढ खर्ब क्षतिपूर्ति माग Read More »

सकियो-हिमालय-रोडिज-सिजन-३

सकियो हिमालय रोडिज सिजन-३

१९ असार, काठमाडौं । यामाहा एफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन ३-ब्लड, स्वेट र टियर्सले आफ्नो यस सिजनको विजेताको घोषणा गरेको छ । सन् २०१९ डिसेम्बर १६बाट शुरु भएको योरियालिटी शोले १८ औं शृँखलामा आएर आफ्नो विजेता प्राप्त गरेको छ । यसपटक हिमालय रोडिजको ताज पहिरिन सफल भएका छन् रोडि सुजन सुवेदी । सुजन ग्याङ्गग्रीन …

सकियो हिमालय रोडिज सिजन-३ Read More »