१ चैत, काठमाडौं । सरस्वती प्रतीक्षा शुरुमा कविका रुपमा परिचिति थिइन् । २०७४ सालमा ‘नथिया’ उपन्यास प्रकाशनपछि उनलाई आख्यानकारका रुपमा हेर्न थालियो ।
वादी समुदायमाथि लेखिएको नथिया चर्चित र विवादित पनि बन्यो । उपन्यासकै कारण प्रतीक्षाविरुद्व अदालतमा मुद्दासमेत पर्यो ।
अघिल्लो साता सरस्वतीले ‘राष्ट्रिय कलाश्री युवा पुरस्कार’ पाइन् ।
पोखरा बसेर साहित्यमा सक्रिय प्रतीक्षासँग अनलाइनखबरका लागि निर्भीकजंग रायमाझीले गरेको कुराकानी ।
‘बजारमा ननिस्किएको एउटा किताब’ भन्ने कविता छ,