३ चैत, काठमाडौं । कालोबजारी गरेको अभियोगमा बरामद भएका मास्कहरु सरकारले साझा औषधि पसलबाट बेच्ने तयारी गरेको छ ।
कोरोना भाइरसको जोखिम बढेसँगै मास्कको माग बढ्दो छ । तर चीनबाट आपूर्ति रोकिएको छ भने भएका मास्कमा कालोबजारी भइरहेको छ । ४/५ रुपैयाँमा पाइने मास्कलाई ५० रुपैयाँसम्म लिन थालेपछि प्रहरीले सर्च अपरेसन चलाएर बरामद गर्न थालेको छ ।
तर बरामद भएका मास्क गोदाममा थन्किएका छन् । किनकी यसमा पक्राउ परेकाहरुलाई कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अनुसार मुद्दा चलाइनछ र मुद्दाको टुंगो नगिसकेपछि मा जफत गरिएका वस्तु सरकारबाट बिक्री गर्न सकिने ऐनमा उल्लेख छ ।
यो पनि पढ्नुहोस
गोदाममा थन्कियो प्रहरीले नियन्त्रणमा लिएको अढाइ लाख मास्क !