प्रदेश-२-को-नामाकरण-र-राजधानी-तोक्न-मतदान-शुरू,-सात-पटक-मतदान-हुने

४ चैत, जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न निर्वाचन शुरू भएको छ । पहिलो मतदान सभामुख सरोजकुमार यादवले गरेका छन् । नाम र राजधानीसम्बन्धी विभिन्‍न प्रस्तावमा सात पटक निर्वाचन हुने भएको छ ।

नामाकरणका लागि चार पटक र राजधानी तोक्न तीन पटक गरी सात पटक निर्वाचन हुन लागेको हो ।

विभिन्न राजनीतिक दलका सांसदले दर्ता गरेको प्रस्ताव नाम अनुसार छुट्टाछुट्टै मतदानमा लैजाने सभामुख यादवले जानकारी दिए । उनले सबै नाममा हुन्छ कि हुन्नमा रेजा चिह्न लगाएर सांसदले मतदान गर्ने बताए ।

प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता गरिएको छ । सत्तारूढ समाजवादी र राजपाले मधेस,

 » पुरा समाचार पढ्नुहोस