६ चैत, वीरगञ्ज । पछिल्लो समय चर्किँदै गएको घामको प्रवाह नगरी वीरगञ्ज छपकैयाकी सञ्जुदवी ग्यासको लाइनमा बसेको भेटिइन् ।
छपकैयाबाट ग्यास लिनका लागि उनी पानीट्याङ्की आएकी थिइन् । नियमित ग्यास लिने पसलका सञ्चालकले ग्यास छैन भनेपछि उनी बिहीबार बिहान १० बजेदेखि नै पानीट्याङकी स्थित एक डिलर अगाडी लाइनमा बसेकी थिइन् ।
‘सँधै लिने ठाउँमा ग्यास छैन भने वरपर रहेका अन्य पसलमा सोध्दा पनि उस्तै जवाफ आयो,