विश्वभरका धनी मानिसले औसत मानिसले जसरी सोच्दैनन् । लामो समयसम्म अत्यधिक सम्पत्तिको व्यवस्थापन गर्नु निकै कठिन काम हो । सामान्य मनस्थिति भएका मानिसबाट यो काम सम्भव हुँदैन ।
केही मानिसले अचानक धेरै सम्पत्ति पाएपछि त्यसलाई लामो समयसम्म बचाएर राख्न सक्दैनन् । त्यसमा पनि यस किसिमको मनस्थितिले काम गरेको हुन्छ । धनी मानिसहरुलाई हेर्ने हो भने उनीहरुले त्यति धेरै फरक किसिमको सोच राख्दैनन् ।
सबैभन्दा पहिला आफ्नोबारेमा सोच्नु
कुनै पनि संस्थालाई पैसा दिनुभन्दा पहिला उनीहरु आफ्नोबारेमा सोच्छन् । उनीहरु कस्तो मानिसलाई कुन बेलामा सहयोग गर्ने भन्नेमा निकै सचेत हुन्छन् । उनीहरुले केही गर्छन् भने उनीहरुको केही न केही स्वार्थ त्यसमा जोडिएको हुन्छ । यो कुनै स्वार्थीपना होइन,