भारतबाट-फर्किएका-थप-दुई-जना-अस्पताल-भर्ना

८ चैत्र धनगढी । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशङ्कामा थप दुई जनालाई कञ्चनपुरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको छ । शनिवार भारतबाट नेपाल भित्रिएका २ जनामा उच्च ज्वरो देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो ।

दुबै गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । सीमा नाकामा परीक्षणका क्रममा ज्वरो उच्च देखिएपछि दुवै जनालाई महाकाली अस्पतालमा भर्ना गरिएको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकृष्ण श्रेष्ठले बताए । उनीहरुको खकारको नमुना सङ्कलन गरेर पठाइएको जानकारी दिए ।

‘हामीले धनगढी पठाएका छौँ । धनगढीबाट काठमाडौँ पठाइन्छ’ उनले भने,

 » पुरा समाचार पढ्नुहोस