नेपाल-प्रवेश-गर्ने-भारतीयलाई-पनि-क्वारेन्टाइनमा-राखिने

९ चैत, वीरगञ्ज । वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिने भएको छ ।

नेपाली नागरिकहरुका हकमा होम क्वारेन्टाइनमा बस्ने सहमति गरेर छाडिनेछ । कहाँबाट आएको हो, कुन स्थानीय तहमा के-का लागि जाने लगायतका विवरण लिएर होम क्वारेन्टाइनमा बस्ने सहमति लिएर छोडिने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । ‘सेल्फ क्वारेन्टाइनमा बस्नेहरुको विवरण लिएर पठाउँछौैं,’ सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने ।

उनीहरुको विवरण सम्बन्धित स्थानीय तहमा पठाएर अनुगमन गर्न भनिने उनले बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको जिल्ला सुुरक्षा समितिको बैठकले वीरगञ्ज–रक्सौल बाहेकका सबै नाका बन्द गर्ने निर्णय पनि गरेको छ । बैठकले शंकराचार्य गेटस्थित हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने,

 » पुरा समाचार पढ्नुहोस