भारतबाट-आएकाहरु-क्वारेन्टाइनबाट-भागे

१० चैत, नेपालगञ्ज । भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्‍वारेन्टाइनबाट ‘भागेका’ छन् ।

जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको थियो । सीमा नाकामा यात्रु आवागमन रोक्ने समय १० बजेभन्दा पहिले नाकामा आइपुगेकालाई उनीहरुको ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको थियो ।

तर र एउटै कोठामा ३०/३५ जना राखेको भन्दै उनीहरुले असन्तुष्टि जनाए । कि आफूहरुलाई घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भन्दै विरोध गरेका उनीहरु सानो संख्यामा रहेका सुरक्षाकर्मीलाई अटेर गर्दै भागेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर जबराले पनि क्वारेन्टाइनमा राखिएकाहरु भागेको पुष्टि गरेका छन् । उनले भने,

 » पुरा समाचार पढ्नुहोस