१२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस रोकथामका लागि घरमै बस्न अपिल गरेकी छन् ।
बुधबार एक सन्देश जारी गर्दै उनले घरमै बसेर सरकारले जारी गरेको निर्देशन र आचारसंहिता पालना गर्न अपिल गरेकी हुन् ।
‘यस परिवेशमा वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर राख्दै हरेक नागरिकले सरकारका आधिकारिक निकायहरुले जारी गरेका निर्देशन एवं आचारसंहिताहरु पालना गर्दै घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न म हार्दिक आह्वान गर्न चाहन्छु’ राष्ट्रपतिले भनेकी छन् ।
उनले लकडाउनको अवधिमा घरमै बस्नुपरेको अवस्थालाई सिर्जनात्मक,