संक्रमण-फैलिने-भन्दै-सिसडोलबासीले-रोके-काठमाडौंको-फोहोर

१४ चैत, काठमाडौं । फोहोरका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नुवाकोटको सिसडोलका वासिन्दाले काठमाडौंको फोहोर फाल्न अवरोध गरेका छन् ।

अवरोधपछि काठमाडौं महानगरपालिकाले दुई दिनदेखि सडकबाट फोहोर उठाउन सकेको छैन ।

सिसडोलका बासिन्दाले लकडाउनको अवधिभर फोहोर लिएर नआउन काठमाडौं महानगरपालिकालाई चेतावनी दिएका छन् । स्थानीयले फोहोरका कारण आफ्नो क्षेत्रमा पनि कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै त्यसलाई न्युनीकरण गर्ने गरी ढुवानी गरेमात्रै फोहोर फाल्न दिने अडान राखेका छन् ।

काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले स्थानीयको माग अनुसार आठ ठाउँमा हात धुने प्रयोजनमा लागि ट्यांकी राखिएको बताए । ती ठाउँमा सावुन पानी र मास्कसमेत वितरण गरिएको उनले बताएका छन् ।

तर स्थानीयले बिहान ८ बजेभित्र फोहोर खन्याएर गाडी फर्किसक्नुपर्ने माग राखेका छन् । ‘ल्यान्डफिल्डसाइटमा लाइटिङको व्यवस्था छैन,

 » पुरा समाचार पढ्नुहोस