१६ चैत,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध सरकारले देश र जनतालाई जोगाउनका लागि गरिरहेको प्रयासमा साथ दिन सबैमा अपिल गरेका छन् ।
लकडाउनका कारण घरमै बसिरहेका महासचिव पौडेलले आइतबार भिडियो सन्देश जारी गरी अत्यावश्यक कामबाहेक घरमै बस्न र संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका आग्रह र सूचना पालना गर्न समेत आग्रह गरेका छन् ।
महासचिव पौडेलले यसबीचमा हवाई तथा स्थलमार्ग हुँदै भारत लगायत तेस्रो मुलुकबाट आएका सर्वसाधारणलाई आफैं क्वारेन्टाइनमा बस्न,