नारायणी-अस्पतालमा-२०-बेडको-आइसोलेसन-वार्ड-थपिँदै

१९ चैत, वीरगञ्ज । कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा २४ घण्टाभित्र २० बेडको आइसोलेसन वार्ड बनाइने भएको छ ।

केन्द्र र प्रदेश सरकारले अस्पताललाई कुनै किसिमको सहयोग नगरेपछि स्थानीय स्तरमै सहयोग संकलन गरेर २० बेडको वार्ड बनाउन लागिएको हो । यसअघि नारायणी अस्पतालले ५ बेडको आइसोलेसन वार्ड तयार गरेको थियो ।

पीपीई लगायतका अन्य सुरक्षा र उपचारका सामाग्री नभएको भन्दै निजी अस्पतालले कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीलाई समेत भर्ना लिन मानिरहेकाे छैन ।

आइसोलेसन वार्ड मात्रै बनाउन ६ लाख लाग्ने र बेडसहितको व्यवस्थापन मिलाउन ९ लाख लाग्ने अनुमान गरिएको छ । वीरगञ्जका दाताहरु आइसोलेसन वार्ड बनाउन सहयोग गर्न तयार भएका छन् । अस्पतालको आकस्मिक कक्षमाथि वार्ड बनाउने काम बुधबारबाटै सुरु गरिएको छ ।
आकस्मिक कक्षको माथिल्लो तल्लामा अहिले ४ वेडको आईसीयू सञ्चालनमा छ भने अगाडी तर्फको भागमा पिलर उठाइएको भएपनि गाह्रो लगाइएको छैन । त्यही खाली ठाउँमा २४ घण्टा भित्र २० वेडको आइसोलेसन वार्ड तयार गरिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.

 » पुरा समाचार पढ्नुहोस