कारोनाविरुद्ध-उपचार-कोषमा-नेपाल-लाइफको-एक-करोड-सहयोग

२१ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड सहयोग गर्ने भएको छ ।

कम्‍पनीको सञ्चालक समितिले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेको प्रतिकूल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत् विविध प्रकारको सहयोग गर्दै आइरहेको बताउँदै यो महामारी रोक्नको लागि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत् नै सो सहयोग गरिएको कम्पनीले जनाएको छ ।

कोभिड-१९ महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम,

 » पुरा समाचार पढ्नुहोस