राहत-पाउने-आशमा-टन्टलापुर-घाममा…

२१ चैत, काठमाडौं । मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीमा शुक्रबार मान्छेहरुको लामो लाइन लाग्यो । जोखिम मोलेरै लाइनमा बस्नु कसैको रहर थिएन । कोरोनाको संक्रमण रोक्न गरिएको लकडाउनका कारण हातमुख जोड्न मुस्किलमा परेका परिवारका सदस्यहरु जोखिमको बेवास्ता गर्दै लाइनमा आएका थिए ।

सरकारले देशभरका गरीब, विपन्न, मजदुर वर्गलाई राहत बाँड्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार सबै स्थानीय तहहरुले लकडाउनबाट प्रभावितहरुको तथ्यांक संकलन गर्दै राहत वितरण गर्दै आएका छन् ।

मध्यपुरथिमी नगरपालिकाको नगर समिति सदस्य सूर्यमान मुस्यानका अनुसार एक नम्बर वडामा करिब ४ सय जना गरिब विपन्नको सूचीमा सूचिकृत भएका छन् । तर शुक्रबार ३ सय जनालाई मात्रै राहत बाँडिएको छ ।

वडानम्बर एकको नसस क्लब अध्यक्षसमेत रहेका मुस्यानले भने,

 » पुरा समाचार पढ्नुहोस