लकडाउन-डायरी-:-निर्धक्क-भएर-हिँड्ने-दिन-कहिले-आउला-!

वसन्त ऋतु । चारैतिर हरियालीको सम्मोहन । खुलेको नीलो आकाश । आकाशको सौन्दर्य निर्खान आएका सेता बादलका बुट्टाहरु । गमलामा फुलिरहेका रङ्गीचङ्गी फूलको मीठो मादकता । शिशिरको कठ्याङ्ग्रिदो कहरलाई छिचोलेका न्याना घामहरु । घामको स्पर्श पाएर रमाइरहेको धर्ती । आहा ! कति रमणीय छ यो मौसम ।

विडम्बना प्रकृतिको यो मनोहारितालाई चोरेको छ कोभिड-१९ नामक नोबेल कोरोना भाइरसले । चीनको वुहान प्रान्तबाट फैलिएको यो जीवाणुले देश महादेशको सीमा नाघिसकेको छ । सागर महासागरका छालहरुमाथि बुर्कुसी मारेर सारा मानव समुदायलाई निरीह सावित गराएको छ । शक्तिशालीहरुको घुँडा टेकाएको छ । संसारलाई नै टक्क रोकाइदिएको छ । विश्वका सात अरब मानिस घरभित्रै थुनिएका छन् ।

आँखाले देख्न नसकिने यो जीवाणुसँग संसार थर्कमान भएको छ । मुसासरी मानव प्राणी दुला दुलामा लुक्न विवश भएका छन् ।

चैत्रको पहिलो सातादेखि घरनजिकैको होलसेल किराना पसलमा ग्राहकको घुँइचो दिन प्रतिदिन बढ्दै थियो । कोरोना भाइरसको समाचार सुन्न थालेको त धेरै समय भइसकेको थियो । चीनबाट इटली फ्रान्स,

 » पुरा समाचार पढ्नुहोस