२४ चैत, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटार बस्ने मन्त्रिपरिषद् बैठकमा अचेल कोरोनाबाट जोगिन ‘सोसियल डिस्ट्यान्सिङ’ का लागि श्वेतपोश टेबलहरु अलि टाढा राखिएका हुन्छन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली कहिलेकाहीँ कडा रूपमा प्रस्तुत हुने गर्छन् । तर, सोमबारको बैठकमा उनी केही प्रफुल्ल भावमा देखिए ।
थोरै एजेन्डा भएका कारण सोमबारको मन्त्रिपरिषद बैठक छोटो समयमा सकियो ।
बैठकले चैत २५ को लकडाउनलाई बैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गर्याे । राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्याे । र,