सुदूरपश्चिममा-विशु-पर्व-:-घरभित्रै-बसेर-सावधानी-अपनाउन-आग्रह

२८ चैत, डोटी  । सुदूरपश्चिमेलीको मौलिक संस्कृतिको रूपमा रहेको ‘विशु’ पर्व घरमै मनाउन स्थानीय सरकारहरूले अनुरोध गरेका छन् ।

डोटीका सायल र बडीकेदार गाउँपालिकाले विज्ञप्ति जारी गर्दै विशु पर्व घरभित्रै मनाउन अनुरोध गरेका हुन् । विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा धुमधामसाथ मनाइने यो पर्व कोरोना भाइरस (कोभिड–१९) का कारण घरभित्रै मात्र मनाउन स्थानीय सरकारहरूले अनुरोध गरेका हुन् ।

शुक्रबार सायल गाउँपालिकाले विज्ञप्ति जारी गर्दै भनेको छ ‘नजिकै आइरहेको विशु पर्व (नयाँ वर्ष २०७७) मा मेला र भेला नगरी घरभित्रै बसेर मनाउनु हुन सबैलाई अनुरोध गरिन्छ । विज्ञप्तिमा अनावश्यक भिडभाड नगर्न र सामाजिक दुरी कायमै राख्न पनि अनुरोध गरिएको छ ।

गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ‘विशु पर्वको बेलामा लकडाउनको पूर्ण रुपमा पालनागरी घरमै बसिदिनुहोला ।’

यस्तै,

 » पुरा समाचार पढ्नुहोस