मुम्बईको-रेल-स्टेशनमा-सडकमा-निस्किए-हजारौं-मानिस

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएको बेला भारतको मुम्बईस्थित बान्द्रा रेलवे स्टेशनमा मंगलबार हजारौा मानिस भेला भएका छन् ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार लकडाउनको कारण रोकिएको रेल सञ्चालन हुने आशामा उनीहरु स्टेशनमा आएका हुन् । मंगलबार जम्मा भएकामध्ये अधिकांश प्रवासी मजदूर छन् ।

उनीहरु अर्को राज्यबाट आउका मानिसहरु थिए । उनीहरु आफ्नो घर जाने अनुमति मागिरहेका थिए ।

स्टेशनमा अत्यधिक संख्यामा मानिसहरु जम्मा भएको सूचना पाएसागै प्रहरीले त्यहाा पुगेर भीड हटाएको छ ।

भीड हटाउन प्रहरीले लाठीचार्ज पनि गरेको थियो । समाचारमा उल्लेख गरिए अनुसार उनीहरुमध्ये धेरैजसो उत्तर प्रदेश र बिहारमा मजदूरहरु थिए । भारतमा यसअघि अपि्रल १४ सम्मको लागि लकडाउनको घोषणा गरिएको थियो । त्यसैले उनीहरु घर जान पाइने आशामा स्टेशनसम्म आएका थिए,

 » पुरा समाचार पढ्नुहोस