२ बैशाख, काठमाडौं । पेप्सीकोलास्थित टाउन प्लानिङमा रहेको सन सिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि मंगलबार दिनभर कन्ट्याक ट्रेसिङ भयो । संक्रमितहरुसँगको उठबसको जरो खोज्दै जाँदा अर्थमन्त्री डा. युवराज खतिवडाका छोराले समेत संक्रमितसँग उठबस गरेको पाइयो ।
अर्थमन्त्री डा. खतिवडाका छोरा, बुहारी र सानी नातिनी सन सिटी अर्पाटमेन्टमै बस्दै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामुहिकरुपमा जमघट नगर्न र घरभित्रै बस्न सम्वोधनमार्फत आग्रह गरेको भोलिपल्टै चैत ८ गते सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि चुनाव भएको थियो ।
करिब अढाइ सय मतदाता सहभागी रहेको सो चुनावमा अर्थमन्त्रीका छोरा तिलक खतिवडा मतदाता मात्र थिएनन्,