२ वैशाख, काठमाडौं । चैत ५ गते बेलायतबाट आएर पेप्सिकोलास्थित सनसिटी अपाटर्मेन्टमा बसिरहेका एकै परिवारका तीनजनाको र्यापिड टेस्ट गर्दा पोजेटिभ आएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरियो । त्यसको भोलिपल्ट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आमा र छोरामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखियो, तर बुहारीको पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएन ।
बिरामीको ट्राभल हिस्ट्री हेर्दा यो संक्रमण आयातित जस्तो देखिन्छ । तर,