एनसेलले-सर्वेक्षणमार्फत-कोरोना-भाइरस-संक्रमित-पहिचान-गर्न-सहयोग-गर्ने

३ वैशाख, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोना भाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्‍याउन बुधबार (वैशाख ३) देखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण सुरु गरेको छ।

यो सर्वेक्षणमा एनसेलका ग्राहक/सर्वेक्षणमा भागलिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोना भाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिति अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन्। प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थासँग मिल्ने सुझावसहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ। हटलाइन नम्बरमा कोरोना भाइरससम्बन्धी चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ।

यदि सर्वेक्षणमा भाग लिएको कोही संक्रमणमा परेको शंकाको वर्गमा देखिए तत्काल स्वास्थ्य परामर्शका लागि एसएमएसमार्फत सुझाव दिइन्छ। यसरी संक्रमणको शंकामा परेकाहरुको विवरण सरकारको सीसीएमसीलाई पनि बुझाइन्छ। सर्वेक्षणमा भाग लिनु पुर्व नै यस सर्वेक्षणको उद्देश्य नेपाल सरकारलाई कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउनु रहेको सूचित गरिन्छ।

‘कोरोना भाइरसविरुद्धको हाम्रो यो सामूहिक लडाइँका साथै देशमा रहेका हाम्रा सबै ग्राहकको सेवा सुनिश्चित राख्न हामी प्रतिवद्ध छौँ। हाम्रो पूर्वाधार र प्लेटफार्म प्रयोग गर्दै ग्राहक माझ ल्याइएको यो सर्वेक्षणले ग्राहकलाई आफूमा कोरोना भाइरसको जोखिम भए-नभएको आफैँ थाहा पाउन मद्दत गर्ने र सरकारलाई यस डाटाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ।’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने ‘यस विपद्को घडीमा हामी सबैले आ-आफ्नो तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ गर्नुपर्छ र हामी आफ्ना एक करोड ७० लाखभन्दा बढी ग्राहकहरु र साझेदारहरुको सुस्वास्थ्यको लागि हामी प्रतिबद्ध छौँ ।’

सीसीएमसीसँग यो सर्वेक्षणको लागि गरिएको सहकार्यसँगै,

 » पुरा समाचार पढ्नुहोस