थानकोटमा-रोकिएका-पैदलयात्रीलाई-बस-चढाएर-गाउँ-पठाइयो

६ वैशाख, काठमाडौं । प्रधानमन्त्रीको निर्देशनपछि थानकोटमा रोकिएका सर्वसाधारणलाई बस चढाएर गन्तव्यतर्फ पठाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीहरूलाई बोलाएर पैदल हिँडेर पनि जान नदिन र कसैले खान नपाए राहतको व्यवस्था गर्न निर्देशन दिएका थिए ।

काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा पैदल हिँडेर गाउँ फर्किन खोजेकाहरूलाई शनिबार थानकोटमा रोकिएको थियो । करिब तीन सयको संख्यामा रहेका उनीहरूलाई बिहान खाना दिइएको थियो ।

साँझपख भने बस चढाएर पठाइएको छ ।

चन्द्रगिरि यातायातको ५ वटा र अन्य व्यवसायीको दुई वटा बसमा उनीहरूलाई पठाइएको हो । पहिलो लटमा बाँके,

 » पुरा समाचार पढ्नुहोस