६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएकी बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेल निको भएर घर फर्किएकी छन् ।
शनिबार उनको रिपोर्ट नेगेटिभ आएपछि धवलागिरि अस्पतालले डिस्चार्ज गरेको हो । उनको तेस्रो र चौथो पटकको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।
बागलुङ नगरपालिका–३ की उनलाई दुई साता होम क्वारेन्टाइनमा बस्न भनिएको छ । ‘उहाँ अझै केही समय होम क्वारेन्टाइनमै बस्नुहुन्छ’ धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.