६ चैत, काठमाडौं । लम्बिँदै गएको लकडाउनकाबीच घर जाने क्रममा समस्यामा परेका मजदुरहरुको उद्धारका लागि सामाजिक सञ्जालमा एसएमएस अभियान चलेको छ । सर्वाेच्च अदालतले शुक्रबार दिएको आदेश कार्यान्वयन गर्दै घर जान लागेका श्रमिकहरुलाई सहजै गन्तव्यमा पुर्याउन दबाब दिने उद्देश्यले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई एसएमएस पठाउने अभियान चलाइएको हो ।
सामाजिक सञ्जालमा पोखरेल र रिमालको मोबाइल नम्बर राखेर सो नम्बरमा ‘बाटामा अलपत्र परेका मजदुरहरुलाई घर पुर्याइदिनुहोस्,