८ वैशाख, काठमाडौं । सिङ्गो मुलुक कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध लडिरहेको बेला सोमबार नेपाली राजनीतिमा ठूलै मच्चिएको छ ।
राजनीतिक दल विभाजन गर्न सहज बनाउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा आएको अध्यादेशले राजनीतिक तरंग त आएको छ नै सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा)को पार्टी एकतामाथि नै संशय उत्पन्न भएको छ ।
सोमबार बिहान मन्त्रिपरिषद् बैठक बस्ने सूचना आउँदासम्म धेरैको अनुमान थियो,