…अब-त-के-बाँचुला-र-?

११ वैशाख, काठमाडौं । ‘यो त पढ्नुपर्ने, फुल्नुपर्ने, रमाउनुपर्ने समय हो । मेरो जीवन त फुल्नै नपाउँदै झर्न थालिसक्यो, झरेको फूलजस्तै भयो’ यति भन्दै कल्पना तामाङ भक्कानिन थालिन् ।

फेरि, गहभरि आँसु पार्दै सम्हालिन खोजिन् ।

‘रोग त सबैलाई लाग्छ, तर…।’ त्यसपछि भने उनको बोली फुटेन । हिक्का मात्र छुट्यो । मनमा अटेसमटेस ज्वारभाटाहरू उनको अनुहारमै पढ्न सकिन्थ्यो ।

१८ वर्षीया कल्पनाका फूलजस्ता सपनाहरू डायलासिसको सकसमा कैद छन् । उनका कल्पनाहरू दुई छाकको अभावमा बरालिएका छन् ।

‘यदि म स्वस्थ भएको भए त यस्तो गर्थे‌ं भनेर कहिल्यै सोच्नुहुन्न ?’ कल्पनाको लागि यो निकै निर्मम प्रश्न हुन सक्छ । उनले नरोकिएको आँसु पुछ्दै कारुणिक सवाल गर्छिन्,

 » पुरा समाचार पढ्नुहोस