कोरोनालाई-जित्दै-बागलुङकी-१९-वर्षीया-युवती-डिस्चार्ज

१२ वैशाख, काठमाडौं । कोरोना भाइरसलाई जित्दै बागलुङकी १९ वर्षीया युवती अन्सु सापकोटा शुक्रबार राति अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

बागलुङ नगरपालिका ४, कुँडुलेकी उनलाई अस्पतालले शुक्रबार राति करिब १० बजेतिर डिस्चार्ज गरेको हो ।

उनी गत चैत ४ गते बेल्जियमबाट नेपाल आएकी थिइन् । १० चैतमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी नेपालकी पाँचौ संक्रमित हुन् ।

 » पुरा समाचार पढ्नुहोस