१२ वैशाख, काठमाडौं । विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालले प्रवासमा काम गर्ने नेपाली श्रमिकहरुको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
विदेशमा कोरोनाका कारण नेपालीहरु पनि असुरक्षित रहेको र केही देशमा मृत्युसमेत भइसकेको स्मरण गराउँदै महासंघले श्रमिकहरुलाई सम्बन्धित देशका नागरिक सरह व्यवहारका गर्न, गराउन कूटनीतिक निकायलाई अनुरोधसमेत गरेको छ ।
श्रमिकहरुको जीवन रक्षा र रोजगारी सुरक्षा अनिश्चित बन्न थालेको भन्दै महासंघले अन्तर्राष्ट्रिय आप्रवासी कानूनका आधारमा उनीहरुलाई सुरक्षित साथ बसोबास गराउने,