‘धौलागिरिका-स्वास्थ्यकर्मीले-हिम्मत-देखाए,-धेरैधेरै-धन्यवाद’

१३ वैशाख, पोखरा । फ्रान्सबाट फर्किएकी बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि गण्डकी प्रदेशमा खैलाबैला मच्चियो । उपचारका लागि पोखरा लैजाने कि टेकु (शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल) लैजाने भन्ने छलफल चल्यो ।

तर, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र बिके पोखरेलले बागलुङमै उपचार गर्ने हिम्मत देखाए । उनको उपचार भइरहँदा उनीसँगै आएकी ६५ वर्षीया मनकुमारी पौडेलमा पनि कोरोना संक्रमण देखियो । उनको पनि त्यही उपचार भयो ।

दुवै निको भएर घर फर्किएका छन् । मनकुमारी ६ गते र अंशु शुक्रबार डिस्चार्ज भएका हुन् ।

‘बागलुङका डाक्टर गोदबाको दाबेदार’

प्रदेशकै ठूला अस्पताल र राम्रा भनेका डाक्टर पनि उनीहरूको उपचार गर्न अत्तालिएका बेला धौलागिरि अस्पतालका डाक्टरकै आत्मविश्वासका कारण उपचार सम्भव भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

मेसु शैलेन्द्र बिके पोखरेल

शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बागलुङका डाक्टर,

 » पुरा समाचार पढ्नुहोस