लकडाउन-खुल्ने-बित्तिकै-शैक्षिक-संस्था-सञ्चालन-हुँदैनन्-:-शिक्षामन्त्री

१३ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन् ।

विद्यार्थीहरूको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरू लकडाउनपछि सबैभन्दा अन्तिममा सञ्चालन गरिने उनको भनाइ छ ।

शिक्षा पत्रकार समहूले कोरोना भाइरस र शिक्षा क्षेत्रको व्यवस्थापनसम्बन्धी शनिबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले देशभर दुई सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाइएकाले पनि तत्काल त्यहाँ कक्षा सञ्चालन गर्न सम्भव नहुने बताए।

‘जेठसम्ममा नयाँ शैक्षिकसत्र सुरु गर्न सके शैक्षिक सत्र भत्किँदैन । परीक्षाहरू पनि सञ्चालन हुनसक्छन्,’ उनले भने। जाडो-गर्मी बिदा,

 » पुरा समाचार पढ्नुहोस