पूर्वकमाण्डरविरुद्ध-अपहरणको-जाहेरी-आउँदा-प्रहरी-रणभुल्ल

१४ वैशाख, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले आइतबार फरक परिस्थितिको सामना गर्नुपर्‍यो । प्रहरीका निवर्तमान सर्वोच्च कमाण्डर सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरको किटानी जाहेरी उनको टेबुलमा आइपुगेको थियो । जाहेरी लिएर आउनेमा पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीदेखि बहालवाला सांसदहरुसमेत थिए ।

आइतबारबाटै काठमाडौं प्रहरीको नेतृत्व सम्हालेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीको अनुपस्थितिमा जाहेरी लिएर आउने जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग समन्वयको जिम्मेवारी राठौरको काँधमा आइपरेको थियो ।

अपराध अनुसन्धानमा अब्बल मानिने प्रहरीका सीमित अधिकृतमध्येका एक राठौरका लागि यो परिस्थिति यसकारण पनि फरक थियो कि उनी पूर्वआईजीपी खनालका प्रियपात्र पनि हुन् । र,

 » पुरा समाचार पढ्नुहोस