नारायणी-अस्पतालमा-५०-शय्याको-आइसोलेसन-वार्ड-थपिने

१५ बैशाख, वीरगञ्ज । लेभल १ को कोरोना अस्पताल भएपछि नारायणी अस्पतालमा अन्य सेवा ठप्प छ । कतिपय मानिसहरु थाहा नपाएर उपचारका लागि आउँछन् । उनीहरु उपचार नपाएपछि अन्यत्र जान बाध्य छन् ।

अस्पतालमा कोरोना संक्रमित ३ जना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा हाल १५ बेडको आइसोलेसन वार्ड छ । विगतमा आकस्मिक कक्षको सेवाका लागि तयार पारिएका बेडलाई आइसोलेसनमा परिणत गरिएको हो ।

अस्पतालको आकस्मिक कक्षको भवनको माथिल्लो तलामा ७ बेडको आईसीयु छ । त्यसबाहेक मेडिकल विभागको कार्डियोलोजीमा ५ बेडको आईसीयु तयार पारिएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि अन्य सेवा सञ्चालनमा रहेकै बखत ५ बेडको आईसीयु तयार पारिएको थियो ।

नारायणी अस्पतालमा पीसीआर मेसिन आइपुगे पनि त्यसका आवश्यक सहयोगी समान नहुँदा सञ्चालनमा आउन सकेको छैन

आकस्मिक कक्षको माथि बनाइएको २० बेडको आइसोलेसन वार्डमा एकसाता अघि आएको हावाहुरीले क्षति पुर्याएको छ । दाताको सहयोगमा आल्मुनियम र सिसाले घेरेर बनाइएको आइसोलेसनमा प्राकृत्तिक विपत्ती आइलागेपछि तत्काल उपयोग गर्न सक्ने अवस्थामा छैन ।

हावाले क्षति पु¥याएपछि पुनः मर्मत गर्ने आश्वासन दाताबाट आएको नारायणी अस्पतालका चिकित्सक डा.

 » पुरा समाचार पढ्नुहोस