१५ वैशाख, काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त माधव नेपालसँग निकट नेता हुन् । तथापि उनी भन्छन्, ‘म माधव नेपालको अन्धभक्त होइन । विवेक बन्धक राखेर कुनै पनि नेताको दास बनिँदैन । न प्रचण्डको बनिन्छ, न माधव नेपालको बनिन्छ, न केपी ओलीको बनिन्छ । दास बन्न कम्युनिस्ट भएको होइन ।’
सोमबार माधवकुमार नेपालको घरमा भएको ओली पक्ष र माधव नेपाल पक्षको छलफलमा पूर्वमन्त्री रघुजी पन्त पनि सहभागी थिए । पछिल्लो समय नेकपाभित्र चलिरहेका सघन वार्ता र छलफलमा सहभागी हुँदै आएका पन्तसँग हामीले नेकपाभित्रको संकट र समाधानका उपायबारे वार्तालाप गरेका छौं ।
नेकपा नेता पन्तसँग अनलाइनखबरले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ-
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सुदुरपश्चिमका सांसदसँग भन्नुभएछ,