१८ वैशाख, काठमाडौं । बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या १५७ पुगेको छ ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबार पनि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो ।
बहराइनमा एक हजार पाँच सय ३४ जना संक्रमित उपचारमा छन् १ हजार ४ सय ९४ जना डिस्चार्ज भएका छन् । बिरामीमध्ये धेरै स्थानीय छन् भने आप्रवासीहरूमा भारत,