बामदेवका-लागि-क्षेत्र-छाड्न-तयार-छु,-संविधान-संशोधन-नगरौं-:-खगराज

१८ वैशाख, पोखरा । कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले बामदेव गौतमका लागि राजीनामा दिएर निर्वाचन क्षेत्र खाली गर्न तयार रहेको बताएका छन् । उनले बामदेवलाई  प्रधानमन्त्री बन्ने बाटो खोल्नका लागि संविधान संशोधन गरिराख्न जरुरी नभएको बताएका छन् ।

सांसद अधिकारी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्रीले नै सचिवालय बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने गरी राष्ट्रिय सभामा लैजान प्रस्ताव गरेपछि अधिकारीले बामदेवका लागि संविधान संशोधन आवश्यक नरहेको बताएका हुन् ।

देश र पार्टीका निम्ति बामदेवको आवश्यकता हो भने आफ्नो निर्वाचन क्षेत्र छोड्न तयार रहेको अधिकारीले अनलाइनखबरलाई बताए । ‘पार्टीले निर्णय गरेको खण्डमा र पार्टी तथा सरकारलाई चाहिएको खण्डमा जो कोहीले पनि छोड्न तयार हुनुपर्छ,’ अधिकारीले अनलाइनखबरसँग भने,

 » पुरा समाचार पढ्नुहोस