विराटनगरका-निजी-अस्पतालले-फनफनी-घुमाए,-धरान-पुग्दा-मृत्यु-भयो

१८ वैशाख, विराटनगर । ज्वरो देखिएको भन्दै विराटनगरका एकसेएक निजी अस्पतालले भर्ना लिन नमानेर फनफनी घुमाएका एक विरामीको धरानमा उपचारका क्रममा निधन भएको छ ।

देवानगञ्ज-१, सुनसरीका ३५ वर्षीय रवीन्द्र यादवको मृगौला र लिभरमा समस्या देखिएपछि कोशी अस्पतालले भेन्टिलेटर भएको अस्पतालमा लैजान रिफर गरेको थियो ।

विरामीका परिवारले बुधबार राति र बिहीबार विहानभर विराटनगरका एकपछि अर्को निजी अस्पतालमा पुर्‍याएका थिए । तर ज्वरो आएको भन्दै गेटबाट प्रवेश नै दिएनन् । बिहीबार मध्याहृन धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका उनले केही घण्टामै निधन भएको छ । राति करिब ७ बजेतिर उनको निधन भएको बुवा जोगिलाल यादवले जानकारी दिए ।

हार्बिसाइड (खेतमा प्रयोग हुने किटनाशक औषधि) सेवन गरेका रवीन्द्र यादवलाई परिवारका सदस्यहरुले आइतबार नै कोशी अस्पतालमा भर्ना गरेका थिए । तर उनको स्वास्थ्यमा सुधार भएन ।

मृगौला र कलेजोमा समस्या देखिएपछि भेन्टिलेटरमा राख्नुपर्ने भयो । तर कोशी अस्पतालमा भेन्टिलेटर छैन । त्यसैले अस्पतालले बुधबार साँझ भेन्टिलेटर भएको अर्को अस्पतालमा लैजान रिफर गर्‍यो ।

आफन्तले एम्बुलेन्समा राखेर बिराटनगरकै नोबेल मेडिकल कलेज लगे । तर,

 » पुरा समाचार पढ्नुहोस