‘नोक्सानीको-दायित्व-सरकारले-मात्रै-बोक्ने-हो-भने-कर-बढ्छ’

२० वैशाख, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा पछिल्लो दिनमा बजेट निर्माणको तयारीमा व्यस्त छन् । कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण बजेटसम्बन्धी छलफलमा उनी भर्चुअल रुपमा मात्रै उपस्थिति जनाइरहेका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (म्यान)ले गरेको कार्यक्रममा पनि उनले सहभागिता जनाए । म्यानको कार्यक्रममा उनले लकडाउनका कारण भएको नोक्सानीको दायित्व सरकारले मात्रै लिन नसक्ने बताए ।

खतिवडाले सरकारले मात्रै दायित्व वहन गर्ने अवस्था आएमा करका माध्यमबाट त्यसको पूर्ति गर्नुपर्ने भन्दै अन्त्यमा राहत दिएको अर्थ नै नहुने उल्लेख गरे ।

‘सरकारले सबै दायित्व बोक्ने हो भने सरकारले करका माध्यमबाट अर्को दायित्व थप्नुपर्ने हुन्छ । त्यसो भयो भने त प्राप्त गरेको राहतको कुनै अर्थ हुँदैन,’ उनले भने,’कतिसम्मको अनुदान या कतिसम्मको सहकार्य,

 » पुरा समाचार पढ्नुहोस