प्रधानमन्त्री-ओली-र-प्रचण्डबीच-फेरि-खटपट-!

२३ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)मा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि असमझदारीको संकेत देखिएको छ । त्यही कारण २५ गते बोलाइएको स्थायी कमिटी बैठकमा पेश गर्ने सहमतिको प्रस्ताव लेखन समेत अगाडि बढेको छैन ।

प्रधानमन्त्री समेत अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच मंगलबार पनि भेटवार्ता भएको थियो ।

अध्यक्ष ओली शनिबार दुई नेताबीच भएको सहमतिबाट पछि हटेको प्रचण्ड पक्षको आरोप छ । सचिवालय बैठक अघि भएको भेटमा ४ मंसिर २०७६ मा भएको निर्णय कार्यान्वयन गर्ने सहमति भएको नेकपाका नेताहरुले बताएका छन् ।

तर अहिले प्रधानमन्त्री ओली एक व्यक्ति एक पदको अवधारणामा जान तयार नभएको प्रचण्ड पक्षको आरोप छ । त्यही कारण स्थायी कमिटीमा पेश गर्ने प्रस्ताव पनि तयार भएको छैन । ‘अध्यक्ष ओलीले व्यक्तव्य जारी गरौं भन्नु भएको छ तर,

 » पुरा समाचार पढ्नुहोस