कतारमा-कामदारलाई-दिन-थालियो-‘इन्ड-अफ-सर्भिस’को-सूचना

कतार । कतारमा कम्पनीले बोलाएर ‘इन्ड अफ सर्भिस’ भन्दै पत्रमा हस्ताक्षर गर्न सुरू गरेको कामदाहररूले बताएका छन् । कामदार आफू कार्यरत कम्पनी छोड्दा अथवा कम्पनीले निकाल्दा पाउने हिसाबलाई ‘इन्ड अफ सर्भिस (ग्राचुइटी) ‘भनिन्छ ।

कतारको एक प्रतिष्ठित कम्पनीले कामदारलाई बोलाएर अहिलेको अवस्थामा कर्मचारी कटौती गर्न पर्ने अवस्था आएकाले कर्मचारी कटौती गर्न लागेको जानकारी दिएको हो । उनीहरुलाई मे महिनाको अग्रीम तलब समेत कम्पनीले उपलब्ध गराएको छ भने नेपालको उडान नखुलेसम्म खाने र बस्ने सुविधा उपलब्ध गराउने बताएको छ । हाल ति कामदारहरु कोठामै बसेर दिन बिताईरहेका छन् ।

त्यस्तै कतारमा कतिपय कम्पनीले काम नभएको भन्दै कर्मचारीहरुलाई फोर्स रिजाइन पनि दिन लगाएको छ । फोर्स रिजाइन गरेकाहरु पनि आफ्नो देशको उडान रद्द हुँदा कोठामै बस्न बाध्य भएका छन् ।

त्यस्तै रिजाइन दिएर सम्पूर्ण प्रक्रिया पुरा गरेका तथा प्रक्रिया बाँकी रहेकाहरु पनि नेपाल सरकारले खाडी सहित ५५ मुलुकको अन्तर्राष्ट्रिय उडान रद्द गर्दा समस्यामा परेका छन् । केहीसँग न जागरि छ,

 » पुरा समाचार पढ्नुहोस