२४ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई काठमाडौं ल्याइएको घटनालाई अपहरण भनी सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता भएपछि ‘राजनीतिक समाधान’ खोज्ने प्रयास शुरु भएको छ । यस प्रकरणमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच मंगलबार छलफल भएको स्रोतले जनाएको छ ।
नेम्वाङले अपहरण पुष्टि नहुने घटना भएकाले यसको राजनीतिकरणमै सीमित हुन आग्रह गरेको स्रोतले जनाएको छ । नेम्वाङले कानुनविदहरुसँग पनि यसबारे छलफल गरेका छन् ।
नेम्वाङले यो प्रकरणले पर्याप्त राजनीतिक चर्चा पाइसकेकाले फौजदारी मुद्दामा गएर आफैं कानुनी झमेलामा पर्नेतिर नजान डा.