वीरगञ्जका-एकै-परिवारका-१७-जनालाई-कोरोना-संक्रमण,-दुई-महिने-शिशु-पनि-संक्रमित

२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका छपकैयाको एक परिवारका १७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पुष्टि भएको छ । संक्रमितमध्ये एक जना दुई महिने शिशु पनि छन् । अर्का संक्रमित ६ महिनाकी बालिका छन् । यस्तै ३, ९, १४, १३ र १४ वर्षीय बालिक र १३ वर्षीया दुई बालिका पनि छन् ।

यो परिवारको ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको २१ वैशाखमा पुष्टि भएको थियो ।

नारायणी अस्पतालमा उपचाररत उनको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी परीक्षण गर्ने क्रममा सोमबार ३२ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी काठमाडौं पठाइएको थियो ।

त्यसमध्ये १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

परिवारको प्रश्न : कसरी संक्रमण देखियो ?

 » पुरा समाचार पढ्नुहोस