जब-१००-टिपर-निर्माणाधीन-गौतमबुद्ध-क्रिकेट-रंगशालामा-भित्रिए…

१८ माघ, चितवन । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरको माहोल शनिबार दिउँसो बेग्लै थियो । एक छेउ घन्किरहेको पञ्चैबाजा घन्किरहेको थियो । त्यही बाजाको तालमा कोही मस्त नाचिरहेका थिए ।

यहीबीचमा एक सय वटा टिपर एकसाथ लाम लागेर रंगशाला परिसरमा आए । कुनै चलचित्रको सुटिङजस्तै लाग्ने यो दृष्यले त्यहाँ भेला भएका मानिसहरुलाई थप जिज्ञासु बनायो । सबै जिज्ञासु देखिन्थे– आइतबारबाट सुरु हुने धान्याञ्चल महोत्सवको पूर्वसन्ध्यामा यति धेरै टिपर एकसाथ लाम लागेर किन आइरहेका छन् ?

 » पुरा समाचार पढ्नुहोस