पर्साको-अलौमा-सशस्त्र-प्रहरी-र-भारतीय-नागरिकबीच-झडप

२५ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौंमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।

त्यसक्रममा सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । बिहीबार सीमावर्ती भारत बिहारको हरैया गाउँबाट केही समान लिएर एक भारतीय नागरिक नेपालतर्फ आउँदै थिए ।

अलौको सिवान टोलमा खटिएको सशस्त्र प्रहरीले उनलाई रोकेर सोधपुछ गर्दा उनले विवाद गरेका थिए । विवादपछि फर्केर गएका उनले समान लुकाएर थप ७/८ जना साथीहरु सहित आएर सशस्त्र प्रहरी जवानलाई हातपात गरेका थिए । त्यस क्रममा सशस्त्र प्रहरी जवानको पोशाक च्यातिएको स्रोतले जनाएको छ ।

उनीहरुलाई भगाउनका लागि एक राउण्ड हवाई फायर समेत गर्नुपरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले लकडाउनमा तस्करी गर्न खोज्ने भारतीय तस्करलाई रोक्दा स्थिति तनावपूर्ण बनेपछि हवाई फायर गर्नुपरेको जानकारी दिए ।

‘एक जनाले सिमापारीबाट समान तस्करी गरेर ल्याउन खोजेको रहेछ,

 » पुरा समाचार पढ्नुहोस