२६ वैशाख, काठमाडौं । स्वदेश फर्कन पाउनुपर्ने माग राखेर सिंहदरबार अगाडि धर्ना दिएका चिनियाँ नागरिक पक्राउ परे ।
लकडाउन उल्लंघन गरेर निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका चिनियाँहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि झडपको अवस्था आएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल बताउँछन् ।
भिडियोमा प्रहरी अधिकारीले ‘निषेधित क्षेत्र प्रदर्शन नगर्नुस्’ भनेर सम्झाएको देखिन्छ । शुक्रबार प्रदर्शनमा उत्रेका उनीहरूले ‘पैसा सकियो घर जान पाउनै पर्छ’ लेखिएको प्ले कार्ड बोकेको थिए ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारी लकडाउन स्वदेशी,