ओली–प्रचण्ड-संयुक्त-वक्तव्य-:-भारतले-सार्वभौमसत्तामा-आँच-पुऱ्यायाे

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुऱ्याएको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।

सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा शनिबार साँझ जारी विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्डले शनिबार जारी गरेको संयुक्त वक्तब्यमा कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको समयमा यो कार्य हुनु नन्दनीय रहेको बताइएको छ ।

सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको नेकपा अध्यक्षद्वयको ठहर छ । नेकपाका तर्फबाट जारी विज्ञप्तिमा सो इलाकामा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन भनिएको छ ।

सुगौली सन्धीसहितका सबै ऐतिहासिक प्रमाण र तथ्यहरुले यो भूमि नेपालकै भएको देखाएको बताउँदै दुई अध्यक्षले भनेका छन्,

 » पुरा समाचार पढ्नुहोस